Daily Archives 25th May 2018

गोर्खा कपमा भिड्न हङकङको टोली लण्डनमा

लन्डन — हङकङका १५ खेलाडीसहित १९ जनाको टोली बिहीबार लन्डन आइपुगेको छ । मे २७ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्युमा हुने १६ औं गोर्खा कप फुटबल प्रतियोगितामा भाग लिन टोली बेलायत आएको हो । बिहीबार बिहान ६ बजे हिथ्रो विमानस्थलमा उत्रेका हङकङ नेपाली फुटबल टिमका मेनेजर राजीव हिराचनसहितको टिमलाई तमुधिं युकेका उपाध्यक्ष नन्दजङ गुरुङ, गोर्खा कप फुटबल इभेन्ट इन्चार्ज तथा सहारा एफसीका अध्यक्ष ले रि कुसाङ गुरुङ, तमुधिं युकेका सल्लाहकार महेश गुरुङलगायतले स्वागत गरेका थिए। बिहीबार बिहानै तमुधिं भवन मिचेटमा आयोजित परिचयात्मक कार्यक्रममा खेलाडीहरु सहभागी भए। उक्त कार्यक्रममा इभेन्ट इन्चार्ज ले रि गुरुङ, तमुधिं युकेका महासचिव कृष्ण गुरुङ, सहारा युकेका कोषाध्यक्ष
More

शेष घले दम्पती अष्ट्रेलियाको ८१ औं धनाढ्यको सूचीमा

काठमाडौं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष धनाढ्य सूचीमा १०१ औं स्थानमा रहेका घले दम्पती यस वर्ष २० औं स्थान माथि उक्लिदै ८१ औं स्थानमा पर्न सफल भएका हुन्। अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘फाइनान्सियल रिभ्यु म्यागेजिन’ले बिहीबार सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८१ औं स्थानमा पर्न सफल भएको हो। म्यागेजिनकाका अनुसार उनीहरूको सम्पति ८७ करोड ६० लाख डलर रहेको छ। गत वर्ष घले दम्पतीको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो। उनीहरूको पछिल्लो एक वर्षमा
More

सरकारको मधुमास कति उपलव्धिमुलक ?

काठमाडौं । सरकारको कामको पहिलो समीक्षा एक सय दिन अर्थात मधुमास अवधिलाई लिने गरिन्छ । भित्र प्रवेश गर्नुअघिको ढोकाका रुपमा लिइने सरकारको मधुमास कति उपलव्धिमुलक रह्यो ? आ–आफ्नो दृष्टिकोण फरक–फरक रहला । विकास र समृद्धिको सपना देखाएको केपी शर्मा ओली नेतृत्वको सरकारका तुलनात्मक रुपमा आलोचना स्वभाविकै हो । काम भन्दा कुरा बढी रहेको आलोचनाबाट सरकार भाग्न पाउँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक भनाईले मुलुक साच्चिकै समृद्ध बन्ने आशा नहरने कुरै भएन । तर, सुरुवाती एक सय दिन काम भन्दा कुरामै बढी सीमित रहेको तथ्य कतै लुकेको छैन । रेल र पानी जहाजका प्रसंगहरु ओलीका मुख्य योजना नै भन्दा फरक
More

पूर्वराजा ज्ञानेन्द्र रौतहटमा

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार रौतहटमा अभिनन्दन गरिएको छ । बाराको सिमराबाट रौतहटको दुर्गाभगवती मन्दिरमा पूजा गर्न आएका उनलाई मन्दिर व्यवस्थापन समितिद्वारा अभिनन्दन गरिएको हो । दुर्गाभगवती गाउँपालिकास्थित दुर्गाभगवती मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रले करिब २४ मिनेट पूजा–अर्चना गरेका थिए । सो अवसरमा ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए । दुर्गामन्दिर पूजा समितिले तयार पारेको अभिनन्दनपत्र वाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिएको पूजा समितिका अध्यक्ष विनयकुमार झाले बताए ।
More

सन्दिप लामिछाने गृहजिल्लामा

इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा आफ्नो प्रतिभा देखाएर शुक्रबार गृहजिल्ला चितवन आई पुग्नु भएका सन्दिप लामिछाने भरतपुर बिमानस्थलमा सुभेच्छुकहरु संग । तस्वीर : नारायण अधिकारी
More

ढुंगेललाई माफी दिनेबारे लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ । सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
More

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

इलाम । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन् । गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ । गएराति खुकुरी प्रहार गरी घाइते बनाइएकी लिम्बूको इलाम अस्पतालमा मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार भएका अभियुक्त मदन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामले आज पक्राउ गरेको हो । घटना भएको स्थान नजिकै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।
More

गोरेको बयान २७ पृष्ठको भयो, आइतबार मात्र सकिने

विराटनगर । सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा आज पनि बयान जारी रह्यो । सो प्रकरणको मुख्य अभियुक्त मानिएका गोरेसँग आज चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको र आइतबार बयान सकिने सम्भावना रहेको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी गराउनुभयो । बयान सकिएपछि थुनछेकको बहस प्रारम्भ हुनेछ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरको बयान आज सम्ममा २७ पृष्ठमा पुगेको बुझिएको छ । यसैबीच, यस घटनाका मुख्य अभियुक्त भनिने गोरेलाई सहयोग गरेको अभियोगमा बिहीबार मोरङको उर्लाबारी नगरपालिका–२ का रेवन्तकुमार आचार्यलाई प्रहरीले पक्राउ गरी आज अनुसन्धानका लागि जिल्ला
More

बृहत च्यारिटी कार्यक्रमको तयारीमा लन्डन पशुपतिनाथ मन्दिर

फडिन्द्र भट्टराई । साउथ ईष्ट लन्डनमा नेपालीहरु द्वारा स्थापित पशुपतिनाथ मन्दिरले आगामी जुलाई ८ तारिकमा एउटा बृहत च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली समुदाय द्वारा स्थापित पहिलो मन्दिरको विकास र यसको संरचनालाई मुर्त रुप दिने उद्देश्यले कोष संकलनार्थ उक्त च्यारिटी गर्न लागिएको हो । कार्यक्रम साउथ ईष्ट लन्डनको वुलविच स्थित स्वामीनारायण मन्दिरको सभाहलमा हुने भएको छ । मन्दिरको सर्वांगीण विकासको लागि कार्यक्रममा सहभागी भएर सहयोग गर्न मन्दिर व्यवस्थापन समितिले बेलायतवासी नेपालीहरुमा आवहान गरेको छ । ‘हाम्रो संस्कृती हाम्रो गौरव भन्ने सारलाई चरितार्थ गर्न बेलायतको नेपाली समुदाय मिलेर यो मन्दिरको स्थापना भएको हो, यो कुनै क्षेत्र वा वर्ग बिशेषको
More

एनआरएनको नागरिताप्रति पूर्ण समर्थन छ: मन्त्री लालबाबु पण्डित

लण्डन। विदेशमा बस्ने नेपाली प्रति कडा रुपमा प्रस्तुत हुदै आएका मन्त्री लालबावु पण्डित नरम देखिएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलसंगको भेटमा मन्त्री लालबाबु पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेको वताए । मन्त्री पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेके तर दुइ वा दुइ भन्दा बढि मुलुकको मतदाता हुन नहुने धारणा राखे। उनले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्थामा आफ्नो पूर्ण समर्थन रहेको र कानुन निर्माण गरी लागु गर्नेमा पनि समर्थन रहने बताए । भेटमा संघका अध्यक्षज्यू लगायत पदाधिकारीहरुले माननीय लालबाबु पंडितलाई संघीय मामिला
More

आँधीखोलामा डुबेर एकको मृत्यु

वालिङ, स्याङ्जा- आँधीखोलामा डुबेर आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको भिरकोट– ३ रिजुका ६५ वर्षीय खोंचबहादुर खत्री रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । आज बिहान घरबाट औषधि लिन बयरघारी बजारतर्फ आउने क्रममा आँधीखोलामा उनी मृत अवस्थामा फेला परेका हुन् । स्वास्थ्य परीक्षणका लागि उनको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइँदै छ रासस
More

बेपत्ता दुई युवकमध्ये एकको शव फेला

रामपुर पाल्पा- कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका दुई युवकमध्ये एक जनाकोे शव आज फेला परेको छ । बिहीबार दिउँसो नुहाउने क्रममा बगनासकाली गाउँपालिका ६ यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएका २५ वर्षीय गोविन्द परियारको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । परियारसँगै बेपत्ता भएका २४ वर्षीय चन्द्रबहादुर परियारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कूल पूजा सकेर नुहाउन गएका चार जनामध्ये दुईजना बेपत्ता भएको र दुई जनाको नदीबाटै उद्धार गरिएको थियो । सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियारलाई उद्धार गरिएको थियो
More

निःशुल्क स्वास्थ्य शिविर

खोटाङको दिक्तेलमा शनिबारसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा शुक्रबार बिरामी जाँच्दै मनमोहन मेमोरियल अस्पताल काठमाडौँका निर्देशक डा. धर्मदत्त सुवेदी । तस्बिर : केदार मगर
More

‘जनताले कांग्रेसबाट नयाँपन खोज्यो’

काठमाडौं । विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति : काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए । काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,” भन्नुभयो । सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी काँग्रेस भएको बताउँदै उहाँले भन्नुभयो, “जनताले काँग्रेसबाट नयाँपन खोजेको छ ।” सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको
More

‘बेलायतका चर्चित १० व्यक्तित्वका लागि आवेदन आव्हान’

लन्डन । बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ । नेपाल ब्रिटेन डट कम ११ औं वर्ष पुगेको अवसर पारेर चर्चित १० नेपालीको नाम घोषणा गरिन लागेको नेपाल ब्रिटेन डट कमका प्रधान सम्पादक चिरन शर्माले बताए । ‘विगतमाजस्तै यसपटक पनि बेलायतमा बसेर मातृभूमिप्रति समर्पित विभिन्न क्षेत्रलाई समेटेर चर्चित १० व्यक्तित्वको नाम घोषणा गर्ने तयारीमा छौं’, शर्मा भने । नेपाल ब्रिटेन डट कमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष बेलायतमा चर्चित १० नेपालीको नाम घोषणा गर्छ । उनीहरुलाई नेपाल ब्रिटेन डट कमले ‘मिडिया प्रसनालिटी अफ दि इअर’ को उपाधिले
More

एनआरएन सहकोषाध्यक्षको नगरप्रमुखलाई सुझाव

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गर्नुभयो । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने र सार्वजनिक जग्गा संरक्षण गर्नेलगायत काम गरेको छ । विहीवार सार्वजनिक सुनुवाइका क्रममा विकासका कार्यक्रमबारे जानकारी दिँदै नगरप्रमुख वनले भन्नुभयो, “नगर अब विकासमा अगाडि बढ्छ, नतिजामुखी काम हुन्छ ।” रत्ननगरलाई कस्तो बनाउने भनेर स्वदेशी तथा विदेशी विज्ञसँग नगरपालिकाले छलफल गरिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख वनका अनुसार पर्यटकीय नगर भएकाले रत्ननगरमा ‘कल्चरल भिलेज’(साँस्कृतिक ग्राम) निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको
More

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । दिल्लीमा उपचार गराईरहनु भएका राष्ट्रकवि घिमिरेको आन्तरिक रक्तश्राव रोकिएको छ । नेपालमा रोग पहिचान हुन नसके पछि बुधबार उहाँलाई नयाँ दिल्ली लगिएको थियो। मेदान्त अस्पतालको हाइ केयर युनिटमा भर्ना भएका घिमिरे मेदान्त पुग्नेबित्तिकै रोग पहिचान र उपचार प्रक्रियामा चिकित्सक जुटेका थिए । ९९ वर्ष पुग्नु भएका राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ ।
More

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला
More

‘तत्काल कारबाही गर्न निर्देशन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले भ्रष्टाचार भएको पाइए तत्काल कारबाही गर्न निर्देशन दिनु भएको छ । नेकपा केन्द्रीय समितिका सदस्यहरुलाई साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संघीय, प्रादेशिक र स्थानीय सरकारमा भ्रष्टाचार नगर्न र हुन नदिन सचेत रहनुपर्नेमा जोड दिनु भयो । दुवै अध्यक्षले पार्टीलाई सुदृढ बनाउन पार्टीले दिने जिम्मेवारीलाई इमान्दारीका साथ पूरा गर्न पनि सदस्यहरुलाई निर्देशन दिएको जनाइएको छ । यस्तै, निर्वाचन आयोगमा बुझाउनका लागि सबै केन्द्रीय सदस्यहरुको नामावली, हस्ताक्षर र नागरिकताको प्रतिलिपि लिइएको छ ।
More

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

काठमाडौं । विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिनुभयो । “रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उहाँले भन्नुभयो । एपभित्र
More