Daily Archives 11th May 2018

भारतीय प्रधानमन्त्रीको अभिनन्दनमा संविधानप्रति कटाक्ष

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उपमहानगरपालिकाको तर्फबाट मेयर लालकिशोर साहले नागरिक अभिनन्दन गरे । भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगर, प्रदेश सरकार र उद्योग बाणिज्य संघका तर्फबाट १२१ किलोका ३ वटा मालाले स्वागत गरेका थिए । शुक्रवार विहान जानकी मन्दिरमा पूजा अर्चना गरेका मोदीलाई प्रधानमन्त्री भएपछि पहिलो पटक कुर्था सुरुवालमा सजिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिर परिसरमै स्वागत गरेका थिए । अन्तरहृदयबाटै धार्मिक आस्था राख्ने मोदी र धर्मलाई अफिम बताउने कम्युनिष्ट नेता ओलीले एकसाथ रामजानकी मन्दीरमा पूजा गरेका थिए । तिन वर्ष ध्यान साधनामा लिन रहेका मोदीलाई सिद्धि प्राप्त व्यक्तिका रुपमा चित्रित गर्ने गरिन्छ । रामजानकी मन्दीरको पूजाआजा
More

भारतका प्रधानमन्त्री मोदीको राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगी राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकार तथा भारत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति थियो । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति कार्यालय बहादुर भवनमा उहाँहरुबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र
More

तिवारीको हत्यामा संलग्न मेयर कुशवाह जेल चलान

काठमाडौं । हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । पक्राउ परेका कुशवाह रौतहतको कटहरिया नगरपालिकाका मेयर हुन् । विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसलाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो । कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि आज कारागार कार्यालय डिल्लीबजार पठाएको
More

अब करारमा कर्मचारी नियुक्त गर्न नपाइने

काठमाडौं । सरकारले स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्त गर्न कडाइ गरेको छ । सरकारी निकायले जथाभावी खर्च गर्दा राष्ट्रिय ढुकुटीमा चाप पर्न थालेपछि सरकारले सार्वजनिक खर्चमा मितव्ययीताक र प्रभावकारिता कायम गर्नेसम्बन्धी मार्गदर्शन नै बनाएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको मार्गदर्शनमा नयाँ संरचना र दरबन्दी सिर्जना गर्न र स्वीकृत दरबन्दीबाहेक अस्थायी, ज्यालादारी, करारमा नियुक्ति गर्न पाइने छैन । सरकारी खर्चमा गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्दा सम्भव भएसम्म सरकारी हल प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।साथै साविकको कार्यालयका लागि थप फर्निचर तथा कम्प्युटर, ल्यापटप, प्रिन्टर खरिद गर्ने मार्गदर्शनमा उल्लेख छ । मर्मत् नगरी फर्निचर, सजावटका सामग्री खरिद गर्न नपाउने व्यवस्था
More

३३ किलो सुनः थुनछेक बहस सकियो

विराटनगर । सुन तस्करी प्रकरण र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे जिल्ला अदालत मोरङमा जारी थुनछेक बहस सकिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किला सुन र सनम हत्या काण्डमा संलग्न ६३ जनाविरुद्ध चलाइएको मुद्दामा वादीको तर्फबाट सरकारी वकिलहरुको बहस आज बाट सकिएको हो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा मुद्दाको पक्षमा ७ जना सरकारी वकिलहरुले विहीवार र शुक्रबार बहस गरेका थिए । प्रतिवादीका तर्फबाट आइतबारदेखि बहस सुरु हुने जिल्ला अदालत, मोरङले जनाएको छ ।
More

केकेएफसीमा चिकन मेला : हरेक शुक्रबार चिकन बकेट ९९९ रुपैयाँमै

काठमाडौं । क्रिस्पी, क्रन्ची चिकेन पाइने नेपालकै एकमात्र रोबोर्ट रेष्टुरेन्ट केकेएफसीले अब हरेक शुक्रबार आफ्ना ग्राहकहरुकोलागि अन्य दिनभन्दा करिब आधा सस्तोमा एक बकेट चिकन र एउटा फ्राइज उपलब्ध गराउने भएको छ । न्युरोडको पिपुल्स प्लाजामा रहेको रोबर्ट सर्भिस रेष्टुरेन्ट केकेएफसीले अन्य दिन १९७० रुपैयाँ पर्ने एक बकेट चिकन (९पिस) र एउटा फ्राइज हरेक शुक्रबार ९९९ रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । त्यसैगरी केकेएफसी रेष्टुरेन्टले त्यहाँ आउने सम्पूर्ण ग्राहकहरुलाई आफ्नो मिठो स्वादको साथै रोबर्ट सर्भिसको आनन्द दिने उद्देश्यले हरेक शुक्रबारका दिन जम्मा ९९९ मा एक बकेट चिकनका साथै एउटा फ्राइज पनि दिने अफर जारी गरेको रेष्टुरेन्टका संचालक रञ्जित साहले जानकारी दिए
More

स्थानीयवासीले बनाए अस्पताल

रुकुम- गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन् । जिल्लाको भुमे गाउँपालिका–३ को बिकट बस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन् । गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बिकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफँैले अस्पताल स्थापना गरेको झुम्लाबाङ– भेलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताउनुभयो । भुमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरी लाग्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरुले आर्थिक सहयोग स्वरुप रकम पठाइरहेको अध्यक्ष बुढाले
More

बस दुर्घटनामा १४ घाइते

फलेवास, पर्वत-पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस
More

नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्चः प्रधानमन्त्री मोदी

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्च रहेको बताउनु भएको छ । उहाँले माता सीता र भगवान गौतम बुद्धले जन्म लिएको भूमि नेपाल संसारमा नै सम्मानित रहेको बताउनुभयो । जनकपुर उपमहानगरपालिकाले आफ्नो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको सम्बन्ध सागर भन्दा गहिरो रहेको बताउनु भयो । उहाँले नेपाल र भारतको सुख र दुःख समान रहेको बताउदै नेपाल र भारतको इच्छा र आकांक्षा पनि समान भएको बताउनु भयो । उहाँले नेपालमा तीन तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण सफलता भएको बताउँदै स्थायी सरकारका लागि नेपाली जनताले दिएको जनादेशको भारत सरकारले
More

एक व्यक्तिद्वारा सातको हत्या

अष्ट्रेलिया । पश्चिम अष्ट्रेलियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन । सो गोली प्रहारमा चार बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको छ । पर्थको दक्षिणतर्फ पर्ने यस इलाकामा भएको डरलाग्दो घटनाको खवर प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ । पाँच व्यक्तिको शव एकै घरभित्र पाइएको थियो । त्यसैगरी दुई जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो
More