Daily Archives 4th June 2018

एनआरएन युरोपेली बैठकमा पूर्वप्रधानमन्त्री डा. भट्टराई आउने

लण्डन । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले गैरआवासीय नेपाली संघको युरोप क्षेत्रिय सम्मेलनमा भाग लिने भएका छन् । आगामी जुलाई २९ र ३० तारिख लक्जम्बर्गमा हुने एघारौ युरोपेली क्षेत्रिय बैठकमा पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराई आउने भएका हुन् । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तका अनुसार डा.भट्टराईसंग सोमवारको भेटघाट पछि उनी युरोप सम्मेलनमा आउने निश्चित भएको हो । डा. भट्टराई संघको अक्टोवरमा आयोजना हुने विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप युरोप सम्मेलनमा भाग लिन आउने भएका हुन् । युरोपस्थित २७ देशका गैरआवासीय नेपालीहरुको सहभागी हुने सो सम्मेलनमा प्रराष्ट्रमन्त्रि प्रदिप ज्ञवाली लगायत सरकारी उच्चअधिकारी समेतको उपस्थिती रहने छ । सम्मेलनमा लक्जम्बर्गको प्रधानमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ
More

Probe committee measures Karna Shakya’s hotel in Pokhara of Nepal

  Prashant Lamichhane, POKHARA, June 4: A land measurement team formed by the government has started to measure land encroached by Karna Shakya’s Water Front Hotel at Fewa Lake. “We’ll measure the area and identify the encroached land,” Narayan Regmi, chief of Land Measurement Division under the Ministry of Agriculture, Land Management and Urban Development said. Regmi also heads the committee formed by government to examine land encroachment at Fewa Lake. The committee is responsible to evaluate Shakya’s hotel along with other encroached land and submit report regarding its finding within 15 days. “We’ll be able to reach a conclusion only after
More

प्रदेशको नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताउनुभयो । छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ ( ९३.८७ प्रतिशत), गोरखा हुनुपर्छ भन्ने पक्षमा ३० (३.९९ प्रतिशत) र अन्यका पक्षमा १६ (२.१३प्रतिशत) देखिएको थियो ।
More

आफ्नै घरमा हातखुट्टा बाँधेर युवकको हत्या

भैरहवा । भैरहवामा एक युवकको आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेलापरेको छ । आइतबार राति खाना खाएर आफ्नो कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८, अन्चलपुर का २२ वर्षीय सतिश सहानीको सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले मृतक सहानीको हातखुट्टा प्लास्टिकको डोरीले र मुख प्लास्टिकले बाँधी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेलापारेको बताए । घरको माथिल्लो तलामा मृतक सहानी एक्लै र भुइँतलामा उनका दाजुको परिवार बस्ने गरेको प्रहरीले जनाएको छ । मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको (तारले बन्द गरिएको) कारण ढोका नखोलिएको र अपराधी
More

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री

हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।”हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उहाँले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान,
More

सरकार संघीयताप्रति गम्भीर भएन : प्रवक्ता शर्मा

रुकुम । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताउनुभयो । सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उहाँको भनाइ थियो । “संघीयता शक्तिको अधिकतम विन्यास हो”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् । ” सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई काँग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा
More

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहने बताउनुभयो । पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका सम्बन्धमा करीब करीब सहमति भएको बताउँदै उहाँले दोस्रो
More

मन्त्री खनाल अनुगमनमा

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार अनुगमनको क्रममा व्यापारीसँग बजारबारे जानकारी लिनुँहुँदै । तस्बिरः रोशन सापकोटा
More

सहारा यूकेलाई एफए अवार्ड

लन्डन । नेपाली समुदायको सकृयतामा स्थापित सहारा युके फुटवल कल्व एफए च्याम्पियन अवार्डद्धारा सम्मानित भएको छ । नेपाली संस्था सहारा यूके हयाम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गर्न सफल भएको हो । साउथहयाम्पटन एफसी कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा सहारा यूकेलाई हयाम्पसायर एफएले इक्वेलिटी च्याम्पियन अवार्ड प्रदान गरेको हो । शनिवार आयोजित एक कार्यक्रममा हयाम्पसायर एफएका क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिन बहादुर गुरुङ (साईंला) लाई उक्त अवार्ड प्रदान गरको सहारा युकेले जनाएको छ । सहारा यूके अध्यक्ष गुरुङ ‘हयाम्पसायर इन्क्लुसिभ एडभाइजरी समूहमा’ मा छन । अवार्ड प्राप्त गरेपछि अध्यक्ष गुरुङले प्रसन्नता प्रकट गर्दै नेपाली समुदाय वेलायतप्रति आभार व्यक्त गरेका
More

एनआरएन विज्ञ सम्मेलनको नेपाल सरकार सहआयोजक बन्ने

लण्डन । गैरआवासीय नेपाली संघले आगामी अक्टोवरमा आयोजना गर्ने विज्ञ सम्मेलनको सहआयोजक नेपाल सरकार हुने भएको छ । प्रवासमा हासिल गरेको ज्ञान, सीप तथा धन स्वदेशको विकास र समृद्धिमा केन्द्रित गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले आगामी अक्टोबर १२ देखी १४ सम्म काठमाडौंमा गर्न लागेको सो सम्मेलनको सहआयोजक नेपाल सरकार हुन लागेको संघका उपाध्यक्ष कुमार पन्तले वताए । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष पन्त र प्रधानमन्त्री केपी शर्मा ओली बीच सोमवार भएको वार्ता पछि नेपाल सरकार सहआयोजक बन्न सहमत भएको हो । गैरआवासीय नेपालीहरुको पहलमा पहिलो पटक नेपालमा आयोजना हुन लागेको सो सम्मेलन प्रति प्रधानमन्त्री केपी शर्मा अत्यन्त सकारात्मक
More