Monthly Archives June 2018

शेयर बजार : एक अर्ब बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कूल १८६ कम्पनीको रु एक अर्ब चार करोड १६ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार ३६ लाख ७९ हजार ६०० कित्ता शेयर यस साता खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा ७ दशमलव २५ प्रतिशत कम हो । गत साता १९० कम्पनीको ४९ लाख ६१ हजार ११० कित्ता शेयर रु एक अर्ब १२ करोड ३१ लाख एक हजार बराबरका खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ द्यशमलव २७ अंकले घटेर अन्तिम दिन ११९८ दशमलव ५४ अंकमा पुगेको छ । ‘क’
More

ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

काठमाडौं । सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४:३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टर हेलिप्याडबाट तल्लो तल्लामा खसेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपछि हेलिकोप्टरको पखेटामा क्षति पुगेको छ । जनसम्पर्क अधिकृत अधिकारीले चितवनमा एक संवेदनशील समस्याको उपचारका लागि चिकित्सक, उपचारका सामग्रीसहित जाने लक्ष्यका साथ सो हेलिकोप्टर ग्राण्डी अस्पतालको हेलिप्याडमा
More

उच्चशिक्षाका नाममा विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी

काठमाडौं । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ । मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती विद्यार्थी विदेशिएको देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको केशरमहलस्थित छात्रवृत्ति शाखाका अनुसार चालू आवको हालसम्मको अवधिमा मात्रै विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि ६२ हजार २०० विद्यार्थीले पढ्न जानका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन् । यो संख्या गत दुई वर्ष अघिको आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो । आव २०७२-०७३ मा यसको झण्डै आधा संख्या अर्थात् ३२ हजार ४८९ ले विदेशमा
More

वायु प्रदुषण मधुमेहको मुख्य कारक : अध्ययन

पेरिस । सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ । यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ । मधुमेह खासगरी जीवनशैलीसँग सम्वन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइएपनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने अध्ययनबाट देखिएको जनाएको छ । अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएका छन् । यो उक्त वर्ष मधुमेहका विरामी सङ्ख्याको १४
More

लीलाध्वज साहित्य सम्मान प्रा डा शर्मालाई

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई  ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा लीलाध्वजका सुपुत्र साहित्यकार विजयध्वज थापाले प्रा डा शर्मालाई दोसल्ला ओढाएर नगद हस्तान्तरण गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहप्राध्यापक लेखराज निरौलाले प्रा डा शर्माले छ दशकदेखि नेपाली भाषासाहित्यका क्षेत्रमा क्रियाशील रही विशेषतः समालोचना, निबन्ध र नियात्रा लेखनमा कलम चलाएर नेपाली वाङ्मयको गरिमा अभिवृद्धिका लागि काम गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वजको लेखन तथा संकलन ‘स्वाभिमानका प्रतीक लीलाध्वज थापा’ विमोचन गरियो ।
More

अन्तिम १६ का खेलहरु आजबाट : पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने

मस्को । रुसमा जारी विश्वकप फुटबल प्रतियोगितामा आजबाट प्रिक्वाटर फाइनलका खेल हुनेछन् । नेपाली समयअनुसार साँझ ७:४५ बाट खेल सुरु हुनेछ । प्रत्येक दिन दुई खेल हुनेछ । नकआउट चरण समेत भनिने यो चरणमा हार जीतको निर्णयमा खेल टुंगिन्छ । अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ । अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने छ । अन्तिम आठको दौडमा ब्राजिल र मेक्सिको आमने सामने हुनेछन् ।  लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै
More

म बाहुनकी छोरी लिम्बूको छोरासँग विवाह गरें

शान्ता प्रसाई थेबे, सामाजिक अभियान्ता घरेलु हिंसाविरुद्ध अभियान सञ्चालन गरेकी शान्ता प्रसाईं थेबे समाज परिवर्तनको अभियानमा जुटेकी छन् । घरेलु हिंसाले समाजमा विकराल अवस्था सिर्जना गरेकाले परिवर्तनका लागि आफू संस्थागत रूपमा यो क्षेत्रमा लागेको उनी बताउँछिन् । पारिवारिक बाध्यता र स्वास्थ्यले समयमा उच्च शिक्षा हासिल गर्न अवरोध भए पनि अहिले निरन्तरता दिइरहेकी शान्तासँग कुमार राउतले गरेको कुराकानी : ० ‘नेपाल नारी चेतनशील’ ले के गर्छ ? – विशेष गरी हामी घरेलु हिंसामा परेका महिलालाई सहयोग गर्छाैं । हिंसा सहन बाध्य भएका महिलाका मुद्दामा वकालत गर्छौं । घरेलु झगडाले निम्त्याएको हिंसालाई न्यूनीकरण गर्ने भूमिका निर्वाह गछौं । ० कस्ता कस्ता हिंसा
More

काठमाडौं–वाराणसी–काठमाडौँ भाडादर रु १४ हजार

काठमाडौं । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइसमेत गर्नुभएको थियो । मन्त्री अधिकारीले दुई शहरलाई धार्मिक तथा पर्यटकीय रुपमा जोड्ने तथा उडानले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई समेत सहयोग मिल्ने बताउनुभयो । नेपालबाट वाराणसी यात्रामा गएका यात्रुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वागत गर्नुभयो । बुद्ध एयरले दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय बिदाका
More

पत्रकार एवं साहित्यकार थपलियाको निधन

काठमाडौं । साहित्यकार एवं पत्रकार यादव थपलियाको ४० वर्षका उमेरमा हिजो शुक्रबार ‘भाइरल इन्फ्लुएञ्जा’ का कारण निधन भएको छ । ‘कान्तिपुर’ दैनिक पत्रिकाका वरिष्ठ उपसम्पादक थपलियाको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको हो । ज्वरोका कारण बुधबार उपचारार्थ अस्पताल भर्ना हुनुभएका थपलियाको असामयिक निधन भएपछि परिवार, साहित्यकार, पत्रकार र उहाँका सहकर्मी स्तब्ध हुँदै अस्पताल र आर्यघाट पुगेका थिए । उहाँले यसअघि ‘नयाँ विकल्प’ साप्ताहिक, ‘जनपुकार’ साप्ताहिक, ‘खोजतलास’ सन्ध्याकालीन दैनिक, ‘स्पेशटाइम’ दैनिक, ‘नयाँ पत्रिका’ दैनिक र ‘नागरिक’ दैनिकमा सम्पादनको काम गर्नुभएको थियो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–११, डाँडाथोकमा जन्मिनुभएका थपलिया नागार्जुन साहित्यिक प्रतिष्ठान, सिर्जना मझेरीलगायत संस्थाका संस्थापक सदस्य
More

एसइईमा जिपिए ४ ल्याउनेलाई रु एक लाख

उर्लाबारी । पथरीशनिश्चरे–१ स्थित एभरेष्ट बोर्डिङ स्कूलले २०७४ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई जनही रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । अन्य विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा जिपिए ४ प्राप्त गर्ने समिता रिजाल र आदर्श न्यौपानेलाई सो पुरस्कार दिइएको विद्यालयका निर्देशक रवीन कन्दङ्वाले जानकारी दिनुभयो । यस्तै जिपिए ३.९५ प्राप्त गर्ने स्वस्तिका तिम्सिनालाई रु ६० हजार, जिपिए ३.९ प्राप्त गर्ने कुसुम लिम्बूलाई रु ५० हजार, जिपिए ३.८५ ल्याउने विवेक दुलाललाई रु २५ हजार र जिपिए ३.७५ प्राप्त गर्ने समीक्षा श्रेष्ठलाई रु १५ हजार प्रदान गरिएको थियो ।
More