Daily Archives 16th May 2018

सहारा बिरुद्ध एनआरएन युकेको ६ गोल

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल सम्पन्न भएको छ । गत आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा गैर आवासीय नेपाली संघ बेलायत र सहारा युके भेट्रानले स्वास्थ्यको लागि ब्याम र ‘खेलखुद’ मुलमन्त्र मान्दै सौहाद्रपूर्ण फूटबल खेल प्रतिस्पर्धा गरेको हो । मैत्री पूर्ण फुटबल खेलको प्रतिस्पर्धामा एनआरएनए यूकेले ६ गोल गरि विजयी भएको छ, भने सहारा यूके ४ गोल गरी दोश्रो स्थान हासिल गरेको छ। खेल समापनपछि प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले विजयी टिमका खेलाडीलाई २० गोल्ड मेडल र उपविजेता खेलाडीलाई २० सिल्भर मेडल प्रदान गरे । प्रमुख अतिथी आरणले रेफ्री गम
More

पत्रकार महासंघका अध्यक्ष आचार्य र महासचिव बिष्ट लण्डनमा

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन उत्रिएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट बुधवार लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा १ दजर्न भन्दा बढी पत्रकारहरुले स्वागत गरे । शाखाको नयाँ नेतृत्वको समेत चयन सो अधिवेशनको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । शाखाको निर्वाचन समितिमा आइतवार उम्मेदवारहरुले आआफ्नो नाम मनोनय गराएका थिए । जसमा ध्रुवराज अर्याल र नरेश अपांगी मगरले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शाखाको निर्वाचनको लागि पत्रकार महासंघ केन्द्रले ९७ जनाको नाम स्वीकृत गरेर
More

स्वामी अरुणले ध्यान शिविर सन्चालन गर्नुहुने

काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ। आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै Bosworth Hall Hotel and Spam Bosworth CV13 0LP मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले shankardhakal@hotmail.com वा oshoanandabodhi@gmail.com मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ। संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ। “आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति
More

दुईजनालाई अध्यक्षको जिम्मेवारी दिएपछि नेविसंघमा विवाद

लहान । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहाको आधिकारिक प्रतिनिधि दाबी गर्दै दुईजनालाई सिरहाको जिल्ला अध्यक्षमा मनोनित गरेपछि विवाद सतहमा आएको हो । नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरी र माधव ढकालले मो मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढ्ेको नेविसंघका स्थानीय नेताहरुले बताएका छन् । चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् । नेविसंघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेविसंघको
More

अपहरणको नाटक गर्ने तीन पक्राउ

नुवाकोट । आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारबाही थालेको छ । गत आइतबार राति आफूलाई अपहरण गरी कुटपिट गरेर धनसम्पत्ति लुटेको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका विदुर नगरपालिका–३ का धनबहादुर रिमाल र झुठो विवरण दिन सहयोग गर्ने नारायण रिमाल र राजुप्रसाद रिमाललाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । उनीहरुलाई कारबाहीका लागि प्रशासन कार्यालयमा सार्वजनिक अपराधअन्तर्गतको मुद्दा दर्ता गराएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । धनबहादुरले सोही वडाका वडाध्यक्ष बद्री रिमालसहितका पाँचजनाले आफूलाई अपहरण गरी जंगलमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्दै रु एक लाख
More

मकालु एअरको विमान दुर्घटना

हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त मकालु एअरको विमान । विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । तस्बिर : सौजन्य–नेपाली सेना
More

जेठ ७ गतेभन्दा पहिले नै पार्टी एकता हुने

काठमाडौं । सरकारको निति कार्यक्रम सार्वजनिक हुनु अघि नै पार्टी एकता गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् । आज विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली विच भएको छलफलमा जेठ ७ गतेभन्दा पहिले नै पार्टी एकता घोषणा गर्ने सहमति भएको हो । वार्तामा एकता संयोजन समितिलाई मिल्न बाँकी कुरा टुग्याउन दुई नेताले निर्देशन दिईसकेका छन् । एकता अघि सहमतिमा रहेका विषयमा दलभित्र पनि छलफल हुनेछ । माओवादीको केन्द्रीय कार्यालय बैठक बुधबार नै बस्दैछ। एमाले र माओवादीले बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको र त्यो बैठक सम्भवतः दुई पार्टीको एकीकरण अघिको अन्तिम केन्द्रीय समिति बैठक हुने
More

सन्दीप लामिछाने आईसीसी विश्व ११ मा छानिए

काठमाडौ । नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी विश्व ११ मा छनौट भएका छन् । १७ जेठमा इंग्ल्याण्डको लर्डसमा हुने खेलमा आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छान्ने क्र्रममा सन्दिप पनि छानिएका हुन । विश्व ११ टिमको कप्तानी इयान मोर्गानले गर्नेछन् । त्यस्तै टोलीमा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् । विभिन्न समयमा आएको आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि खेलको आयोजना गरिएको हो।
More

कामी रिता शेर्पाद्वारा २२ पटक सगरमाथा चढेर विश्वकिर्तिमान

काठमाडौं । २२ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् । यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा को सफल आरोहण गरिसकेका छन । मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । यो बर्ष तीन सय भन्दा बढि आरोहीले सगरमाथा चढने स्वीकृति लिएका छन् ।
More

जोनापुरमा सूर्यमुखी खेती

कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेकोे सूर्यमुखी । तेलहन बालीका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु
More

एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत

काठमाडौं । पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको छ । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि
More

प्रम द्वय मोदी र ओलीले संयुक्त रुपमा उद्घाटन गरेका बस सेवा बन्द

जनकपुरधाम । जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा एकपटक चलेर बन्द भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त रूपमा उद्घाटन गरेका बस सेवा प्राविधि प्रक्रिया पूरा नभएको भन्दै रोकिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले हरियो झन्डा देखाएर उक्त बस सेवाको आरम्भ गरेका थिए । तर नेपालको जनकपुरलाई रामायण सर्किटमा जोड्नका लागि सुरु गरिएको सेवा सञ्चालनका लागि केही प्राविधि काम पूरा गर्नुपर्ने अधिकारीहरुले बताएका छन् । गत शुक्रवार जनकपुरधामबाट अयोध्याका लागि दुईवटा बस गएका थिए । जनकपुरबाट अयोध्या गएका दुईवटै बस फर्केका छन् भने अर्को बस सञ्चालन भएको छैन । बस सेवा सञ्चालनका लागि आवश्यक
More

भारतमा डुंगा डुब्दा ३० जना वेपत्ता

काठमाडौं । भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् । तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो । २ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए । हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ । गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो । अनलाइन खबर ।
More

मकालु एयर एक्लाभोजमा क्षतविक्षत, चालकद्वयको निधन

सिमीकोट । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्ला खारपुला गाउँपालिका–२ को एक्लाभोज भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ । विमान ३ टुक्रा भएको र आगो लागिरहेको प्रहरीले जनाएको छ । चाल दलका दुई सदस्यको शब क्षतविक्षतमा रहेको प्रहरीले जनाएको छ । चालकद्वय किरण भट्टराई, आदित्य नेपालीको निधन भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको छ । मकालु एयरको 9N AUJ कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालक दलका दुई सदस्य थिए। विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाले जनाएको छ
More

अध्यक्षद्वयबीच भेटवार्ता, साँझ एमाले स्थायी कमिटी बैठक

काठमाडौं । पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु-याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भइरहेको छ । पार्टी एकताबारे ढिलाइ र अन्योल चिर्न आजको भेटवार्ता निर्णायक हुनसक्ने ठानिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत बोलाएको छ ।
More

कोलकाताले राजस्थानलाई ६ विकेटले हरायो

कोलकाता । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा हिजो राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । १ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर बाँकी रहँदा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । लिग चरणको एक खेल बाँकी रहँदा जितपछि कोलकाता (१४ अंक) तेस्रो स्थानमा थप मजबुद भएको छ भने चौथो स्थानको राजस्थानको १२ अंक छ । पाँचौं स्थानको किङ्स ११ पञ्जाबको पनि १२ अंक छ । मध्यम लक्ष्य पछ्याउने क्रममा कोलकाताका लागि कप्तान दीनेश कार्तिकले अविजित ४१ रन जोडे । त्यसअघि ओपनर क्रिस लेनले टोलीका लागि सर्वा्धिक ४५ रनको योगदान गरे । त्यसअघि
More

वृद्धा बलात्कारमा आरोपित थुनामा

फलेवास । वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ । परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा
More

मेयरलाई आक्रमण गर्ने बोगटी पक्राउ

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गएको वैशाख ८ गते मध्यपुर थिमी नपाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार बोगटी पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालीकोट रुप्सा–५ घर भई अहिले भक्तपुर सल्लाघारीमा बस्दै आएका वर्ष ३० का बोगटीलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
More

यातायात संघसंस्थाका बैंक खाता रोक्का

सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको छ । हिजो गृहमन्त्रालयमा बसेको बैठकले यातायात सम्बद्ध संघसंस्थाहरुको चल, अचल शेयर, सम्पत्तिको विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका प्रमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपाललगायतको उपस्थिति रहेको थियो । यसअघि एकाधिकार हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले गत वैशाख २१ गते सार्वजनिक यातायात नचलाएपछि सरकारले यातायात
More

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासी- पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु १ ख ५३८४ नंको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १६ प २८४९ नंको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको थियो । सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन्
More