Daily Archives 19th May 2018

नहर सफाई गर्दै

वर्दियाको राष्टिय गौरवको आयोजना ववई सिँचाई नहरको सरसफाई गर्दै स्थानीय जनता । नहरको पूर्व र पश्चिमका १७ सय सिँचाईका उपभोक्ता(जनताले) २०४९।२०५० साल देखि निःशुल्क श्रमदान गरी नहर सफाई गर्दै आएका छन् । तस्वीर : मेनका चौधरी,
More

करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ । जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन लाइनको पोलबाट विद्युत् प्रवाह भई करेन्ट लागेको जनाइएको छ । बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाए पनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण घटना भएको उनीहरुको आरोप छ । मृतकका आफन्तले
More

विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

हाउसटन । अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ । टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ । विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका कारण अत्यन्त मर्माहित भएको बताउनुभयो । घटनामा परी अरु दश जना घाइते भएका गभर्नर अब्बोटले पत्रकारलाई थप जानकारी दिनुभयो ।
More

राप्रपामा अध्यक्षको अधिकार कटौती हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई कटौती गरी लोकतान्त्रिक बनाउन लागेको छ । पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार पदाधिकारीको शतप्रतिशत अध्यक्षले मनोनीत गर्ने व्यवस्थालाई कटौती गरेर अब ५० प्रतिशत निर्वाचनबाट आउने व्यवस्था गरिएको छ । त्यसैगरी पार्टीको ४० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकारलाई २५ प्रतिशतमा झारिएको छ । पदाधिकारीमा सहायक महामन्त्री र सहायक प्रवक्ता पदको खारेज गर्न लागिएको छ । पार्टीका वडा समिति, नगर समिति, महानगर समिति, क्षेत्रीय समिति र जिल्ला समितिका प्रत्येक इकाइमा
More

सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्छ : नेता सिटौला

बनेपा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय अस्तित्वको रक्षा, राष्ट्र, सार्वभौमसत्ताको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल शिक्षक संघ काभ्रेले संघको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको शुरुवाती दिनबाट नै शिक्षक, प्रशासनलगायतलाई तर्साउने काम गरेकाले त्यसले राम्रो नगर्ने उहाँको भनाइ छ । नेपाली काँग्रेस वैचारिक, नीतिगत, रणनीतिगत, छलफल र एकताको आधार तयार गरेर राष्ट्रसामु प्रस्तुत हुन सक्नुपर्ने नेता सिटौलाले बताउनुभयो । नेता सिटौलाले चुनाव जित्नु र हार्नु, सरकार बन्ने र नबन्ने ठूलो कुरा नभएको र मूल्य र मान्यताको रक्षा गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले एमाले र माओवादीलाई लोकतान्त्रिक
More

२७७ आरोही सगरमाथाको चुचुरोमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आजमात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । शुक्रबार ६५ जनाले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो । वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४
More

नागढुंगा-धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र

काठमाडौं । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो । पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले
More

राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न

विन्डसोर । बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ठ पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजार्रौ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उहाँहरूको विवाहलाई विश्वभर टेलिभिजनमार्फत विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विवाह समारोहमा तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकआपसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गर्नुभएपछि परम्परा अनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उहाँहरू श्रीमान् र श्रीमती भएको
More

शेयर बजार : एक अर्ब आठ करोड बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको रु दुई अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ४८ अंकले बढेर अन्तिम दिन १३३९ दशमलव ६५ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन
More

नेकपा संसदीय दलको बैठक

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरु । तस्बिर : रोशन सापकोटा
More