Daily Archives 2nd June 2018

ब्लड डोनर्स अमेरिका सम्मेलन संयोजकका नाताले मेरो अनुभव

“बि अ ब्लड डोनर बि अ लाइफ सेभर” भन्ने मुल मन्त्रका साथ मानव जिवन रक्षाको लागी सक्रिय संस्था ब्लड डोनर्स अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन गत मे २६ मा जर्जीयाको एटलान्टामा सम्पन्न भयो । हाल सम्म ८ हजार ४०० पिन्ट रगतदान गरिसकेको, झण्डै २५ हजार मानिसको ज्यान जोगाउन योगदान दिएको र अमेरीकाको ५० वटै राज्यमा रक्तदान सम्बन्धी जनचेतना जगाउदै रक्तदानको लागी अभिप्रेरित गर्ने कार्यमा सक्रिय यो पवित्र संस्थाको अधिबेशन आफैमा ठुलो चासो र जनसरोकारको बिषय थियो । केन्द्रिय समितिले मलाइ सम्मेलन संयोजकको गहन जिम्मेवारी सुम्पिएको थियो । एकातिर सम्मेलन अर्थपुर्ण, सार्थक र भव्यताका साथ सम्पन्न गर्नै महत्वपुर्ण जिम्मेवारी अनि बिडिए जस्तो
More

फोटो पत्रकारद्वारा सरकारसँग सुरक्षाको माग

काठमाडौं । नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकर्षण समेत गराएको छ । सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको, तर त्यसको पूर्णरुपमा कार्यान्वयन भएको छैन भन्नुभयो । राज्य र गैर–राज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भइरहेका भन्दै अध्यक्ष श्रेष्ठले त्यसप्रति आफूहरूको गम्भीर
More

‘अपराधीलाई चालचलन ठीक भन्दै रिहाइ गर्ने काम विधिसम्मत होइन’

काठमाडौं । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले द्वन्द्व र हिंसा अन्ततः कतै न कतै गएर समाप्त हुने विषय भएको बताउनुभएको छ । उहाँले मानव अधिकार तथा शान्ति समाज स्थापनाको २२ औँ वर्षको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासको कुनै कालखण्डमा कुनै विषयमा हुने यद्ध हिंसात्मक भएपनि त्यस्ता युद्धबाट परिणाम निस्केपछि शान्तिमा रुपान्तरण भएका थुप्रै उदाहरण रहेको बताउनुभयो । मन्त्री तामाङले सङ्क्रमणकालीन न्यायको मर्मलाई आत्मसात गर्दै सरकारले तत्काल सङ्क्रमणकालीन न्यायसबम्न्धी ऐनलाई संशोधन गर्न लागेको बताउनुभयो । कार्यक्रममा मन्त्री तामाङले सरकार विधिको शासनको खिलापमा कहिल्यै नलाग्ने जानकारी दिनुभयो । राजनीतिज्ञ नीलाम्बर आचार्यले सरकार विधिको शासनको पक्षमा नरहेको
More

तमु राष्ट्रिय परिषदको भेला

पोखरामा शनिबार आयाजित तमु राष्ट्रिय परिषद नेपालको दुई दिने दोश्रो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलगायत । तस्बिर: हरि बास्तोला
More

काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्छ : नेता सिटौला

रत्ननगर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनको आयोजनामा आज चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी नयाँ कार्ययोजनाका साथ एकाकार हुनु जरुरी रहेको आँैल्याउनुभयो । अब सबैको सुझाव लिने बेला आएको भन्दै सिटौलाले जनताको विश्वास लिनसके मात्रै पार्टी बलियो हुने जिकिर गर्नुभयो । देशको स्वाभिमान रक्षाका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै सिटौलाले भन्नुभयो, ‘जनताको विश्वास नै हाम्रो तागत हो ।” ठूला परिवर्तनहरू काँग्रेसको नेतृत्वमै भएको जिकिर गर्दै उहाँले काँग्रेस कसैसँग डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सो क्रममा काँग्रेस जिल्ला नेता, क्षेत्रीय
More

दिमागी काम गर्नेलाई पालगपनको संभावना कम

सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो । वौद्धिक कामसम्वन्धी गतिविधिजस्तै किताव वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्नेलाई अध्ययन केन्द्रित थियो । त्यो अध्ययनबाट यो निश्कर्ष निकालिएको थियो की, “बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने संभावना न्युन हुनेदेखिएको
More

शेयर बजार : दुई अर्ब बढीको कारोवार

काठमाडौ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो । गत साता १८३ कम्पनीको रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजारबराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार
More

काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छ : प्रवक्ता शर्मा

दाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ । प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताउनुभयो । “काँग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ”, प्रवक्ता शर्माले भन्नुभयो । उहाँले जनतालाई दुःख दिने काम काँग्रेसले कहिल्यै पनि नगर्ने स्पष्ट पार्नुभयो । काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण
More

आमाको नामबाट नागरिकता

म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा आयोजित एकीकृत घुम्ती शिविरमा दरवाङकी सोनिया बुढालाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रजिअ लिलाधर अधिकारी । तस्बिर : सन्तोष गौतम
More

कोरियन भाषा परीक्षाको केन्द्र सार्वजनिक

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले यही जेठ २६ र २७ गते हुने नवौं कोरियन भाषा परीक्षा केन्द्र सार्वजनिक भएको छ । काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरहरुबाट लिइने परीक्षाका लागि जम्मा २८ वटा केन्द्र तोकिएको छ । भाषा परीक्षा दुई सिफ्टमा हुने जनाइएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुनेछ । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा
More

नेपाललाई एक दिवसीय मान्यता लागू

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ । आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ । एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३औँ तथा
More

श्रममन्त्री जेनेभा प्रस्थान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलनमा मन्त्री विष्टले यही जेठ २१ गते सबै देश सहभागी हुने पूर्णसत्रलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा आयोजना हुने असंलग्न राष्ट्र र एशिया प्रशान्त समूहका मुलुकका छुट्टाछुट्टै मन्त्रिस्तरीय बैठकलाई जेठ २२ गते सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्रको अध्यक्षको हैसियतले कोलम्बो प्रोशेस मुलुकका मन्त्री एवं अन्य सहभागीसँग अन्तक्र्रियासहितको दिवाभोज आयोजना गर्ने यसअघि नै त्यहाँ पुगिसक्नुभएका मन्त्रालयका
More

काँग्रेस बचाउन सबै तहका समिति विघटन गर्न नेता गुरुङको माग

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गर्नुभएको छ । नेता गुरुङले पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गर्नुभयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताउनुभयो । अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उहाँको धारणा थियो । निर्वाचनमा भएको पराजयको सम्पूर्ण
More

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

केभ- युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भन्नुभयो । युक्रेनको पूर्वी क्षेत्रमा सन् २०१४ को अप्रिलदेखि द्वन्द्व सुरु भएको हो । त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको छ । सशस्त्र लडाकू समूहले केही ठाँउहरू आफ्नो नियन्त्रणमा लिएर कीभबाट स्वतन्त्र भएको घोषणा गरेका छन् । रासस/सिन्ह्वा
More

‘भोलेबाबा’लाई पाँच वर्ष कैद

धनगढी — कैलालीको देवकलीयामा बोक्सी आरोपमा युवतीहरुलाई यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाइ जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एकलाख जरिवाना गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराइको एकल इजलासले रामबहादुर चौधरीलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । चौधरीका सहयोगी किस्मती चौधरीलाइ एक वर्ष कैद र ५० हजार जरिवाना गर्ने फैसला गरेको छ । यसैगरी युवतीहरुलाई यातना दिने घटनामा सहयोगी स्मारिका चौधरीलाइ ६ महिना कैद र २५ हजार जरिवानाको फैसला भएको पनि जिल्ला अदालत कैलालीले जानकारी दिएको छ । भोलेबाबाका सहयोगीको आरोपमा पक्राउ परेका अन्य तिनजनालाइ भने अदालतले सफाइ दिएको
More

मेयर कप भलिबलको उपाधि धनगढी उपमहानगरपालिकालाई

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार सम्पन्न प्रदेश नं ७ स्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाको टोलीले जितेको छ । यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा आयोजक कञ्चनपुरको भीमदत्तनगरपालिकाको टोलीलाई ३–१ सेटले पराजित गर्र्दै पहिलो पटक यहाँ भएको मेयर कपको उपाधि धनगढीले जितेको हो । सुरुआती सेटमा भीमदत्तनगरपालिकाले धनगढीलाई पराजित गरे पनि त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै धनगढी उपमहानगरपालिकाको टोली विजेता बन्न सफल भयो । विजेता बनेसँगै धनगढीले रु एक लाख ११ हजार १११ नगद, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगितामा दोस्रो भएको आयोजक भीमदत्तनगरको टोलीले रु ७१ हजार १११ र तेस्रो स्थान ओगट्न
More

लौवा खोला बेलिब्रिज उद्घाटन

बागलुङ- कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ । बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्नुभयो । पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन् । बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधँै तयार रहेको बताउनुभयो । रु तीन करोडको लागतमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो । तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले
More