Daily Archives 14th May 2018

दश अंकले घट्यो शेयर बजार

काठमाडौं । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.४१ बिन्दुले घटेर २८२.१८ बिन्दुमा पुगेको हो । आज कूल १६३ कम्पनीको १० लाख सात हजार ७६४ कित्ता शेयर रु ४२ करोड ५१ लाख ९४ हजार २९९ मूल्यमा खरीद बिक्री भएको छ । तीन उपसमूहको शेयरको मूल्य भने बढेको छ । त्यसमा उत्पादन २५.६१, अन्य ३.६३ र होटल समूह
More

काठमाडौँमा ‘हिमालयन ट्राभल मार्ट’

काठमाडौं । नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ । हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० (जुन १–३) सम्म काठमाडौँमा मार्ट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मार्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको होस्ट तथा नेपाल वायु सेवा निगमको साझेदारीमा नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहेको छ । मार्टको कार्यकारी आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर रहेको छ । मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५०
More

सुशील कोइराला फाउन्डेसनलाई एनआरएनको सहयोग

काठमाडौं । शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रमा अभियान सञ्चालन गर्नका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ । अमेरिका भ्रमणमा रहनुभएका फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र संघका अध्यक्ष भवन भट्टले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । अभियान सञ्चालनका लागि संघले आर्थिक सहयोग गर्नेछ । २०७२ साल माघ २५ गते कोइरालाको निधन भएपछि विसं २०७३ असोज २३ गते फाउन्डेसनको स्थापना भएको हो । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको नाममा स्थापना भएको फÞाउन्डेशनका बारेमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छलफल कार्यक्रम पनि सम्पन्न भयो । कार्यक्रमको आयोजना संघको मेरिल्याण्ड शाखाले गरेको हो । पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति
More

शंकराचार्य-आशीर्वचन प्रदान

जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य जगद्गुरु निश्चलानन्द सरस्वती पशुपतिनाथ मन्दिरमा विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा आशीर्वचन प्रदान गर्नुहुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारी । तस्बिर: पूर्णप्रसाद मिश्र
More

टच नै नगरी फिल्म सकिएछ

प्रमिला थापा, सचिव महिला संघ, मोरङ राजनीति गर्ने व्यक्तिले अरुसँग आर्थिक सहयोग माग्न थाल्यो भने उसले नैतिक धरातल गुमाउने मोरङ महिला संघ सचिव प्रमिला थापाको भनाइ छ । राजनीतिका अलावा उनी ब्युटिसियन पेसामा पनि क्रियाशील छिन् । भन्छिन्, ‘मानिसमा इच्छाशक्ति भयो भने उसले धेरै काम गर्न सक्छ ।’ ‘सेतो बाघ’ चलचित्रमा जेठी महारानीको भूमिका निर्वाह गरेकी प्रमिलाको सोख गायनमा पनि छ । लेखन विधिमा कमै रुचि राख्ने प्रमिलाले राजनीति, व्यवसाय र घरपरिवारलाई सँगसँगै अगाडि बढाइरहेकी छन् । प्रमिलासँग कुमार राउतले गरेको कुराकानी : ० तपाईं राजनीतिक कार्यकर्ता कि व्यवसायी ? – राजनीति मेरो प्यासन हो, पेसाले म ब्युटिसियन हुँ ।
More

थाली नाच प्रस्तुत गर्दै कलाकार

बेनीमा आयोजित म्याग्दी भ्रमण वर्षको शुभारम्भ कार्यक्रमको अवसरमा म्याग्दीको सांस्कृतिक पहिचान थाली नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः सन्तोष गौतम
More

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने

विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गर्नुभयो । पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव
More

नेपाली साहित्य विकास परिषद यूकेको नयाँ कार्यसमिति गठन (फोटो फिचरसहित)

लण्डन –बेलायत स्थितनेपालीहरुको जेठो साहित्यिक संस्थानेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले आगामी२ बर्षका लागि एघारौ कार्य समितिकोगठन गरेकोछ । वयस्ट लण्डन, एक्टन स्थित  एबीआई कलेजको समारोह हलमा बसेको परिषद्को२३औ वार्षिक साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय एघारौ कार्य समितिको निर्वाचन सम्पन्नगरेको हो । यस अघि ३० अप्रिलबाटथालनिभएको निर्वाचन प्रक्रियामा निर्विरोधउम्मेद्वारी परेको जानकारी दिनुहुदै निर्वाचनसमितिका प्रमुख कृष्ण भट्टले निर्विरोध निर्वाचित पदाधिकारीहरुको नाम साधारण सभामा घोषणा गर्नु भएको थियो । नव निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ सहअध्यक्षमा ध्रुब केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशमअर्याल हुनुहुन्छ भने उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ बसन्त रायक्षेत्री हुनुहुन्छ ।यसैगरी महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज
More

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौं । नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने विषयमा जर्मनीको कोलोन शहरमा हालै सम्पन्न २९ औँ ‘नेपाल दिवस’ का अवसरमा गहन छलफल भएको छ । जर्मन नेपाल मैत्री संघले नेपाल पर्यटन बोर्ड, जर्मनीस्थित नेपाली दूतावास र जर्मनीको म्युजियम कल्चर अफ दि वल्डर्सको सहकार्यमा आयोजनामा गरेको सो समारोहमा विदेशमा रहने नेपाली तथा नेपाललाई सहयोग गर्न चाहने विदेशीलाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यस वर्षको नेपाल दिवसको मुख्य विषय ‘अबको बाटो’ रहेको थियो । सो अवसरमा जर्मनीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले नेपालमा शान्ति र
More

दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

चितवन । नेकपा (माओवादी केन्द्र्र्र) का अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् । दाहालले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीका अनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेट बराबरका योजना कार्यालयमा माग भई आएका छन् । उहाँका अनुसार सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकमा योजना
More