Daily Archives 13th May 2018

राष्ट्रपति भण्डारीबाट कुमारी दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा कुमारीको दर्शन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा
More

सुन तस्करी नै नभएको अभियुक्त पक्षका वकिलको दावी

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको थुनछेक बहस अन्तर्गत आइतबारदेखि अभियुक्तहरुको तर्फबाट बहस शुरु भएको छ । जिल्ला अदालत मोरङमा भएको बहसमा अभियुक्तहरुको तर्फबाट बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ताहरुले सुन तस्करी नै नभएको तर्क गर्दै अभियुक्तहरुमाथिको आरोप सरासर झुठा भएको दाबी गरे । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा भईरहेको सुनुवाईमा अभियुक्तको पक्षबाट आइतबार वरिष्ठ अधिवक्ताहरु राजु बस्नेत, यदुनाथ खनाल, रमण श्रेष्ठ र शम्भु थापाले बहस गरेका हुन् । बस्नेतले अभियुक्त बालकृष्ण श्रेष्ठ, एलवी भनिने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्विरप्रसाद तोलङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, तक्ले भनिने पुण्यप्रसाद लामा र हेमन्त गौतमको प्रतिरक्षा
More

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

काठमाडौं । पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ । लिच्छविकालीन पुरातात्विक महत्व बोकेको मन्दिरमा कान्तिभैरव गुरुकुलका ब्राह्मण बटुकको वैदिक मन्त्रोच्चारणसहित पूर्वयुवराज शाहले विशेष पूजा गर्नुभएको हो । गुरुकुलका आचार्य श्रीराम अधिकारीले पूजा गराउनुभएको थियो । उत्तरगया क्षेत्र व्यवस्थापन समितिका प्रमुख सल्लाहकार एवं कान्तिभैरव गुरुकुल सञ्चालक समिति अध्यक्ष प्रा डा ऋषिराम पोखरेलले पूर्वयुवराज शाहलाई गोकर्णेश्वर उत्तरगया एवं कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो । हिमवत्खण्डमा कान्तिश्वर नामले उल्लेख गरिएको यहाँको गुफामा योगमाया, शिवपुरी बाबा, श्यामचेतन (वासुकी) बाबा, प्रेमनारायण
More

छोराद्वारा आमाको हत्या

लहान । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो । आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिनुभयो । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
More

पत्रकार महासंघ यूके शाखामा को–कसले उम्मेदवारी दर्ता गराए

लन्डन । पत्रकार महासंघ यूके शाखाको आज आइतबार नयाँ नेतृत्व छनोटका लागि निर्वाचन भइरहेको छ । निर्वाचन समितिमा उम्मेदवारहरुले आफ्नो नाम मनोनय गराइसकेका छन् । जसमा ध्रवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र श्याम लुइटेलले उम्मेदवारी परेको छ । उपाध्यक्षमा खेमराज रानाभाट र लीलामान सेयरपुजा तथा महासचिवमा नरेन्द्र बस्नेत, सञ्जयबहादुर कडेल, विमला सेन र खुशीमान तावा लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा शिव भण्डारी, जग्गनाथ कार्कीको नाम परेको छ । कोषाध्यक्षमा पूर्णबहादुर गुरुङ र सिद्धार्थबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । सहकोषाध्यक्षमा भने रोशन ‘विनोद’ को मात्र उम्मेदवारी
More

महिला संघ अध्यक्षविरुद्ध महासचिवको विज्ञप्ति

काठमाडौं । नेपाल महिला संघकी महासचिव धना खतिवडाले संघकी अध्यक्ष उमा रेग्मीले यही बैशाख २८ गते गरेको केन्द्रिय पदाधिकारी र सदस्यहरुको मनोनितप्रति गम्भिर ध्यानाकार्षण गराएकी छिन् । महासचिव खतिवडाले आज एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्षले गरेको पदाधिकारी मनोनितप्रति आपत्ति जनाएकी हुन् । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘महाधिवेशनबाट नेतृत्व चयन भएको करिब दुई वर्षपछि ढिला गरि भएको मनोनयन आँफैमा सुखद् हुनुपर्ने भए पनि यो महिला संघको सांगठनिक जीवनका लागि सुखद् हुन सकेन् ।’ यद्धपी उनले यसअघि पदाधिकारी मनोनयन गर्दा सहमति र सहकार्यका साथ सबैलाई मिलाएर गरिने आफूहरुबीच भद्र सहमति भएको पनि स्मरण गराईन् । महिला संघको विधान उल्लेख गर्दै
More

सय वर्षमा शताब्दी पुरुष जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्नुभएको छ । विसं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ । जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो । विसं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । जोशीले २०१६ सालमा
More

‘क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताउनुभयो । “मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ”–उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “अब के यसरी पार्टी चल्न सक्छ ?” क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उहाँको भनाइ थियो । अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उहाँले भन्नुभयो, “अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र
More

टेलिकमको खुद मुनाफा रु ११ अर्ब

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले रु ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनील हालै सार्वजनिक गरेकोे गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले रु ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार आम्दानी गरेको छ । प्राप्त
More

मेगा र टुरिजम डेभलप्मेन्ट बैंक एकीकरण

मेगा बैंक र टुरिजम डेभलप्मेन्ट बैंक एक अर्कामा गाभिएपछि आइतबार एकीकृत कारोबार सञ्चालनको सुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाललगायत । तस्बिर: प्रदीपराज वन्त
More