Daily Archives 20th May 2018

पत्रकार महासंघका महासचिब बिष्ट लन्डनमा सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट सम्मानित भएका छन् । बिष्टलाई नेप्लिज इन्टरटेनमेन्ट युकेले आइतवार लन्डनमा सम्मान गरेको हो । ह्यारो फुटवल क्लवमा आयोजित सम्मान कार्यक्रममा नेप्लिज इन्टरटेनमेन्टको तर्फबाट सिद्धार्थ क्षेत्रीले खादा लगाएर सम्मान गरे । यस्तै एनआरएनका केन्द्रिय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासघं युकेका पुर्व अध्यक्ष चिरन शर्मा, यति नेपाली एसोसियसन युकेका पुर्व अध्यक्ष उमेश मोक्तानले समेत बिष्टलाई खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासघं युकेको महासचिब संजय कंडेल, उपमहासचिब नरेन्द्र बस्नेत, युवा समाजसेवी बिरेन खड्का, बिकाश नेपालको उपस्थिति थियो । बिष्ट नेपाल पत्रकार महासंघ युकेको चौथो अधिबेशनलाई सम्बोधन गर्न बेलायत आएका हुन्
More

अब जिल्ला तहमा छवटा कार्यालय मात्र

काठमाडौं । अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय मात्र रहनेछ । जिल्ला तहमा रहेका अन्य कार्यालय स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ती कार्यालय स्थानीय सरकारअन्तर्गत हुने भएका छन् । ती छवटा कार्यालयबाहेक अन्य कार्यालय स्थानीय तहअन्तर्गत मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ । प्रवक्ता अधिकारीले हाललाई जिल्ला मालपोत र जिल्ला नापी कार्यालय जिल्ला तहमा रहेपछि स्थानीय
More

पाँच लाख ठग्ने गिरी जेल चलान

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले वैदेशिक रोजगारी न्यायाधीकरणको मिति २०७० को फैसलाअनुसार एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवाना सजाय तोकिएका महोत्तरीका ३१ वर्षीय आरती गिरीलाई आज कमलपोखरीबाट पक्राउ गरिएको हो । गिरीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएको थियो । गिरीले ६ महिनाभित्र इजरायल पठाइदिन्छु भनी पदमसुन्दरी श्रेष्ठबाट रु तीन लाख ३० हजार र गीता श्रेष्ठबाट रु एक लाख ५५ हजार
More

म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँः मलेसिया जाने कामदार ठग्ने भीएलएन, वान स्टेप सेन्ट, वाई स्पेश म्यान पावर तथा हार्बेस्ट मुन टाभ«लका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको अभियोगमा पक्राउ गरिएको हो । बुधबार मात्रै श्रम तथा रोजगार सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारमाथि अवैधानिकरुपमा विभिन्न संस्था खडा गरी रकम असुल्नेहरुलाई गृहमन्त्रालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत निगरानीमा राख्न परिपत्र गरेका थिए । राम श्रेष्ठले २०७० कात्तिकदेखि ७ सय रुपैयाँमा हुने मलेसिया जाने कामदारको भिसा स्ट्याम्पिङका लागि भीएलएन नामक संस्था खडा गरी ३२ सय रुपैयाँ असुल्दै आएका थिए । २०७३
More

नेपाली भाषा बुझ्ने अनौठो हात्ति

चितवन। हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए। लक्ष्मण थुचुक्क बस्यो। अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे पर्यो। चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो। यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ। ओई! लक्ष्मण यता आइज। पर भएको लक्ष्मण खुरुखुरु आयो। अडी! टक्क अडियो। पछाडि जा! पछाडी फर्कियो। जा.. माला लगाई दे भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहिर्याइदिन पुग्छ। टाउकोमा सुँड राखेर आशिर्वाद दिन्छ। हात्तीले माला पहि¥याइदिएको नौलो मानेका भरतपुरका दिदीभाइ आरती र विजय सापकोटा त्यो देखेर औधी रमाए। उनीहरुले पनि हात्तीबाट माला पहिरिएर आशिर्वाद लिए। “नौलो अनि रमाइलो लाग्यो,” आरतीले भनिन्। चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको १० वर्षको
More

स्पेनको मैड्रिडमा नेपाली दुताबासले सेवा दिन शुरु

कृष्ण पौडेल पोर्चुगल । मैड्रिड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो । तर स्पेनको म्याड्रिडबाट नेपाली दुतावासले सबै सेवा दिन सुरु गरेपछि सजिलो भएको छ । पेरिसको नेपाली दुतावासले यसअघि फान्स, पोर्चुगल, ग्रिस र स्पेनमा बसोबास गर्ने नेपालीलाई सेवा सुविधा दिदै आएको थियो । तर स्पेन र पोर्चुगलका नेपालीबासीले पेरिस धाउन पर्ने छैन् । मड्रीड स्थित नेपाली दुतावास स्पेनले कार्यालय स्थापना गरी गत बैशाख १९ गते बिहीवार देखि
More

नेपाली डायस्पोराको ज्ञान र सीप नेपालमा भित्र्याउने मोडल

नारायण घिमिरे । नेपालमा ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’को चर्चा हुन थालेको लामो समय व्यतीत भइसक्यो । खासगरी राजा महेन्द्रकै पालादेखि नै ‘ब्रेन ड्रेन’ र ‘रिभर्स ब्रेन ड्रेन’का नाममा विदेश पढेका आफ्ना अनुचरहरूलाई महत्वपूर्ण ओहोदा दिँदै जबर्जस्ती ‘थिंक ट्यांक’ बनाइएकै हो । राजा संवैधानिक भएपछि पनि त्यो सिलसिला रोकिएन । विदेशमा आफ्नो विषयमा उल्लेखनीय काम गरी सक्षमता देखाएको होइन कि विदेश पढेका तर के गरौँ कसो गरौँ भनी भौँतारिइरहेका आफ्ना दलका आसेपासेलाई इज्जतपूर्वक पुनः नेपालमै स्थापित गराउन दुरूपयोग भएको नतिजा हाम्रोसामु छर्लंगै छ । त्यसको निरन्तरतास्वरूप हालसम्म पनि ‘रिभर्स ब्रेन ड्रेन’ नेपालको ‘एनी हाऊ कमाऊ’ राजनीति–धन्दाको एउटा पाटो बनेकै
More

नेपाल पत्रकार महासंघ यूकेमा नयाँ कार्यसमिति (फोटो फिचर)

लण्डन । नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेसन अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिबेसनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, श्याम लुइँटेल, उपाध्यक्ष दिनेश परियार, लिलामान शेरपुन्जा, बिमला सेने सर्वसम्मत चयन भए । यस्तै महासचिवमा संजयभक्त कंडेल , उपमहासचिव नरेन्द्र बस्नेत, सचिव शिब भण्डारी, पूर्ण गुरुङ , जगन्नाथ कार्की निर्विरोध भएका छन् । यसअघि १५ जनाको रहेको कार्यसमितिलाई विस्तार गरि २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । यस्तै कोषाध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्री, सहकोषाध्यक्ष रोशन राई ‘बिनोद’ चयन भए । सदस्यहरु
More

एमालेबाट को–को भए केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य हुनुहुन्छ । त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी(नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी,
More

मन्त्री यादव उपचारका लागि थाइल्यान्ड प्रस्थान

काठमाडौं । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड गरेका छन् । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।
More

कांग्रेस जिल्ला कार्यसमिति सभापतिको भेला असारमा

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला आगामी असारमा हुने भएको छ । असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय कांग्रेसले गरेको हो । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो साताका लागि भेला बोलाइएको हो । उहाँका अनुसार सभापतिहरूको भेलापछि महासमिति मिति तोक्ने तयारी पनि भइरहेको छ । महासमिति बैठक भदौ महिनाभित्र गर्ने निर्णय भएको छ ।
More

विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस

बाबियाचौर । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ । भौगोलिक विकटता, दुर्गम, पृथक् भाषा, संस्कृति र जीवनशैली भएका अल्पसंख्यक छन्त्याल समुदायको सघन बसोबास रहेको आधारमा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गत बिहीबार बसेको कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको कार्यपालिकाका
More

विद्यालयमै झुण्डिए विद्यार्थी

महेन्द्रनगर । जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए । राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामान प्रहरीले नियन्त्रण लिएर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको बताउनुभयो । प्रउ थपिलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको
More

कोलकाता प्लेअपमा

नयाँ दिल्ली । शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इन्डियन प्रिमियर लिग आइपिएलको प्ले अफमा पुगेको छ । हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् । प्ले अफ पुग्न अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । राजस्थान रोयल्स, मुम्बई इण्डीयन्स र किङ्स ईलेभेन पञ्जाव मध्ये एउटा टोली प्ले अफमा पुग्नेछ । विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोरको यात्रा टुंगिएको हो । आईपिएल
More

क्युबा : दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

बीबीसी । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ब्ल्याक बक्स फेला परेको बताएका छन्। राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए। सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ। क्युबाली यातायातमन्त्रीले उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि जनाएका छन्। उनले दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको पनि प्रंशसा गरेका छन्। विमान
More

अवैध क्रसर उद्योग बन्द गर्न सर्वोच्चको आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो ।नुवाकोट बेलकोटगढी नगरपालिका ८ का राजेन्द्र चित्रकारले त्रिशूली र तादी नदीमा सञ्चालित उद्योगले वातावरणीय प्रदूषण गरिरहेको तथा वायु तथा ध्वनि प्रदूषणबाट स्थानीय प्रभावित भएको भन्दै रिट दायर गरेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई विपक्षी बनाएर दायर रिटमा सर्वोच्चले अवैध क्रसर उद्योग बन्द गराउन आदेश सुनाएको हो
More

दुुर्घटनामा दुई बालकको मृत्यु

दाङ : दाङमा शनिबार भएका छुट्टा छुट्दै दुर्घटनामा दुई बालकको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकको नदीमा डुबेर मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिम राजमार्ग अन्तर्गत दाङको लालमटियामा लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान घर भएका आठ वर्षीय बालक गौतम बुढाथोकीको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक पार गर्ने क्रममा ट्रकले बुढाथोकीलाई ठक्कर दिएको थियो । बालक आदर्श नमुना मावि लालमटिया कक्षा ४ मा अध्ययनरत हुन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
More

बिचौलियाको मारमा किसान

विचौलियाका कारण कपिलवस्तु जिल्लाका किसानहरु मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् । जिल्लामा एक करोडभन्दा बढी मूल्यका गोलभेँडा यसरी बोटमै कुहिन थालेका छन् । । उत्पादन भएको गोलभेँडा राख्ने चिस्यान केन्द्र नहुँदा पनि किसान मर्कामा परेका छन् । नयाँ पत्रिका
More

दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो। दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन्। रासस
More