Daily Archives 12th May 2018

ग्रेटर रशमोर नेपाली कम्युनिटीले जुन ९ मा भिक्टोरिया डे मनाउने

लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले त्रैमासिक बैठक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर ब्रो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो। बैठकमा हालै सम्पन्न नेपाली नयाँ बर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठउपाध्यक्ष राम धन राइले र नेपाली कक्षा संचालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए।त्यसैगरी इन्फोरमेसन डे, लागु औषध एवं मादक पदार्थ दुर्व्यसन उपाध्यक्ष नेम थापा, रशमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रशमोर फूड फेष्टिबल,भिक्टोरिया डे सेलिब्रेसन र रशमोर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर
More

अन्तर्राष्ट्रिय पर्वत समाजले जुन ३ तारिख च्यारिटी गर्ने

लन्डन । अन्तर्राष्ट्रिय पर्वत समाजले बेलायतमा च्यारिटीको एउटा महत्वाकांक्षी योजना बनाएको छ । समाजले आगामी जुन ३ तारिख सांझ एक करोड रुपैयां संकलन गर्ने महत्वकांक्षासहित अल्डरसटमा एक च्यारिटी गर्ने भएको हो । अल्डरसटस्थित एम्पायर हलमा हुने उक्त च्यारिटी पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानीका लागि सहयोग जुटाउन केन्द्रित हुने समाजका पदाधिकारीले जनाएका छन् । यो पर्वतेहरुको कुम्भ मेला भएपनि यसमा गैर पर्वतेहरु पनि सहभागी हुने आयोजकको भनाइ छ । प्रसुति गृह वा अन्य स्वास्थ्य सेवासंग सम्वन्धित क्षेत्रमा लगानीका लागि आर्थिक सहयोग जुटाउन विशेष च्यारिटी गर्न लागिएको समाजका अध्यक्ष पुरन गिरीले जनाए । अध्यक्ष गिरीले आफ्नो जिल्लाको प्रोजेक्टलाई सहयोग गर्न विश्वभरका पर्वतेहरुलाई
More

पत्रकार महासंघ बेलायतको अध्यक्षमा अर्याल सहित ४ जनाको दावी

लण्डन । नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष पदमा पत्रकार ध्रुबराज अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै वर्तमान कार्यसमितिका उपाध्यक्ष अर्यालले भावी अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार महासंघ बेलायतको चौथो अधिवेसन यहि मे १९ मा तय छ । उम्मेदवारी घोषणा गर्दै अर्यालले संस्थाको शुद्धिकरण र पेशाको व्यवसायीकरणलाई मुल मन्त्र बनाएर काम गर्ने प्रतिबद्धता गरेका छन् । विभिन्न ९ वटा बुंदामा प्रतिबद्धताहरु सार्वजनिक गर्दै अर्यालले संस्थाको प्रतिष्ठा र गरिमालाई उचो बनाउने गरी काम गर्ने अठोट व्यक्त गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष अर्याल बेलायतबाट प्रकाशित हुने युरोपको नेपालीपत्रका सम्पादक हुन् । बेलायतको नेपाली समुदायमा
More

आईपीएलमा डेब्यु गर्दै सन्दिप लामिछाने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली खेलाडी सन्दिप लामिछानेले डेब्यु गरेका छन् । उनलाई दिल्ली डेभियर्सले २० लाख रुपैयाँमा किनेको थियो । दिल्लीले प्लेअप अर्थात शीर्ष चार टोलीमा पुग्ने सम्भावना गुमाइसकेको छ । उसले अब ३ खेल खेल्न बाँकी रहेको अवस्थामा सन्दिपलाई टोलीमा समावेश गरेको हो । उनी रोयल च्यालेन्जर बंगलोर (आरसीबी) विरुद्धको खेलमा प्लेइ सेटमा रहेका छन् । आरसीबी भारतीय टोलीका नियमित कप्तान विराट कोहलीले नेतृत्व गरेको टोली हो । पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सके सन्दिपले बाँकी खेलमा पनि स्थान बनाउने पक्का छ । टस जितेर फिल्डिङ रोजेको आरसीबीविरुद्ध ब्याटिङ गरेको दिल्लीले सुरुमै आफ्नो ओपनर ब्याट्सम्यान
More

साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भोलि आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव हुनुहुन्छ भन्नुभयो । कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरुष जोशीले नेपाली कला तथा संस्कृतिको संरक्षणमा युवावर्गलाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जोशीले साहित्यले समाज परिवर्तनमा प्रमुख भूमिका रहने बताउँदै त्यसैले साहित्यकारले कविता लेख्दा पाठकको मन छुने साहित्य लेख्नुपर्ने सुझाव दिनुभयो । साहित्यकार श्रीओम श्रेष्ठ रोदन, बाल साहित्यकार रामबहादुर दाहाल, प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तलगायत वक्ताले साहित्यकारहरु सिर्जनाका पारखी
More

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे । पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताउनुभयो । नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो । भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई
More

राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : काँग्रेस प्रवक्ता शर्मा

दमक । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताउनुभयो । उहाँले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने
More

नेपाललाई के के दिने घोषण गरेर फर्किए भारतीय प्रम मोदी ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउनुभएको हो । प्रधानमन्त्री मोदीले भन्नुभयो, “नेपालको खुशी भारतको खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।” उहाँले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन,
More

युवासँग सेल्फी भारतीय प्रधानमन्त्री

युवासँग सेल्फीः मुक्तिनाथको दर्शनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताÂङका हिमाल पारीका युवासँग सेल्फी खिचाउँदै । तस्वीर : निरज थकाली
More

प्रधानमन्त्री मोदीलाई उपहार प्रदान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका अवसरमा उपहार प्रदान गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । तस्बिर: वासुदेव पौडेल
More