Daily Archives 17th May 2018

कांग्रेसको अवस्था देखेर चिन्ता लाग्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी चनाखो हुनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको २०औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले अहिले पनि संविधानप्रति असन्तुष्टि आइरहेको भन्दै त्यसलाई व्यवस्थापन गरेर संविधानको रक्षा गरिनुपर्ने बताए । संविधान जारी गर्दा नै यसलाई सर्वमान्य बनाउन आफूले पहल गरे पनि नसुनिएको भन्दै उनले जनताले बनाएको संविधानकाविरुद्धमा कसैले पनि क्रियाकलाप गर्न नहुने बताए । आफू राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसको नेता भएकाले वर्तमान कांग्रेसको अवस्था देखेर चिन्ता लाग्ने गरेको धारणा उनले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवले लोकतन्त्र र प्रजातन्त्रको पक्षमा आमजनतालाई जागरुक बनाउन आवश्यक रहेकोतर्फ ध्यान दिन आग्रह गरे
More

२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप

काकाठमाडौं । पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ । स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो । सिक्रे नुवाकोटकी विक गाउँमै औषधि नपाइने भएकाले काठमाडौँ आएर औषधि लाने गरेको बताउनुहुन्छ । उहाँले चिकित्सकको सल्लाहानुसार नियमित रुपमा औषधि सेवन गर्दै आउनुभएको छ । चालीस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफँै निको होला भन्ने सोचेर औषधि नखाए पनि पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै हुनुहुन्छ । वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी अहिले
More

‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाडौं । एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाउनुभएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताउनुभयो । सो क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।” उहाँले दुवै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन
More

पत्रकार खनालको निधन

चितवन । पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार शाखामा रहेर काम गर्नुभएको थियो । पछिल्लो समय राजनीतिक क्षेत्रमा क्रियाशील खनाल नेपाली काँग्रेस चितवनको क्षेत्रीय प्रतिनिधि र नेपाल विद्यार्थी संघ चितवनको उपाध्यक्षका रुपमा काम गर्दै आउनुभएको थियो । खनालको आज देवघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ । खनालको निधनप्रति नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल,
More

४१ बुँदे रारा घोषणापत्र

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले मुगुको रारातालको किनारमा ४१ बुँदे रारा घोषणापत्र जारी गर्दै । तस्बिर: शुरबहादुर सिंह
More

नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र
More

पत्रकार महासंघ यूके शाखाको निर्वाचन कार्य तालिका स्थगित

लन्डन । नेपाल पत्रकार महासंघ युकेको निर्वाचन समिति, महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट बीच बिहीबार अल्डरशटमा संयुक्त वैठक सम्पन्न भयो । बैठकले निर्वाचन समितिमा प्राप्त सबै उम्मेदवारीलाई सदर गर्दे निर्वाचन सम्वन्धि सम्पूर्ण कार्यतालिका भोलि साँझसम्मको लागि स्थगन गरेको छ । यसै उम्मेदवारहरु बीच सहमतिको वातावरण निमार्ण गर्न महासंघका महासचिव रमेश विष्ट, पत्रकार भगिरथ योगि, पूर्व अध्यक्षद्धय चिरन शर्मा र नविन पोखरेल रहेको एक समिति गठन गर्ने निर्णय भएको छ । सो समितिमा आमन्त्रित सदस्यको रुपमा अध्यक्ष पदको लागि उम्मेदवारद्धय ध्रुवराज अर्याल र नरेश खपांगी रहेका छन् ।
More

आखिर कसले र किन लुकाएको थियो प्रतिवेदनमा गोरेको नाम

काठमाण्डौ -३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती ‘गोरे’लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो। मोरङ प्रहरीलाई केसीले बुझाएको प्रतिवेदनमा गोरेको नामसमेत उल्लेख गरेका छैनन्। सनम शाक्यको लास फेला परेको मुचुल्कासहितको प्रतिवेदनमात्र दिएको देखिन्छ। तस्करीको ३३ किलो सुन र शाक्यको हत्याकाण्ड छानविन गर्न बनेको समितिले केसीको प्रतिवेदन देखेपछि उनलाई मोरङ पठाउने एसएसपी दिवेश लोहनी समेतलाई अनुसन्धानमा तानेको थियो। लोहनी र केसीले समितिलाई बयान दिँदा गोरे पक्राउ गर्न मोरङ पुगेको बताएका थिए।
More

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

बागलुङ । हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आएको थियो । भाडा महँगो भएको गुनासो बढेपछि भाडादर घटाउन एयरलाइन्स कम्पनीलाई दबाब परेको हो । बागलुङ नगरपालिकाले भाडा समायोजनका लागि नागरिक उड्डयन प्राधिकरणसँग माग गर्दै आएको थियो । नगरपालिकाकै विशेष पहलमा बन्द भएको २६ वर्षपछि गत चैतबाट विमानस्थल सञ्चालनमा आएको हो । नेपाल वायु सेवा निगम र तारा
More

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दिपावली गरिने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी एक भएको दिन आज बिहीबार बालुवाटारमा दिपावली गरिने भएको छ । त्यसका लागि दिउँसैदेखि झिलीमिली बत्ती फिँजाइएको छ । प्रधानमन्त्री निवासको बगैंचाका रुख विरुवामा समेत झिलीमिली बत्ती विछ्याइएको छ । एकता संयोजन समितिको बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटामा एमाले केन्द्रीय समितिको बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार केन्द्रीय समितिमा पार्टी एकताका बारेमा जानकारी गराउने कार्यक्रम छ । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकसमेत बस्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार केन्द्रीय कार्यालयको बैठकमा पार्टी एकताको प्रक्रियाका बारेमा अध्यक्ष दाहालले जानकारी दिने कार्यसूची रहेको छ ।
More

यस्तो छ– पार्टी एकता अनुमोदनको खाका

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रको एकता प्रक्रियालाई एकता संयोजन समितिको बैठकले टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटमा आज बसेको एकता संयोजन समितिको बैठकले सो प्रक्रियालाई टुंगो लगाएको हो । दुई पार्टी बीचको एकताका विषयमा बुधबार सहमति जुटेको थियो । एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराउनु भएको थियो । अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ । एमालेका महासचिव एवम् संयोजन
More

एकताको निर्णय अनुमोदन, नयाँ पार्टी संचालनका लागि नौ सदस्यीय सचिवालय गठन

काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको विधान पनि अनुमोदन गरेको छ । बैठकले नयाँ पार्टी संचालनका लागि नौ सदस्यीय सचिवालय बनाउने निर्णय पनि गरेको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल,
More

भण्डारी र आश्रितको स्मृति दिवस

मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा बिहीबार मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत । तस्बिर : नविन पौडेल
More

सालीको मागले बेहुलाको होस उड्यो

एजेन्सी। बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका छोरा तेजप्रतापको बिहेमा सालीले बेहुलासँग गरेको मागका कारण उपस्थित सबै पाहुना जिल्ल परेका छन् । तेजप्रताप बेहुला बनेर बेहुली लिन जाँदा ढोका छेक्ने क्रममा उनका सालीहरुले १ करोड रुपैयाँको माग गरे । यति ठूलो रकम सुन्नासाथ बेहुला केही बोल्नै सकेनन् । उपस्थित सबै पाहुना मुखामुख गर्न थाले । एकैछिन त्यहाँ मौनता छायो । यद्यपि बेहुला तेजप्रतापका भाइ तेजस्वीले तत्कालै अघि सरेर कुरा मिलाए । उनले भने ११ हजार रुपैयाँबाट कुरा सुरु गरे । तर, तेजप्रतापकी हुनेवाला सालीहरुले १० लाख भन्दा एक पैसा कम नलिने अडान लिए । यस क्रममा दुवै पक्षबीच एकैछिन बहस भयो
More

पुच्छर काटेका वानरहरुको एकतालाई शुभकामना : डा. बाबुराम

काठमाडौं । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विहीबार एकता हुन लागेका नेकपा एमाले र माओवादी केन्द्रका नेतालाई पुच्छर काटेको वानरको संज्ञा दिइएका छन् । एमाले र माओवादी केन्द्रको एकतालाई शुभकामना दिँदै डा. भट्टराईले तीनवटा प्रश्न अघि सारेका छन् । आफ्नो टुइटर हेन्डिलमार्फत् दुवै पार्टीलाई बधाइ र शुभकामना दिएका छन् । तर उनले अनुत्तरित भन्दै तीनवटा प्रश्न अघि सारेका छन् । उनले भनेका छन्, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाइ । शुभकामना । तर केही अनुत्तरित प्रश्न : के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस १ र माइनस १
More

नक्कली नोट कारोबार अभियोगमा माधव वाग्ले सहित ६ जना पक्राउ

काठमाडौँ — नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामांग, साजन तामांगलाई नक्कली नेपाली नोट सहित पक्राउ गरेको हो । र,दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीतलाई पनि पक्राउ गरेकाे छ । निर्माता वाग्लेलाई प्रहरीले बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो भने मंगलबार नै कमलपोखरी बस्ने सुर्खेतका महेन्द्र बोगटीलाई एकलाख २० हजार बराबरका नक्कली नोटसहित र सिन्धुली घर भई ललितपुर लुभु बस्ने सुजित तामांग र साजन तामांगको कोठाबाट सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित
More

आईपिएल क्रिकेट : मुम्बईले पञ्जावलाई हरायो

मुम्बई । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ । १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । ओपनर लोकेश राहुले अर्धशतक र आरोन फिन्चले ४६ रन बनाएपनि पञ्जाब लक्ष्यमा पुग्न सकेन । लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रनको योगदान गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धा्रित
More

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताउनुभयो । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
More

२० अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा प्रदेश ४ सरकार

पोखरा । प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारी थालेको छ । सरकारले बजेट ल्याउन प्री–बजेट छलफल तथा सिलिङ पठाउने तयारी थालेको हो । प्रदेश सरकारले २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । समयमै बजेट ल्याउनु पर्ने भएपछि छलफलका लागि मन्त्रिपरिषदले जेठ १६ गतेबाट दोस्रो अधिवेशन बोलाउन प्रदेश सरकारलाई सिफारिस गरेको छ । सशर्त र विशेष अनुदान आएपछि बजेटको आकार बढ्ने गरी हालका लागि २० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भने, ‘केन्द्रबाट सशर्त र विशेष अनुदान आएपछि भने बजेटको आकार बढेर जान्छ ।’ वित्तीय समानीकरण अनुदान र
More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ । विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ ।
More