Daily Archives 10th May 2018

मोदी होइञ्जेल जनकपुरमा मास्क लगाउन नपाइने

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ । पटनाबाट सोझै जनकपुर आउने मोदी भोली नै काठमाडौं आउनेछन् भने
More

सुन तस्कर अभियुक्तको पक्षमा बहस गर्न ८० वकिलको ताँती

विराटनगर । साढे ३३ केजी सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरुको जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सो मुद्दामा ८ जना सरकारी वकिलको टिम रहेको छ । पहिलो दिन तीनजना सरकारी वकिलले बहस गरेका छन् । जसमा सहन्यायाधिवक्ता गोपाल रिजाल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, उच्च अदालतका निमित्त सहन्यायाधिवक्ता मनोज आचार्यले बहस गरेका थिए । अरु पाँचजना वकिलले शुक्रबार बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ । सरकारी वकिलको बहसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस गर्ने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए
More

चारदिने मौसमी सूचना सार्वजनिक

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ । महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्नुहुने कार्यक्रम छ । शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने मौसमी विवरणमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । कुनै ठूलो मौसमी प्रणाली आउन लागेको
More

हतारमा एकता गरेर भोलि पश्चाताप गर्नु हुँदैन: अध्यक्ष प्रचण्ड

बर्दिवास । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ । वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।” अध्यक्ष प्रचण्डले “एकतामा संसय नपाल्नुहोस्, हामी दरिलो र दिगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइ रहेका छौं” भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताउनुभयो । नेकपा एमालेका
More

सेताम्य हिउँले मोदीको स्वागत गर्दै मुस्ताङ

मुस्ताङ । “फागुन महिनायता अहिलेसम्म यसरी मुस्ताङमा हिउँ परेकै थिएन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाग्यमानी नै मान्नुपर्छ,”– मुक्तिनाथका स्थानीयवासी मानबहादुर थकालीले भन्नुभयो । गर्मीयामको पनि बीच समयमा बुधबार राति मुस्ताङमा अत्याधिक रुपमा परेको हिउँका कारण यतिखेर मुक्तिनाथसहित आसपासका हिमाल हिउँले सेताम्य भएका छन् । विश्वमा नै शक्तिराष्ट्रका रुपमा उदीयमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही शनिबार हुन लागेको मुक्तिनाथ दर्शनका कारण यतिखेर सिङ्गो मुस्ताङ चहलपहलमय भएको छ । यहाँ आउने पर्यटकले हिमाललाई साक्षी राखेर तस्वीर खिचाउन र सेल्फी खिच्न यतिखेर भ्याइनभ्याइ छ । यस्तो गर्मीयाममा पनि एकाएक हिउँ पर्दा मुस्ताङ र आसपासका क्षेत्र निकै रमणीय देखिएको थकालीले बताउनुभयो । अघिपछि पनि
More

सुरक्षा निगरानी बढाउँदै नेपाली सेना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ भ्रमणको पूर्व सन्ध्यामा सुरक्षा निगरानी बढाउँदै नेपाली सेना । तस्बिर : रामबहादुर थापा
More

प्रतिनिधिसभामा पूर्व बजेट छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि आजदेखि छलफल शुरु भएको छ । उक्त छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै सत्तापक्ष नेकपा (एमाले)का भीमबहादुर रावलले नेपालको संविधान र राजनीतिक दलको घोषणापत्रलाई आत्मसात् गरेर बजेटका सिद्धान्त र प्राथमिकता अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो – “प्रगतिशील कर प्रणालीतर्फ लक्ष्यित हुने कुरा स्वागतयोग्य रहेको छ । वैदेशिक सहयोग परिचालन, यातायात र ऊर्जाको विकास र विस्तारका विषयवस्तु ठीक ढंगले समेटिएको छ । पिछडिएका क्षेत्रलाई स्पष्टरुपले अघि बढाउने विषयलाई सम्बोधन गर्न आवश्यक छ ।” कृषिको आधुनिकीकरण, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रियताको प्रवद्र्धन गर्ने कुरा
More

मोदी आउने वित्तिकै सडक सफा गर्नुपर्ने यो फोहोरी देशमा ?

रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले शुक्रबार र शनिबार नेपालको भ्रमण गर्नु हुनेछ । प्रधानमन्त्री मोदी तेस्रो पटक भोलि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । प्रम मोदीको यस पटकको भ्रमण बढी धार्मिक देखिएको छ, यो भ्रमणबारे भारतमै पनि विभिन्न चर्चा परिचर्चा चल्न थालिसकेको छ । कर्नाटकमा विधानसभा निर्वाचनको मौन अवधिका बेला नेपालबाट प्रचार गर्न लागेको भन्ने चर्चासम्म बाहिर आइसकेको छ । यसै विषयमा कूटनीतिज्ञ रमेशनाथ पाण्डेसँग सहकर्मी मित्र सञ्जीव अधिकारीले गरेको कुराकानी– ० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । नेपालले केही अपेक्षा गर्ने विषय छन् ? – हरेक भ्रमणमा भौतिक सहयोगको अपेक्षा गर्ने बानी नेपालले
More

उपल्लो मुस्ताङमा बेमौसमी हिमपात

मुस्ताङ । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताउनुभयो । हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ । जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ । स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन् । हिन्दू तथा बौद्ध धर्मावम्बीको
More

मलेसियामा महाथिर पुनः प्रधानमन्त्री बन्ने

कोलालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्ने हुनु भएको छ । निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११५ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरुले सडकमा विजय उत्सव मनाएका छन् । बीएन र यसको प्रमुख पार्टी संयुक्त मलेशिया राष्ट्रिय संगठन (यूएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्र भएदेखि नै सत्तामा थियो । तर, केही वर्षदेखि उसको लोकप्रियतामा कमी आएको थियो । चुनावमा प्रधानमन्त्री नजिब रजाकको पार्टीले ७९
More

पानीट्यांकी नाकामा रोकियो एघार ट्रक चिया

झापा । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तर नेपालबाट तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने गरिएको छ । “झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् ।” पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा
More

कोलकाताविरुद्ध मुम्बाइको सहज जीत

कोलकाता । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो । मुम्बईका लागि इशान किशनल् उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाएका हुन् । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए भने सुनिल
More

साउदी अरबमा एक नेपालीको मृत्यु

राजविराज- वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए । सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाई उमेश साहले बताउनुभयो । यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित
More

नेपाल ल क्याम्पसमा यसरी मनाइयो कानुन दिवस

काठमाण्डौ- नेपाल ल क्याम्पस एल .एल.बी. तृतीय बर्षका विद्यार्थीद्धारा बुधबार कानुन दिवसको अवसरमा साँझ दिप प्रज्वलन गरिएको छ। कार्यक्रमलाई बिध्यार्थी नेतृ एबं अधिबक्ता रंजिता कार्कीले पानसमा बत्ती बालेर उद्घघाटन गरेकी थिइन् । त्यसैगरी कार्यक्रममा बिध्यार्थी हरू प्रकाश शाह, भरत भुसाल ले मन्तब्य राखेका थिए। कार्यक्रम मा बोल्दै नेतृ रंजिता कार्कीले न्यायालय लाई मन्दिर जस्तो पबित्र सँस्थाको रूपमा स्थापना गर्न आगामि दिनमा सबै लाग्नूपर्ने बताइन। कार्यक्रम को संचालन तुलषी पराजूली र समापन संयोजक देबेन्द़ दत्त भट्ट ले गरेका थिए ।
More

एशियाली खेलकूदका लागि कुस्ती खेलाडी छनोट

काठमाडौँ- सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् । रासस
More

आँधीबेहरी पीडितलाई तत्काल दुई बण्डल जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ-सरकारले तराईका धनुषा, महोत्तरी, सिरहालगायत जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले ती जिल्लामा मंगलबार भीषण आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःखसमेत व्यक्त गरेको छ । बैठकले मृतकका परिवारलाई राहतस्वरुप रु एक लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको पनि राज्यमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले गत असार÷साउन महिनामा आएको बाढी र केही समयअघि परेको असिनाबाट प्रभावित जनताका लागि तोकिएको राहत
More

१३ वर्षपछि समातिए अभियुक्त

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ । रासस
More