Daily Archives 5th May 2018

श्रीमद्भागवत् महापुराणमा झण्डै ५ लाख डलर सहयोग संकलन

नातिबाबु भट्ट। कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गरिएको श्रीमद्भागवत् महापुराणको छैटौं दिन सम्म आईपुग्दा झण्डै ५लाख डलर सहयोग संकलन भएको छ । नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा गत आईतबार देखी बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारबिन्दबाट श्रीमद्भागवत् महापुराणको कथावाचन शुरु भएको हो । नेपाली मुलका नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा उनीहरुको बिशेष सहयोगमा यस कार्यक्रम सञ्चालन हुन गएको हो । यसरी नेपाली भाषा र संस्कृतीको
More

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती (फोटो फिचर )

लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाइएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा शनिवार बुद्धजयन्ती विशेष कार्यक्रमको आयोजना गरिएको हो । फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम सफल हुने विस्वास ब्यक्त गरे । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदीले बुद्धको जन्म स्थानको बारेमा कुनै शंका नगर्न आग्रह गर्दै संयुक्त राष्ट्र संघले समेत बुद्ध नेपालमा जन्मेको भनि मान्यता दिएको चर्चा गरे । लन्डनको विश्वप्रख्यात पर्यटनको अर्कषणको केन्द्र ट्राफल्गर स्क्वायरमा दोस्रो पटक बुद्धजयन्ती मनाइएको हो । यसअघि कपिलवस्तु समाजको सक्रियतामा
More

यातायात व्यवसायी महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरण खड्का र एक व्यवसायीसहित पाँचजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका पाँचैजनालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सिन्डिकेट खारेज गर्ने सरकारको नीतिविरुद्ध लागेकाले उनीहरुलाई पक्राउ गरिएको पोखरेलले बताउनुभयो । सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात
More

एमालेसँग पार्टी एकताका लागि बिट मारिसकेका छौं: प्रचण्ड

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग पार्टी एकताका लागि आफूले बिट मारिसकेको बताएका छन् । शनिबार माओवादी केन्द्र कास्कीका कार्यकर्ताहरुलाई गोप्यरुपमा प्रशिक्षण दिँदै उनले भने–‘पार्टी एकताका लागि माओवादी केन्द्र लचिलो भएर प्रस्तुत् भएको छ । तपाइँहरु पनि पार्टी निर्णयप्रति प्रतिबद्ध भएर लाग्नुहोस् ।’ ‘पार्टी एकतापछि कोही पदमा रहनुहोला, कोही नरहनुहोला’ भन्दै उनले त्यसलाई पनि समान्यरुपमा लिन निर्देशनसमेत दिए । कार्यकर्तालाई आश्वासन दिँदै उनले भने–‘पार्टी एकता कसरी गर्ने, तपाइँहरुको के स्थान हुने भन्ने कुरा मैले मिलाएको छु ।’अध्यक्ष दाहालले शनिबारै आफ्नो जन्मस्थान ढिकुरपोखरीस्थित ल्याडेमा आफन्तहरुसँग भेटघाटसमेत गरेका छन् । उनले आफ्नो जन्मस्थानमा घर बनाउन चाहेकाले घर निर्माणका लागि
More

विप्लवका दुई कार्यकर्ता गिरफ्तार

मलेखु । विप्लव समर्थित नेकपाका दुईजना कार्यकर्तालाई सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा आज धादिङको नीलकण्ठ नगरपालिका–८ पुलबजारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार गरेकाहरुमा काभ्रे जिल्ला महाभारत गाउँपालिका निवासी ३२ वर्षीय महासागर लामा र धादिङको रुबीभ्याली गाउँपालिकाका ३५ वर्षीय पेम्बा लामालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । नेकपाले गरेको नेपाल बन्दका क्रममा जिल्लाको गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, धुनीबेँसी नगरपालिका क्षेत्रको सडकमा सकेट बम राखेको र सेनाले निष्क्रिय पारेपछि बम राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा पक्राउ गरेको हो ।
More

नगरप्रमुखमाथि आक्रमणपछि घर तोडफोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको घरमा तोडफोड भएको छ । यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भई कोरिया मैत्री अस्पतालमा उपचार गराइरहनु भएका प्रमुख श्रेष्ठको घरमा गएराति तोडफोड गरिएको हो । सोही घरमा सहकारी सञ्चालन गर्दै आउनुभएका चन्द्रभक्त श्रेष्ठले घटनाका बारेमा जानकारी दिँदै भन्नुभयो, “सिसी क्यामराको दृश्य हेर्दा राति दुईजनाको समूहमा आएका व्यक्तिले प्रमुख श्रेष्ठको घरको मूलढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।” नेपाल–कोरिया मैत्री अस्पतालमा उपचाररत प्रमुख श्रेष्ठले भन्नुभयो–“घरमा तोडफोड भयो भन्ने सुनेँ, ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राऊ परेका छैनन्,
More

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी प्रवचन

नेकपा एमाले स्थायी कमिटीले काठमाडौँमा शनिबार आयोजना गरेको कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको प्रवचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरु । तस्बिरः रोशन सापकोटा
More

नेपाली फुटबलमा गणेश थापा युग अन्त्य

काठमाडौं । नेपाली फुटबलबाट गणेश थापा युगको औपचारिक रुपमा अन्त्य भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभाले कर्मा छिरिङ शेर्पालाई निर्वाचित गरेपछि थापा युगको अन्त्य भएको हो । थापाका उम्मेदवार मणि कुँवर नराम्रोसँग पराजित भए । पराजित कुँवर पूर्वअध्यक्ष थापाको नाताले साला पर्छन् । थापाले नेपाली फुटबलको नेतृत्व झन्डै साढे दुई दशकसम्म सम्हाले । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित हुनुभएको छ । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गर्नुभएको थियो । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका
More

गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुग्नुभएको हो । भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गर्नुभएको थियो । गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।
More

संघीय संसदको दोस्रो अधिवेशन आइतबारबाट सुरु

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसदको अधिवेशन आह्वान भएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनकारुपमा लिइन्छ । संसदको मुख्य जिम्मेवारी कानून निर्माण गर्नु भएपनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुई सदनसहितको संघीय व्यवस्थापिकालाई संघीय ससद भनिन्छ । आइतबार अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ । संसद सचिवालयका अनुसार आइतबार दुवै
More