Daily Archives 18th May 2018

डा देवकोटालाई स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र

काठमाडौं । नेकपाले वरिष्ठ चिकित्सक डा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अभिनन्दनपत्र प्रदान गरेको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा (एमाले) केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य र राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलका तर्फबाट विभाग प्रमुख तथा सांसद शाक्यले डा देवकोटालाई अभिनन्दनपत्र प्रदान गर्दै स्वास्थ्यलाभको कामना गर्नुभयो । डा देवकोटाले चिकित्सा सेवालाई जनताको सहज पहँचको क्षेत्र बनाउने र समृद्ध बनाउने काममा खेल्नुभएको अग्रसरता अतुलनीय भएकाले अभिनन्दन गरिएको सांसद शाक्यले बताउनुभयो । सो अवसरमा डा देवकोटाले गरीबका छोराछोरीले सहज र सुलभ तरीकाले चिकित्साशास्त्र अध्ययन गर्न पाउने वातावरण बनाउन तथा विशेषज्ञ चिकित्सक
More

पार्टी कार्यालयको अवलोकन गर्नुहुँदै

नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ धूम्रबाराहीमा रहेको पार्टी कार्यालयको अवलोकन गर्नुहुँदै । तस्वीर : नवीन पौडेल
More

राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत डा दुर्गाबहादुर सुवेदीले माल्टाका राष्ट्रपति मारिइ लुइस कोलेरो प्रिसासमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । माल्टाको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति प्रिसाले नेपालमा हालै सम्पन्न तीनै तहका निर्वाचनले नेपालको लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य संविधानको कार्यान्वयनका साथै नेपालको सामाजिक र आर्थिक विकासका निम्ति मार्गप्रशस्त गरेको धारणा व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । भेटमा डा सुवेदीले वर्तमान सरकारले अंगीकार गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को आदर्श राष्ट्रियता, लोकतन्त्र, आधारभूत स्वतन्त्रता, सामाजिक न्याय, स्थिरता, प्रगति र विकास र सुशासनमा आधारित रहेको बताउनुभएको थियो ।
More

प्रचण्ड संसदमा दोस्रो मर्यादाक्रममा

काठमाडौं । संसदको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी औपचारीक रुपमा घोषणा भएको जानकारी दिईएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले आज संसदमा जानकारी दिएका हुन् । योसँगै नेकपाको नयाँ वरीयताक्रम पनि बनेको छ । सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो । नेकपाका नेता देव
More

माओवादी केन्द्र ज्युँदै छ : किराँती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गर्नुभएको छ । एमाले र माओवादीबीचको एकता गलत भएको आरोप पनि उहाँको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किराँतीले आजको पत्रकार सम्मेलन प्रचण्ड समूहको दाहसंस्कार कार्यक्रम भएको टिप्पणी गर्नुभयो । पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादी कित्तामा पलायन भएको समेत किराँतीको आरोप छ । नेता किराँतीले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि
More

गणतन्त्र दिवस मूलसमारोह समिति गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूलसमारोह समिति गठन गरिएको छ । गृहमन्त्रालयमा आज बसेको मूलसमारोह समितिको बैठकले यही जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगहरुमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूलसमारोह समितिमा कामु प्रधान न्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीलगायत रहनुभएको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाको संयोजकत्वमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो
More

चितवनका कुखुरामा बर्डफ्लु देखियो

चितवन । चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो । बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उहाँले बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै
More

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ र नेपाल मेडिसिटि अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक तथा नेपाल मेडिसिटिका अध्यक्ष डा. उपेन्द्र महतो र गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल मेडिसिटि अस्पतालले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरु एवं नीजको परिवारलाई आफ्नो सेवा शुल्कमा केही छुट दिने भएको छ । गैरआवासीय नेपाली संघले पंजिकृत सदस्यहरुलाई Readable Quick Response (QR) Code सहितका कार्ड उपलब्ध गराएको छ । सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष भवन भट्टले सहमति पत्रले संघको मेडिसिटिसंग सुरुवात देखी
More

सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही ! मन्त्रालय तानियो

काठमाडौँः सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् । सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् । मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेका छन् । देशभरमा रहेको यातायात व्यवसायीको चर्को सिन्डिकेट हटाउन निर्णायक भूमिका खेलेका भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठ व्यवसायीको दबाबमा मन्त्रालय तानेका हुन् । मन्त्रालय जान्न मन्त्रायबाट पठाइएको पत्र पाएको जनाउँदै करिब एक वर्षअघि विभागमा आएका भट्टराईले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए । गृहमन्त्री
More

बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर । विराटनगर-१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ। मोरङको बूढीगंगा गाउँपालिका-२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनलाई विराटनगर-१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ। वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ। रासस
More