Daily Archives 15th May 2018

यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसक्नुभएको छ । विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन
More

राष्ट्रको हितविपरीत क्रियाकलाप गर्ने राष्ट्रवादी हुन सक्दैन : नेता पौडेल

कालीकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताउनुभएको छ । नेपाली काँग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, “नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्ैन ।’’ नेता पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली काँग्रेस जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुन: निर्माणमन्त्री हृदयराम थानीले नेपालमा काँग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्नेसमेत बताउनु भयो । नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार
More

हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सल्लेरी । मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार शेर्पाको आज बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए । शेर्पाको शव आज नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडाँै लगी शवपरीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
More

शंकराचार्य सरस्वती प्रमसँग भलाकुसारी

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीसँग काठमाडौँमा मंगलबार आयोजित नागरिक अभिनन्दन समारोहमा भलाकुसारी गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नवीन पौडेल
More

पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताउनुभएको छ । युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ
More

काँग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

काठमाडौं । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो । निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहनुभएको छ । त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी-जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, दलितबाट मीनबहादुर
More

मन्त्रि लालवाबुलाई एमाले सांसद डा.पाठकको चुनौति

डा.सूर्य पाठक, सांसद एमाले सांसद डा.सूर्य पाठकले सरकारले युवा पलायन रोक्नेबारे गम्भीर हुनुपर्ने औंल्याएका छन्। सोमबार संसदलाई सम्बोधन गर्दै उनले श्रमिको ज्यालानीतिमा व्यापक सुधार हुनुपर्ने धारणा राखे। उनले सरकारका एम मन्त्रि लालवाबु पण्डितले विदेशमा बस्ने नेपाली दिएको अभिव्यक्ति विपरीत गैरआवासीय नेपालीहरुलाई देश निमार्णको मूलधारमा ल्याउनु पर्नेमा जोड दिए । ‘आज हाम्रा थुप्रै प्रतिभा बाहिरिएको अवस्था छ। बाहिरिने क्रममा छन्। शिक्षित, इनर्जेटिक, मेहनती मानसंशाधन बिना समृद्धितर्फको यात्रा अघि बढ्न सक्दैन’, उनले संसदमा भने, ‘प्रवासी नेपालीलाई विकासमा साझेदार बनाउनुपर्छ।’ डा. पाठकले संसदमा पेश गरेका ४ बुँदा जस्ताको तस्तैः १. वैज्ञानिक भूमिसुधार नीतिको तय गरी कडाइका साथ लागू गर्ने कुरालाई सरकारले प्राथमिकतामा राखोस्।
More

‘ओली राष्ट्रवाद’ नाटकको पर्दा मोदीको नेपाल भ्रमणले उता-यो

मीन विश्वकर्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला एउटा मात्र गल्ती देखिएको भए वा मोदी भ्रमणको मुख्य उद्देश्य तीर्थ यात्रा वा मित्रभाव वृद्धिका लागि मात्र भए सम्भवतः यत्तिका विधि राष्ट्रिय स्वाधिनता र स्वाभिमानमाथि आँच आउने खालका काम हुँदैन थिए होला । मोदीको भ्रमण २८ गते भयो, जनकपुरमै मोदीका अभिव्यक्ति आइरहेका बेला सत्तारुढ पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद कृति आजादले गरेको टुइट एउटा मात्रै घटना हो । तर, त्यो घटनालाई सरसर्ती हेर्ने हो भने त्यससँग अरु धेरै घटना जोडिएको छ । घटना भएको चार दिनपछि नेपाली कांग्रेसका नेताहरुले अनौपचारिक छलफलपछि हिजो पे्रस विज्ञप्ति निकालेर भारत र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ
More

सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति

काठमाडौं । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ । नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो
More

प्रचण्ड–माधव वार्ता : ‘रोकिएको एकता अघि बढाऔं’

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ ।
More