Daily Archives 29th May 2018

नेपाल ब्रिटेन डटकमको एघारौँ वार्षिकोत्सव जुलाई २२ मा

लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी जुलाईमा एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका रूपमा लोकप्रिय रहँदै आएको छ । निष्पक्ष र खोजमूलक सूचना सम्प्रेषण गर्नुका अतिरिक्त नेपालब्रिटेनडटकमले विभिन्न समयमा नेपाल र नेपाली समुदायलाई लक्षित गर्दै लोककल्याणकारी र परोपकारी कार्यसमेत गर्दै आएको छ । यसैको शृङ्खलामा थपिने गरी एघारौँ वार्षिकोत्सवको अवसर पारेर नेपालमा बौद्धिक अपाङ्गता अर्थात् सुस्त मनस्थितिका बालबालिकाका निम्ति
More

नेपाल विकासमा जुट्यो लण्डन दुतावास (फोटो फिचर)

लण्डन । नेपाल सरकारले संघिय संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरि रहदा लण्डनस्थित नेपाली दुतावासमा छुट्टै माहोल थियो । सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानलाई सफल पार्न नेपाली दूतावास लण्डनले मंगलवार विषेश अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो । नेपालको गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको समारोहकाबीच समारोहमा वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर सुवेदीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिको अभियानमा नेपाल सरकारले अहिले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेको वताए । नेपाल डेभलेपमेन्ट कन्फरेन्स नाम दिएको सो समारोहमा राजदूत डा सुवेदीले गणतन्त्र दिवसको उपलक्ष्यमा देश, विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दै राष्ट्र
More

ढुङ्गेलको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा आज ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी भएर आज बिहान कारागारबाट मुक्त भइसकेको हुँदा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो । आदेशमा भनिएको छ, “ढुङेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषद्को निर्णयसमेतबाट भएका सिफारिशसमेतको काम कारबाहीसमेत यसअघि २०७२ पुस २३ गते मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिश कागारागर नियमावली,
More

सरकारद्वारा आर्थिक वर्ष ०७५/७६ का लागि रु१३ खर्ब १५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५ र ७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ रु आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिएका छन् । उनका अनुसार आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ रु
More

साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

काठमाडौं । साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइबर ब्यूरोे र मानव बेचबिखन ब्यूरोे स्थापना गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीतिअनुरुप आगामी वर्ष थप १५ जिल्लामा कार्यक्रम विस्तार गरिने उल्लेख छ । मुलुकमा प्रभावकारी शान्ति सुरक्षा र अमनचैन कायम गरी जनतामा सुरक्षाको अनुभूति गराई विकास र समृद्धिका लागि अनुकुल वातावरण निर्माण गरिनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यावसायिक तुल्याइने तथा नेपाली सेनाको ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई
More

वजेट प्रस्तुत गर्नुहुँदै

अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा संसदमा आर्थिक वर्ष २०७५-२०७६ को वार्षिक वजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

कार्यान्वयन हुन नसक्ने बजेट : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताउनुभएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।” सोही पार्टीका नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा करीब २०-२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा
More

अरूका लागि बाँच्नुको मज्जा बेग्लै छ

अर्पणा खड्का, पूर्वकोषाध्यक्ष, पद्मकन्या क्याम्पस राजनीति, अध्ययन र समाजसेवालाई एक साथ अघि बढाइरहेकी अर्पणा खड्का यतिबेला हुम्लामा व्यस्त छिन् । हुम्ली जनतालाई उद्यमी बनाउन उनी हुम्ला पुगेकी हुन् । नेविसंघको राजनीति, पद्मकन्याको पढाइ र गैरसरकारी संस्थामार्फत समाजसेवालाई अर्पणाले एक साथ डो¥याइरहेकी छन् । उनको यो तीनवटा आयामलाई कसरी समायोजन गरिरहेकी छन् भन्ने जिज्ञासा अर्पणासँग राख्दा उनी यसरी प्रस्तुत भइन् ः ० काठमाडौंमा बसेर हुम्लामा एनजीओ चलाउनु हुँदो रहेछ नि ? – अर्पणा गरिबी निवारण संस्थाले लघुउद्यम विकास कार्यक्रम हुम्लामा सञ्चालन गरेको छ । त्यहीँका जनप्रतिनिधिसँग मिलेर कार्यक्रम सञ्चालन गरेका छौं । कार्यक्रम निरन्तर चलिरहेको छ । ० लघुउद्यम विकास भनेको
More

शेयर बजार : नौ अंकले घट्यो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ । आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ । आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५.६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ
More

बेल्जियम गोली चल्दा दुई प्रहरीसहित चारको मृत्यु

ब्रसेल्स । बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ । अज्ञात व्यक्ति छुरा देखाई प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको बताइएको छ । प्रहरीबाट प्रतिकारमा गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार विहान १०ः३० बजे शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी
More