Daily Archives 2nd May 2018

दाइजोकै कारण महिलाको मृत्यु

पर्सा । दाइजोरुपी दानवले फेरि पर्सामा एक युवतीको प्राण हरण गरेको छ । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ । यही वैशाख १८ गते बिहान ९ बजे देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । अन्जुम देवरको कोठामा गई आप्mनै दुपट्टाले पासो लगाई आत्महत्या गरेको ससुराली पक्षले प्रहरीलाई जानकारी दिएपछि घटनास्थलमा पुगेको प्रहरीले अन्जुमको शव भुइँमा रहेको अवस्थामा फेला पारेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । घटनाको अनुसन्धान गर्दै जाँदा ससुराली पक्षले दिएको जानकारी र घटनाको
More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ मूल्य वृद्वि गरेको हो । मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
More

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

झापा । बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो । घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् । आज पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रनाउ गिरीले बताउनुभयो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ
More

घुससहित नासु यादव पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख ३५ हजार घुससहित पक्राउ गरेको छ । माहुली खोला पुल निर्माणको फरफारक भएपछि धरौटी फुकुवाको चेक निकासा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले राजविराज नगरपालिका–६ स्थित निजकै कार्यालय परिसरबाट यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।
More

धानमन्त्री ओली-उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत निर्माण भएको सुधार विस्तार आयोजना कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिरः यज्ञराज आङदेम्बे
More

३३ किलो सुन : ६३ जनाविरुद्ध मुद्दा दर्ता, १७ अर्बको सुन तस्करी, पत्रकारलाई एसएसपीको लात्ती

विराटनगर । साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको हो । उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको अदालतका श्रेस्तेदार नवराज
More

संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

काठमाडौं । बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो । वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिनुभएको थियो । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार नेपालका कार्यबाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले बौद्ध शिक्षाले करुणा, अहिंसा, क्षमा, सहनशिलताजस्ता सद्गुण सिकाएको बताउनुभयो । सांस्कृतिक सम्पदा संरक्षण गर्न नेपाल
More

एकता प्रकृया : दुवै दलमा आन्तरिक छलफल तिब्र

काठमाडौं । पार्टी एकता प्रक्रिया अन्योल देखिएपछि एमाले र माओवादी केन्द्रले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । पार्टी एकताबारे ठोस धारणा बनाउन एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साँझ बोलाइएको बैठकमा अहिलेसम्मका प्रगति र समस्याका बारेमा छलफल हुने बताइएको छ । गतिरोध अन्त्य गर्न आवस्यक निर्णय लिन सक्ने एमाले नेताले जानकारी दिएका छन् । यस्तै माओवादी केन्द्रले आफ्नो सचिवालय बैठक बोलाएको छ । बैठकमा पार्टी एकता प्रक्रियामा लचकता र अडानका बारेमा छलफल केन्द्रित रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । भोलि दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी
More

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिँदै घेराउ गरिएको छ । युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु, जनप्रतिनिधि र स्थानीय बासिन्दाले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै धर्ना दिएका हुन् । ‘आक्रमणकारीलाई पक्राउ गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे, कडा सुरक्षा व्यवस्था गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गर्दै उनीहरु जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका हुन् । धर्नापछि युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको कार्यकक्षमा गएर सुरक्षाको माग गर्दै घटना भएको ११ दिनसम्म पनि
More

सजिदै छ जनकपुर

भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा जानकी मन्दिरदेखि बाह्र विघा रंगभूमि मैदानसम्म राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकला गरिँदै । तस्बिरः अजयकुमार साह
More