Daily Archives 21st May 2018

गोर्खा कप हेर्न १० हजार दर्शक आउने

लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ । तमुधिं यूकेको आयोजनामा हुने गोर्खा कप १६ औं सस्करणको तयारी सम्बन्धि जानकारीका लागि आइतबार मीचेटस्थीत तमुधी युकेको भवनमा संस्थाका अध्यक्ष ज्ञाम गुरुड्गको अध्यक्षतामा एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्बजनिक गरियो । आगामी आइतबार मे २७ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुने १६ औं गोर्खा कपको तयारी अन्तिम चरणमा छ । ९ ए साइड उक्त प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ ।यस वर्षको गोर्खा कपमा कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । ३२ नन भेट्रान
More

बेलायतमा रहेका एमाले र माओबादी बीच एकता हुने

कुमार केसी । रेडिंग । नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मेमा पार्टी एकीकरण सम्पन्न भएपछि बिस्तारै यसको प्रभाब बेलायतमा पनि देखिएको छ एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच रेडिंग इलाका कमिटीले गत आइतवार केक काटेर पार्टी एकताको स्वागत गरेको छ । रेडिंग इलाका कमिटिका अध्यक्ष प्रतिमा केसी तथा पुर्ब अध्यक्ष्यहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसंग खुसी साटेका थिए । स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठुलो उपस्थितिमा बिबिक्यु तथा मनोरंजन गरी उक्त स्वागत
More

राष्ट्रकवि माधव घिमिरेलाई के भयो ?

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेर डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ । आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो । आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार हुँदै आएको छ । घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।
More

राप्रपाः पार्टी एकताका लागि आह्वान

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा(प्रजातान्त्रिक)लाई पार्टी एकीकरणका लागि आह्वान गर्नुभएको छ । वीरगञ्जमा आजदेखि शुरु भएको राप्रपाको तीनदिने राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणका लागि आफू बाधक भए पदबाट राजीनामा दिन तयार भएको बताउनुभयो । उहाँले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षधर राष्ट्रवादी शक्तिबीचको एकतामा जोड दिँदै उहाँले पुराना तीता कुरालाई बिर्सेर पार्टी एकीकरण गर्न आह्वान गर्नुभयो । पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष राजीव पराजुली, महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनलगायतले सनातन हिन्दू राष्ट्र र राजसंस्था जस्तो विषय पार्टीले छाडेको कारण गत निर्वाचनमा पार्टीले हारको सामना गर्नुपरेको उल्लेख गर्नुभयो । बैठकले पार्टीको अगामी
More

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई सम्बोधन

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई पनि समेटेको छ । गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित गरिनेछ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमको बुँदा नं. २४ मा भनिएको छ, ‘यो सरकारले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहको रुपमा पहिचान गरेको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रित गरिनेछ । वैदेशिक लगानी तथा विकास साझेदारबाट प्राप्त स्रोतलाई यी क्षेत्रमा परिचालन गरिनेछ । गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित
More

तीन सय आरोही सगरमाथामा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको नवौँ दिन आजसम्म ३०० भन्दा बढी आरोही सगरमाथाको चुचुरामा पुगेका छन् । वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएयता आजसम्म ३१६ भन्दा बढी आरोही चुचुरोमा पुगेको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहीको विवरण संकलन भइरहेको छ । अनुकूल मौसमको प्रतीक्षामा रहेका थोरै संख्याका आरोही मात्र चुचुरामा पुग्न बाँकी छन् । उनीहरु सगरमाथाको शिविर ३ र ४ मा पुगेका छन् । गत वैशाख ३० गते आठ शेर्पा आरोहीबाट सगरमाथाको चुचुरासम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु
More

नीति तथा कार्यक्रम असल निबन्ध : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आव २०७५-७६ को नीति तथा कार्याक्रमलाई असल निबन्धको संज्ञा दिएको छ । राष्ट्र विद्यादेवी भण्डारीले संघीय संसद्मा आज प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमकिता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रम असल निबन्धको रुपमा आएको छ ।” सोही पार्टीका नेता प्रदीप गिरीले नीति तथा कार्यक्रमले मुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताउँदै श्रम समस्या सम्बोधन गर्ने स्पष्ट खाका नभएको र धेरै पृष्ठ र पुरानै शैलीको देखिएको
More

पुस्तिका हस्तान्तरण गर्न जानुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गर्न जानुहुँदै । तस्बिर : नवीन पौडेल
More

एक वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न हुने

काठमाडौं । सरकारले आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थलाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५-७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उल्लेख छ । हाल सो विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख ओम शर्माकाअनुसार विमानस्थल निर्माण प्रक्रियाले गति लिएकाले आगामी एक वर्षभित्र सकिनेछ । यस्तै धावनमार्ग, टर्मिनल भवन, टावरलगायतको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ । धावनमार्ग, पार्किङस्थल, टर्मिनल भवन आगामी मंसिर मसान्तभित्र सम्पन्न हुनेछ । आयोजना प्रमुख शर्माले भन्नुभयो– “आगामी असोजदेखि
More

उपासनालाई ‘सिन्ड्रेला नेपाल’ उपाधि

काठमाडौं । ‘सिन्ड्रेला नेपाल–२०१८’को उपाधि उपासना श्रेष्ठले जितेकी छन् । राजधानीमा सम्पन्न प्रतियोगितामा आफ्ना १८ प्रतिस्पर्धालाई पछि पार्दै उपासना यस वर्षकी ‘सिन्ड्रेला नेपाल’ घोषित भएकी हुन् । उपसनाले ताजसहित नगद १० हजार प्राप्त गरिन् । प्यासिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस तेस्रो संस्करणमा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप कृष्टिना श्रेष्ठ र स्तुति स्वाँर भए । कार्यक्रममा विभिन्न सबटाइटल पनि प्रदान गरिएको थियो । जसअनुसार मिस ट्यालेन्ट सुबेका दुबे, बेस्ट ड्रेस सेरिनिटी बन्जारे, डिस्प्लिन आयुषी थापा, फोटो जेनिकमा आम्शु आचार्य, फ्रेण्डशिपमा इप्शा मगर, मिस स्माइल टिना पुन र मिस बेस्ट हेयरको उपाधि सामला गुरुङले पाए । त्यस्तै, बेस्ट स्किन सुश्रीया
More

स्वामी अरुणले बेलायतमा ध्यान शिविर सन्चालन गर्नु हुने

लन्डन । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ । आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै Bosworth Hall Hotel and Spam Bosworth CV13 0LP मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ। शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले shankardhakal@hotmail.com वा oshoanandabodhi@gmail.com मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ । संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ। ‘आजको व्यस्त समाजमा संयमित जीवन शैली
More

नेकपाद्वारा केन्द्रीय कमिटीको पूर्णता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरुको सिफारिसलाई अनुमोदन गरेको हो । यो अनुमोदनसँगै पार्टीको ४४१ केन्द्रीय कमिटीले पूर्णता पाएको छ । त्यसैगरी यस बैठकले पार्टीको संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ । उक्त कमिटीमा पार्टीका नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटीलाई एकीकरण गर्न पूर्व
More

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरी शक्तिशाली विष्फोट गराइएको थियो । विष्फोट गराउनेको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार छर्रा लागेर छिमेकीको घरमा पाहुना खान आउनुभएका सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । राई सोही अस्पतालकी कर्मचारी भएको खुलेको
More

सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आज आउने आर्थिक वर्ष २०७५-२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसदको दोस्रो संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदको संयुक्त बैठक दोस्रो पटक बस्न लागेको हो । सरकारको नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिने छ भने, त्यसको निश्चित समयावधि र रकमलगायत विषय बजेटमा पर्नेछन् । अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काली
More

‘पार्टी हाँक्ने सभापति देउवाले सिक्नुपर्छ’

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा बनेकोमा खुशी व्यक्त गर्दै काँग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षको भूमिका खेल्न जनताले आदेश दिएको बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको काँग्रेस नगर समितिद्वारा अआयोजित कार्यकर्ता भेलामा उहाँले राजनीति गर्दा नेताको नैतिकताको अहम् भूमिका हुनुपर्ने भन्दै तीन तहको निर्वाचन गराएको जस लिन सक्नेले पराजयको जिम्मा पनि पार्टी हाँक्ने सभापतिले लिन सक्नुपर्ने बताउनुभयो । स्थानीय तहको क्षेत्र निर्धारण गर्ने समयमा सभापतिले चासो नदिँदा त्यतिबेला नै पार्टी चुकेको भन्दै वाम एकता मिलेर पार्टीले हारेको नेतृत्वको भनाइसँग आफू सहमत हुन नसकी संगठन कमजोर भएकाले हार व्यहोर्नुपरेको
More

ऋण काढेर ‘स्मार्ट’ विद्यालय

सामुदायिक विद्यालयहरुको भद्रगोल र बिथेति बारबार खबर बनिरहन्छन् । शिक्षकले पठन–पाठन नगराएको देखि पूर्वाधार अभावमा रुमल्लिएका खबर आइरहँदा भक्तपुरको एक सामुदायिक विद्यालयले ऋण काढेर विद्यालयलाई स्माटै बनाएको छ । भक्तपुरको चाँगुनारायण–८, थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालय स्मार्ट बनेको हो । यो विद्यालयका शिक्षक र विद्यार्थीहरु डिजिटल गेटबाट छिर्छन् र स्मार्ट बोर्डमा पढाउँछन् र पढ्छन् । राजधानी दैनिक
More

गणतन्त्र दिवसको दिन बालकृष्ण ढुंगेल छुट्ने

काठमाण्डौ -कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुट्ने भएका छन्। बाँकी कैद सजाय मिनाहा गरी सरकारले उनलाई छाड्न लागेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो। डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेल छुट्न लागेका छन्। कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ। सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो।
More

तरकारीवालीले मेगा कलेजमा नि:शुल्क पढ्न पाउने

काठमाण्डौ -तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठले ब्याच्लरदेखि डिग्रीसम्म नि:शुल्क पढ्न पाउने भएकी छिन् । १२ कक्षाको परिक्षा दिएर बसिरहेकी उनलाई अब काठमाडौंको बबरमहलमा रहेको मेगा कलेजले डिग्रीसम्मको शिक्षा नि:शुल्क प्रदान गर्ने भएको छ । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुशुम रातारात चर्चामा आएकी थिइन् । उसैबेला चितवनको रत्ननगरस्थित क्विस्ट मोडलसँगको सहकार्यमा हाल दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लम्फू’ का निर्माता शक्तिबल्दभ घोरासैनी (पपुलर मल्टिमीडिया प्रा.ली.) ले कक्षा ११ र १२ का लागि छात्रवृति प्रदान गरेको थियो । यस्तै, सोही क्रममा कुशुमलाई काठमाडौंको मेगा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृति
More

सफल आईपीएल यात्रामा सन्दिप : तीन खेल पाँच विकेट

काठमाडौं : विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्। जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरे। अघिल्ला दुई खेलमा एक÷एक विकेट लिएका सन्दीपले आइतबार खेलिएको मुम्बई इन्डियन्सविरुद्घको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। सन्दीपले तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्ला खेलमा आफूलाई नखेलाएकोमा दिल्लीका पदाधिकारी, कप्तान, सहकर्मी र समर्थकले चुकचुकाउनु पर्ने वातावरण सिर्जना गरिदिए। सन्दीपको क्षमतासँग अपरिचित दिल्लीले अघिल्ला
More

इन्जिनियरमाथि कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो। नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीको उजुरी दर्ता गराएका थिए। चन्दले दर्ता गराएको उजुरीका आधारमा वडाध्यक्ष चनारालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार कार्यकक्षमा काम गरिरहेको अवस्थामा वडाध्यक्ष चनाराले इन्जिनियर चन्दलाई कुटपिट गरेका थिए। त्यहाँ स्थापना भएको एफएम रेडियो ‘नयाँ नेपाल’को सामग्री खरीद गर्न नगरपालिकाबाट छुट्याएको रु २५ लाख बजेट
More