Daily Archives 3rd May 2018

युगान्डामा एक नेपाली युवाले गरे आत्महत्या

कम्पला, (युगान्डा): अफ्रिकी मुलुक युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले म‌ंगलरबा आत्महत्या गरेका हुन् । गैर आवासीय नेपाली स‌ंघ युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।
More

मृत्यु अवश्यंभावी छ : डा. उपेन्द्र देवकोटा

मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३/४ वर्ष जेठा हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु क्यारजस्तो लाग्यो। माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्‍यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ
More

वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश नं. २ मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिनुभयो । जनकपुरमा सम्बोधन गर्नुहुने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ । बैठकले दुई वटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ । नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा
More

बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण

लण्डन । बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ । दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ । देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ । प्रधानमन्त्री टरेसा मे र उहाँका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गर्नुभएको थियो । राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन् । मतदानलाई व्यवस्थित गर्न मतदातालाई पाएक पर्ने गरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन
More

कौरामा ‘झिल्के भेना’

काठमाडौं । ‘झिल्के भेना’ अर्थात मिठो कौरा । गायक दुर्गा गुरूङ, गायिका टिका पुन, केशु गुरुङ ‘केशमाया’ र तेजेन्द्र दुराको मिठो स्वरले सजिएको ‘झिल्के भेना’ सार्वजनिक भएको छ । गुरुङ कला–संस्कृति तथा लोकपहिचान बोकेको यस कौरालाई दर्शक तथा श्रोताले रुचाएका छन् । केही दिनअघि रिलिज गरिएको यस गीतको भिडियोलाई केही फरक ‘कन्सेप्ट’मा निर्माण गरिएको छ । लाहुरे भेष ‘कम्ब्याड’मा झिल्के भेना गाउँघर आउँदा सालीहरुले जिस्काउँने गरेको मनोभाव भिडियोमा छ । गाउँघरतिर अहिले पनि सालीले भेनालाई जिस्काउने चलन छ । ‘झिल्के भेना’ले गुरुङ संस्कृति एवं संस्कारलाई टपक्क टिपेको छ, जसले गर्दा गीतसँगै भिडियो चाँडै लोकप्रिय बनेको निर्माणपक्षको भनाइ छ । कौरा
More

भारतीय प्रमको भ्रमण विषयमा सुरक्षा निकायको बैठक

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर चारै तहको सुरक्षा निकायको बैठक आज सम्पन्न भएको छ । बैठकमा अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखको सहभागिता थियो । उहाँहरुले खुला सिमानाका कारण धेरै चुनौती रहेकाले कडा सुरक्षा व्यवस्था अपनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभयो । आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससलाई बताउनुभयो । उहाँले यहाँका होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको
More

कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब दोब्बर वृद्धि, कोषाध्यक्षद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको तलब झन्डै दोब्बरले वृद्धि गरिएको छ । केन्द्रीय कार्यालयमा दुईजना मुख्यसचिव, पाँचजना सचिवसमेत २५ जना कर्मचारी छन् । नौ महिनाअघि मुख्यसचिवको मासिक ३५ हजार, सचिवको ३० हजार र सबैभन्दा तल्लो तहका कर्मचारीको ११ हजार रुपैयाँ तलब थियो । महामन्त्री डा. शंशाक कोइरालाले तलब बृद्धि गरी मुख्यसचिवको ४८ हजार, सचिवको ४५ हजार र सबैभन्दा तल्लो तहका कर्मचारीको १८ हजार पु-याएका थिए । पार्टीको १२औं महाधिवेशनपछि कर्मचारीको तलब बृद्धि भएको थिएन । यसअघि कांग्रेसका २०७ जना सांसदले लेबी बुझाउँथे भने यतिबेला ६३ सांसदले लेबी बुझाउँछन् । तर नेपाल सरकारका निजामती कर्मचारीसरह तलब हुनुपर्ने माग केन्द्रीय
More

३३ किलो सुन : हत्या अभियोगका आरोपितको बयान लिन शुरु

विराटनगर । जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ । जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् । यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ । निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत मोरङमा पक्राउ परेका २९
More

जनकपुरमा विषेश सरसफाइ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारीका लागि बिहीबार जनकपुरमा विषेश सरसफाइमा सहभागी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर : अजयकुमार साह
More

ओली र प्रचण्डबीच छलफल निष्कर्षविहीन

काठमाडौं । पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि उहाँहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन अध्यक्षहलाई जिम्मा दिएको थियो ।
More

मानव बेचबिखनमा संलग्न एकजना पक्राउ

भीमदत्तनगर- दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो । भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले
More

प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपाल पत्रकार महासंघले बबरमहलदेखि नयाँबानेश्वरसम्म आयोजित प्रभातफेरी । तस्बिर: रोशन सापकोटा
More

मौसममा सुधार आएन्, आज पनि पानी पर्ने

काठमाडौं । अझै केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा दिउँसो पनि मौसम वद्ली भएर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।पश्चिमी वायुसँगै भारतमा बनेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरीकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको र यो सम्भावना केही दिन कायमै रहने महाशाखाले जनाएको छ ।
More

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ । मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा वस्तु अवस्थाको बारेमा जानकारी लिएर फर्किएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । उहाँले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिनुभयो । वैशाख २८ गते मोदी धार्मिक भ्रमणका
More

प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज (मे ३) विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी ः सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने रहेको छ । यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिनुुभएको छ । राज्यमन्त्री बाँस्कोटाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सन् २०१७ मा मात्रै पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको उल्लेख
More

राष्ट्रपति रनिङ शिल्डमा बुधबार दुई खेल सम्पन्न

बागलुङ– जिल्ला सदरमुकाम बागलुङ बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत बुधबार दुई खेल मात्रै भएका छन् । अन्तिम चरमा रहेको प्रतियोगिमा बुधबार कवड्डी र भलिबल खेल खेलाईएको थियो । प्रतियोगिता अन्र्तगत कवड्डी छात्रतर्फको खेलमा विद्यामन्दिर माबि प्रथम भएको छभने युएस एकेडेमी द्धितिय र फ्युचर ब्राईटर तेस्रो भएको जिल्ला खेलकुद विकास समितीले जनाएको छ । कवडी छात्रातर्फ चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुल प्रथम, अमर आदर्श आवासीय माबि द्धितिय र रुद्रेपिपल माबि तृतिय भएका छन् । त्यस्तै बुधबारनै भएको छात्रा भलिबल खेलको उपाधि कालिका कन्या माविले जितेको छ । अमर आदर्श आवासिय माविलाई पराजित गर्दै कालिकाले भलिवलको उपाधि जितेको हो
More

चिर्पटले हान्दा बुहारीको मृत्यु ;सासु ,ससुरा र नन्द पक्राउ

काभ्रे । जिल्लाको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिरपटले हिर्काउदा मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ । बुधबार आफन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
More

अमेरिकामा एक नेपालीको मृत्यु

रुकुम- आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बुढामगरले जानकारी दिएनुभयो । मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिएको उहाँले बताउनुभयो । रासस
More