Daily Archives 23rd May 2018

सन्दीप लामिछाने र पारश खड्का लण्डन आउने

लण्डन – भारतीय क्रिकेट क्लव दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा बिदेशमा चर्चा चुलिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने लण्डन आउने भएका छन् । उनको साथमा राष्ट्रिय टोलीका क्याप्टेन पारश खड्का समेत लण्डन आउन लागेको नेपाल पत्रकार महासंघ युकेका कोषाध्यक्ष सिद्धार्थ क्षेत्रीले जानकारी दिए । उनीहरुलाई भेटेर साक्षात्कार गर्न ईच्छुक व्यक्तिहरुको लागि अग्रिम टिकट खुल्ला गरिएको क्षेत्रीले जनाए । नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय प्लेयर्स एसोसियसन युकेका अध्यक्ष समेत रहेका क्षेत्रीका अनुसार क्रिकेटरद्धयको स्वागतको लागि आगामि ३० मे मा लण्डनस्थित माया पवमा विषेश कार्यक्रमको आयोजना गरिन् लागिएको छ । १७ बर्षीय नेपाली लेग स्पिनर सन्दीपलाई आइपिएलको अक्सनबाट २० लाख
More

प्रधानमन्त्री ओली–उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राजधानीमा विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल बैठकको उद्घाटन गर्दै । तस्बिर: प्रदीपराज वन्त
More

नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्: सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् भन्नुभयो । सभापति देउवाले भन्नुभयो, “योजना र कार्यक्रम बिनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठूला जोखिम मोल्नुपर्छ, त्यो स्पीरिट म देख्दिँन ।” विसं २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको काँग्रेसको सरकारले आर्थिक क्षेत्रमा साहसिक र
More

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । उहाँको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेहान्त अस्पतालमा लगिएको उहाँका छोरी उषा अधिकारीले जानकारी दिनुभयो । वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उहाँले बताउनुभयो । राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताउनुभयो । घिमिरेका साथमा उहाँका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत
More

नेपाली छोरोलाइ विश्वविख्यात टेलि अवार्ड ।

बरिष्ठ सामाजिक अभियन्ता तथा सुचना प्रविधी विज्ञ, प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो । अधिकारिले कुल १२ हजार प्रतिश्पर्धीलाइ पाखा लगाउदै यो अवार्ड जितेका हुन् । निर्णायकको मूल्यांकन र पब्लिक भोटिगं समेतको आधारमा विजयी घोषण गरिने टेलि अवार्डका लागी उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाइ उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मा लिएको अन्तवार्तालाइ निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा
More

कुन मन्त्रीको कति सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु सम्पत्तिको हिसाबमा पनि कम देखिएका छैनन् भने लामो समयदेखि निष्ठाको राजनीति गर्दै आएकी महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासंग मात्र सबभन्दा कम १ तोला सुन १५ हजार नगद देखिएको छ । आज सार्वजनिक गरिएको सम्पत्ति विवरणमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सबैभन्दा धेरै सम्पत्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्री रुघुवीर महासेठको देखिएको छ । मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री महासेठसँग तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन भएको विवरणमा उल्लेख
More

राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रका लागि राप्रपा जनतामा जाने

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय परिषद्को तीन दिने बैठक बुधबार यहाँ सम्पन्न भएको छ । सो बैठकले राजनीतिक तथा वैचारिक कार्यदिशा, संगठनात्मक सुदृढीकरण र प्रशिक्षण सम्बन्धी कार्ययोजनालाई पारित ग-यो । निर्वाचनको संघारमा भएको पार्टी विभाजन, कमजोर संगठन, नेपाली काँग्रेससँगको तालमेललाई पराजयको मूल कारण ठहर गर्दै बैठकले पार्टीको विधान संशोधन, राजसंस्था सहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि सशक्त भएर जनतामा जाने निर्णय ग-यो । पार्टीले जेठदेखि माघ मसान्तभित्र छुवाछूतविरुद्ध राष्ट्रिय अभियान, मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्र जनचेतना कार्यक्रम तथा भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने र समान विचारधारा भएका व्यक्ति, समूह र दलसँग एकता र सहकार्य गर्ने भएको छ
More

भिआइपीका घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं । पहुँचका भरमा नियमविपरित व्यक्तिको घरमा काममा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनबमोजिम मन्त्रालयले पूर्वसरकारी अधिकारीहरुले राखेका सुरक्षाकर्मी फिर्ता गरेको हो । राजनीतिक पहुँच र प्रभावका भरमा सरकारी पूर्व पदाधिकारी तथा उच्च प्रहरी अधिकारीहरुले घरायसी काममा लगाइरहेका सबै सुरक्षाकर्मी फिर्ता भएका छन् । प्रधानमन्त्री ओलीको निर्देशनपछि गृह मन्त्रालयले अवैधानिक रुपमा काममा लगाइएका सबै सुरक्षाकर्मी फिर्ता गरिएको जनाएको छ । सुरक्षा खतराको बहानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पूर्वसरकारी अधिकारीहरुले सुरक्षा गार्ड राख्ने बहानामा घरमा लगेर घरेलु कामदारको रुपमा प्रयोग गर्ने गरेका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाकर्मी
More

मुगुको रारा तालमा पर्यटक

मुगुमा रहेको नेपालको सबैभन्दा ठूलो ताल राराको किनारामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर: हरि बास्तोला
More

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौं । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहुन्छ । केही समयअगाडि नेपाल आउनुभएका उहाँनेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुहुन्छ । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उहाँ भन्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन
More