Daily Archives 22nd May 2018

भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पिएन रुप कार्की एनआरएनए खेलकुद समितिमा

भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पिएन रुप कार्की गैरआवासीय नेपाली संघ अमेरिकाको खेलकुद समिति सदस्य मनोनित भएका छन् । समितिको गतसाता बसेको बैठकले भर्जीनिया निवासी कार्कीलाइ उनको विज्ञता र खेलकुद मार्फत नेपालको नाम उँचो बनाउन योगदान दिए बापत मनोनयन गरेको हो । नेपालको बुटवल घर भएका कार्की गतबर्ष एटलान्टामा सम्पन्न अन्तराष्ट्रिय भारत्तोलन प्रतिस्पर्धामा स्वर्ण पदका जितेका थियो । भारत्तोलनमा नेपालीले हासील गरेको यो आजसम्मकै सबैभन्दा ठुलो पदक हो । त्यसअधि २०१५ मा उनले उत्तर अमेरिका क्षेत्रीय प्रतिश्पर्धामा पनि स्वर्ण पदक प्राप्त गरेका थिए । विगत एक दशकको कडा मेहनतले यो सबै सम्भव भएको बताउने कार्की अब गैरआवसीय नेपालीको संस्थागत अभियान मार्फत आफ्नो सिप
More

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा २८ जना पुर्पक्षका लागि जेल चलान

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो । फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी हवल्दार अमरबहादुर थापा मगर साधारण तारेखमा रिहा भएका छन् भने खत्रीकै अर्का चालक विष्णु खड्का १५ हजार धरौटी तिरेर रिहा भएका छन् । पुर्पक्षका लागि चेल चलान हुनेमा अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी संजय राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, पूर्वडीआइजी गोविन्द निरौला छन् । यस्तै सनमको हत्यामा संग्लन भनिएका मोहन काफ्ले,
More

बुटवल पावरले ४४ करोड लाभांश वितरण गर्ने

काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) ले आफ्ना शेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न २५औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । कम्पनीले केही समय पहिले एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी रु दुई अर्ब २१ करोड पुगेको छ । कम्पनीमा ८८ हजार शेयरधनी छन् । कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा रु ६६ करोड ८० लाख मुनाफा कमाएको थियो । उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको थियो । कम्पनीले केही दिनअघि मात्रै चिनियाँ साझेदार लगायतको
More

सूचक सम्बोधन नगरेप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलको आजको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आगनमा सरकारको सेवा र सुविधा पु-याउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ । बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भै
More

कांग्रेस विज्ञहरुसँग परामर्श लियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार सरकारले संघीय संसद्मा आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा बुधबारदेखि छलफल हँदैछ । बैठकले नीति तथा कार्यक्रमका बारेमा समीक्षा गर्नाका साथै उक्त नीतिको सम्बन्धमा संसद्मा बोल्ने विषयका बारेमा छलफल गरेको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । यसअघि काँग्रेस संसदीय दलको बैठकले दलका विषयगत समिति बनाई संसद्मा पार्टीका
More

शिशु बोकेर यार्सा टिप्न

डोल्पामा जेठ १ गते बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि खुला भएपछि आठ महिने शिशु बोकेर जाँदै डोल्पा चुँ गाँउकी महिला । आय आर्जनको वैकल्पिक श्रोत नभएपछि शिशु बोकेर यार्सा संकलनका लागि जानुपर्ने वाध्यता रहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने
More

ANMF 22 nd Annual Conference and Members meeting

Arizona – America Nepal Medical Foundation (ANMF) successfully conducted its 22nd Annual Conference and Members’ Meeting in Phoenix, Arizona from May 4-6, 2018. Over 120 attendees from different parts of United States and speakers from Nepal attended the conference. Over the three days, officials of ANMF shared achievements of the last one year and discuss about future plans. The conference organizing committee members worked day and night to make this event one of the most memorable and successful in the ANMF history. Program coordinator, Dr. Bidur Dhakal, helped in organizing the logistics for the event. Other members of the committee
More

खुशी लिम्बूको गतिविधि निन्दनीय : महासंघ

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अधिवेशनमा हातपातमा उत्रिएका खुशी लिम्बुविरुद्ध कारवाही अघि बढाइएको छ । महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले जारी गरेको विज्ञप्तिअनुसार लिम्बुविरुद्ध महासंघले अनुशासनको कारबाही अघि बढाएको र उनी सम्बन्धित अन्य संघ संस्थालाई पनि कारबाहीका लागि आग्रह गरिएको हो । लिम्बु संलग्न संस्था नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाली जनसम्पर्क समिति यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके शाखालाई कारबाहीका लागि बोधार्थ पत्र दिइएको छ । अध्यक्ष खपाङ्गीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ युके शाखाका नवनिर्वाचित सञ्जयभक्त कँडेललाई नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ
More

गोरे पक्राउ परेसँगै ३३ किलो सुन काण्ड नयाँ मोडमा

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान साँढे पाँच बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी दिएको छ । गोरे उपनामले चिनिने उप्रेतीको घर मोरङको उर्लाबारी हो । प्रहरी उच्च अधिकारीसँगको मिलेमतोमा उनले सुन तस्करी गर्दै आएका थिए । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीका अनुसार ‘गोरे समूहले पछिल्लो चार वर्षमा मात्र झन्डै ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ । होटलका
More