Daily Archives 3rd June 2018

‘The traditional relationship between Nepal and UK is multifaceted’

Chair of the Ceremony and Your Excellency the Ambassador of Nepal to the UK, Chief Guest, The Rt. Hon. Sir Tony Baldry DL My Lords Excellencies, Distinguished Guests Ladies and Gentlemen – and of course not forgetting my family! I am grateful and delighted by the honour bestowed upon me this morning by Your Excellency, the Ambassador of Nepal to the United Kingdom, on his own behalf, on behalf of the Embassy family and the Government of Nepal on my appointment as Queen’s Counsel by Her Majesty the Queen of the UK in 2017. I thank you, Your Excellency, the
More

जनसम्पर्क समिति वेलायतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लण्डन । नेपाली जनसम्पर्क समिति वेलायतको आयोजनामा एक स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा अल्डरशटमा आयोजित च्यारिटी कार्यक्रममा सहभागी हुन युरोपका अन्य देशवाट वेलायत आएका कांग्रेस समर्थक नेता तथा कार्यकर्ताको उपस्थितमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । आइतवार, अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको परिवर्तनशिल राजनैतिक घट्नाक्रससंगै विदेशमा बस्ने कांग्रेसी बीच एकताको खाचो रहेको विचार व्यक्त गरे । नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा १ दर्जन भन्दा बढी वक्ताहरुले आआफ्नो भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि सांसद लालकाजी गुरुङले विदेशमा वस्ने नेपाली समूदायले देशप्रति देखाएको स्नेहप्रति आभार व्यक्त
More

हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न

काठमाडौं । सन् २०३० सम्ममा ५० लाख पर्यटक आगमनको जग बनाउने प्रतिबद्धता व्यक्त गर्दै दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ आज सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको नेतृत्वमा नेपाल पर्यटन बोर्डको आयोजना र प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रो संकरण सम्पन्न भएको हो । उक्त मार्टमा ३७ वटा देशका १६० विदेशी प्रतिनिधिको सहाभागिता रहेको थियो भने ५४ बायर्स र नेपाल भारत, चीन, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएईलगायत सातवटा देशाट ५२ बिक्रेताको सहभागिता थियो । यस कार्यक्रमले नेपाललगायत दक्षिण एशियाका सबै पर्यटन व्यवसायीलाई समावेश गरेको आयोजकले जनाएको छ ।
More

सुन्दर नारायणी

चितवनको नारायणगढबाट आइतबार साँझ देखिएको सुन्दर नारायणी नदी । तस्वीर: नारायण ढुंगाना
More

विधान परिवर्तन गरेर अगाडि बढ्नुपर्छः महामन्त्री डा कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।” महामन्त्री डा कोइरालाले संविधानअनुसार काँग्रेसको विधान परिवर्तन गर्न तत्काल महासमिति बैठक आह्वान गर्नुपर्छ भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा पार्टी नराम्ररी पराजय भएकाबाट पाठ सिकेर सबै नेता तथा कार्यकर्ता संगठन निर्माणमा लाग्ने बेला आएको बताउनुभयो । महामन्त्री डा कोइरालाले काँग्रेस संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । सो अवसरमा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुँयालले समाजवादको बारेमा अध्ययन
More

राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना हुनुभएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्कनु भएका उहाँ शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना हुनुभएको राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उहाँको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिनुभयो । “शनिबार साँझदेखि उहाँको फेरि सानो आन्द्राबाट रक्तस्राव भयो”–उहाँले भन्नुभयो, “उहाँको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उहाँलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।” ग्राण्डी अस्पतालसँग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उहाँलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताउनुभयो ।
More

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

रत्ननगर । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो । सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ । शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण चितवनबाट काठमाडौँ,
More

कतार संकटको एक वर्ष

दुवई । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका थिए । उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए । कतारले ‘आतङ्कबाद’लाई सहयोग पु-याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् । तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो ।
More

१८ सय किलो मरिच पर्सामा बरामद

वीरगञ्ज । पर्साबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच प्रहरीले बरामद गरेको छ । विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १ हजार ८ सय ७५ किलो मरिच बरामद गरेको हो । प्रहरीले ना ३ त २४३६ नम्बरको ट्याक्टरमा राखेर भारत लैजादै गरेको अवस्थामा मरिच बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘बिहान साढे ९ बजे भारततर्फ लैजाँदै गरेको अवस्थामा ट्याक्टर चालकसहित मरिच बरामद गरेका हौं’, उनले भने ‘आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएका छौं । ‘ तर भिश्वाका व्यापारीहरुले भने मरिच भारततर्फ तस्करी गर्न लागेको नभई गाउँमै बिक्री गर्नका लागि वीरगञ्जबाट आयातकर्तासँग
More

गाई मारेको अभियोगमा १२ वर्ष कैद

अर्घाखाँची — गाई मारेको अभियोगमा एक जनालाई जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ । भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्रीलाई गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १२ वर्षको जेल कैद सजायको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले खत्रीले गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेकाले १२ वर्ष कैद फैसला सुनाइएको सुचना अधिकारी टेकराज गैरेले बताए । मुलुकी ऐन चौपाया महलको १ र ११ नम्बर बमोजिम खत्रीलाई सजाय सुनाइएको हो । छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका थिए । कान्तिपुर
More

काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

मलेखु, धादिङ – थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक÷पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि
More

कमिलाको प्वाँख पलाएजस्तै कम्युनिष्ट सरकार : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हँुुदै गएको बताउनु भएको छ । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्बाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।” बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै नेता निधिले बिचारधाराको परिवर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गर्नुभयो । सरकारका १०० दिनको उपलब्धि हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उहाँको भनाई थियो । सरकारले सय दिनको समय पार्टी
More

अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम

पोखरा । अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनुभएको छ । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । उनले रु एक लाख पुरस्कार पाए । यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गर्नुभयो । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए । त्यस्तै म्याराथनमा १०
More

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ : नेता लेखक

बाजुरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गर्नुभयो । सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो । काँग्रेसको नेतृत्वमा नै मुलुकले एतिहासिक सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसले एक दशकमा प्राप्त गरेका उपलब्धिको ठीक ढंगले कार्यान्वयन भए नभएको बारेमा पार्टीले खबरदारी गर्ने लेखकले प्रष्ट पार्नुभयो । “काँग्रेसले सरकारले गरेका काम कारबाही र संविधान कार्यान्वयन तथा राष्ट्रको हक
More

सगरमाथा आरोही बस्नेत सम्मानित

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि राष्ट्रिय समाचार समिति (रासस)का अंग्रेजी उपसम्पादक रोशा बस्नेतलाई राससको तर्फबाट सम्मान गर्दै राससका अध्यक्ष कुलचन्द्र वाग्ले र महाप्रबन्धक ओपेन्द्र शर्मा । तस्बिर: रत्न श्रेष्ठ
More

घलेद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर । सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले गत, वैशाख १९ गते सुन तस्करी, सनम शाक्यको हत्या र सांगठनिक रुपमा अपराधिक समूह सञ्चालन गरेको अभियोगमा घलेसहित ६३ जनामाथि मुद्दा दर्ता गरेको थियो ।
More

विश्वविजेता जर्मनी अस्ट्रियासँग हा-यो

मस्को । रुस विश्वकपको मुख्य दाबेदारको रुपमा हेरिएको विश्व विजेता जर्मनी अस्ट्रियासँग पराजित भएको छ । विश्वकप फुटबल सुरु हुन ११ दिन मात्रै बाँकी छ । त्यही विश्वकपको पूर्व तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी अस्ट्रियासँग २–१ ले हारेको हो । क्लागनफर्टमा वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा सुरुवाति अग्रता भने जर्मनीले लिएको थियो । ११ औँ मिनेटमा मेसुट ओजिलको गोलबाट जर्मनीले पहिलो हाफमा १–० को अग्रता लियो । \तर दोस्रो हाफमा अस्ट्रियाले गोल ग¥यो । उसका लागि ५३ औँ मिनेटमा मार्टिन हिन्टरेगरले बराबरी गोल फर्काउनु भयो । ६९औँ मिनेटमा एलेसान्ड्रो शफले गोल गर्दै अस्ट्रियालाई २–१ को जित
More

यो वर्षको मनसुन गत वर्षभन्दा छिटो भित्र्दै, खडेरी नपर्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन पोहोर साल भन्दा छिटै भित्रने जनाएको छ । महाशाखाले यो वर्ष पोहोरको तुलनामा बढी पानी पर्ने पनि जानकारी दिएको छ । मनसुनको समयभरी देशभर औषतमा पोहोर भन्दा बढी पानी पर्ने मौसमविदहरुले जनाएका छन् । पोहोर परार भारतको केरलामा अंग्रेजी जुन महिनाको १ तारिखमा मनसुन सुरु हुँदा नेपालमा त्यसको ९–१० दिनपछि ‘जुन १० मा भित्रने गरेको थियो । यो वर्ष केरलामा २७ मे मै मनसुन सुरु भइसकेकाले यही हप्ताभित्रमा नेपालमा मनसुन भित्रने मौसमविद्हरुको अनुमान छ ।
More

२८ डीएसपी र ५५ इन्सपेक्टरलाई बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी पर्नु भएको छ । यसैगरी प्रताप कुमार गुरुङ र विश्व अधिकारी क्रमशः दोस्रो तथा तेस्रो नम्बरमा सिफारिस हुनु भएको छ । चौथो नम्बरमा सानुराम भट्टराई र पाँचौ नम्बरमा ओम प्रसाद अधिकारी बढुवाको सिफारिसमा पर्नु भएको छ । यसैबीच, ५५ प्रहरी निरीक्षक, इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न पनि सिफारिस गरिएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा रहनु भएको छ । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ,
More

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको ११३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोल डिजेलको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै निगमले पेट्रोल डिजेलको भाउ बढाएको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले, ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको जानकारी दिनु भएको छ । नयाँ मूल्यसूची मध्यरातिबाट लागू भएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरको १ सय १३ रुपैयाँ, डिजेल र मट्टितेलप्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । मूल्य समायोजनपछि पेट्रोलमा १ रुपैयाँ ५९ पैसा र डिजेलमा ३ रुपैयाँ ४९ पैसा घाटा रहेको जनाइएको छ । यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ।
More