Daily Archives 6th June 2018

बेलायतका नर्सले मातृ शिशु केन्द्रको लागि कोष जुटाउने

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आउंदो अगस्ट २४ तारिखका दिन संस्थाको दशौं वार्षिकोत्सव मनाउने भएको छ । एशोसिएसनले जुम्लामा निर्माण सुरु गरेको मातृ शिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन एक च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइने भएको हो । मंगलबार सांझ लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै एशोसिएसनले उक्त कार्यक्रममा सहयोग तथा सहभागिताको लागि बेलायतस्थित नेपाली समुदायलाई आव्हान गरेको छ । नेपालस्थित ‘एक्सन वर्क्स नेपाल’संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य मार्च महिनादेखि नै सुरु भइसकेको छ । ४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड
More

बिज्ञ सम्मेलन डायस्पोराका जनशक्ति र नेपाल सरकारलाइ जोड्ने ‘ब्रिज’ हो : रुद्र अर्याल

डा. रुद्र अर्याल फ्रयाँकलिन पियर्स यूनिभर्सीटि न्यू ह्याम्सायरका प्राध्यापक हुन् । नेपालमा पाल्पा घर भएका अर्याल गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन् । मायमी विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधी गरेका अर्याल गैर आवासीय नेपाली संघको बिज्ञ सम्मेलनका लागी कार्यपत्र छनोट तथा श्वेतपत्र निर्माण समितिका संयोजक हुन् । प्रस्तुत छ आगामी जुन १६ र १७ तारिख सनफ्रान्सिस्कोमा हुने सम्मेलनका बारे संयोजक अर्यालसंग  किरण मरहट्टाले गरेको कुराकानी । यो बिज्ञ सम्मेलनको  मूल मर्म के हो? नेपालमा उच्चशिक्षा हासील गरेका, नेपालमा आफ्नो जिन्दगीका महत्त्वपूर्ण समय बिताएका धेरै महानुभाबहरु अहिले देश बाहीर रहेर अरु  बिकसीत मुलुकको बिज्ञान, प्रबिधी, पोलिसी लेभल, सामाजीक अबस्थाको समेत अनुभब
More

विदेश पठाउने नाममा प्रतिव्यक्ति रु छ लाख ५० हजार ठगी

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । मानव बेचबिखन
More

सक्नुहुन्छ भने ग्रिनकार्ड त्यागेर आउनुसः लालबाबु पण्डित

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको माया लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् । ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफु ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् । “साच्चै देशको मायाँ छ भने ग्रिनकार्ड त्यागेर
More

निर्माणाधीन मध्यपहाडी लोकमार्ग

तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिर: अमृत बास्तोला
More

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

काठमाडौं । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो । यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो । हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए । सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ । यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ । यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर
More

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।
More

विद्यार्थी र व्यापारीका लागि एनएसयु टेक फेस्ट

काठमाडौं । नेपाल विद्यार्थी संघले यही जेठ २६ गते एकदिने ‘एनएसयु टेक फेस्ट’ २०७५ आयोजना गर्ने भएको छ । नेविसङ्घका केन्द्रीय सदस्य इमेली शाहले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी र सिर्जनशील उद्यमीलाई लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताउनुभयो । पहिलो पटक हुने सो कार्यक्रमले कलेजस्तरमा व्यापारी उपस्थित भई विद्यार्थीको क्षमतादक्षता हेरी लगानी गर्ने मनस्थिति बनाउन कार्यक्रमले सहयोग गर्ने जिकिर गर्नुभयो । कार्यक्रममा भौतिक निर्माण र आधुनिक प्रविधि गरी दुई विधामा उपस्थित भएकामध्येबाट एक-एक समूहलाई विजेता घोषणा गरिने बताइएको छ । विजेताले रु एक एक लाख प्राप्त गर्नेछन् ।
More

प्रदेश २ मा राजपाले सरकार छाड्ने

काठमाडौं । प्रदेश २ को सरकारबाट सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) अलग हुने भएको छ । यसको औपचारिक निर्णय हुन बाँकी रहे पनि राजपाका एकजना नेताले प्रदेश २ को सरकारबाट राजपा अलग हुने घोषणा गरेका हुन् । सत्ताको नेतृत्व गरिरहेको संघीय समाजवादी पार्टी केन्द्र सरकारमा संलग्न भएपछि यी दुई दलबीच खटपट सुरु भएको थियो । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका हुन् । नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच
More

एक करोड ९६ लाख राजश्व संकलन

दाङ- जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिनुभयो । “संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र समन्वयको काम गदैआएको छ,” उहाँले भन्नुभयो, “अनुगमनको क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाई कारबाहीसमेत थालेका छौँ ।” नदीजन्य पदार्थको अवैध रुपमा उत्खनन् तथा चोरी निकासीमा २६ जेसीवी, २४ टिप्पर र ३४९ ट्र्याक्टरको प्रयोग गरेको अनुगमनका क्रममा खुलेको छ । चालु
More

हुम्लामा पर्यटकको घुइँचो, महिना दिनमा ३ हजार भित्रिए

हुम्ला। हुम्लाको सिमकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु बढ्न थालेका छन् । सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि बैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु जेष्ठ २० गते सम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन । पर्यटकहरु आउनका लागि हवाई यातायात ब्यवस्था सहज भएको तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसंगै पर्यटकहरुको संख्या यति धेरै पुगेको र यो क्रम असोजसम्म जारी रहने सिमकोट बिमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताउनुभयो । आईतबारसम्म सिमकोट हुँदै मानसरोबर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ३ हजार ४ सय ९ पुगेको सिमकोट गाँउपालिकाको तर्फबाट बिमान
More

प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण रेल र सडक सञ्जाल विस्तारमा केन्द्रित हुने भएको छ । परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा तयारीलाई तीव्रता दिएको छ । यो भ्रमण मुलतः आर्थिक विकासमा नै केन्द्रित गर्ने मन्त्रालयको तयारी रहेको छ । प्रधानमन्त्रीको भ्रमणका लागि असार ५ गतेको मिति प्रस्ताव गरिएको छ । मितिबारे लगभग सहमति भए पनि दुवै पक्षले भ्रमणबारे औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् । भ्रमणका क्रममा सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने प्रस्ताव नेपाली पक्षले गर्ने भएको छ । चिनियाँ सहयोगमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको विषयमा दुई देशका अधिकारीबीच कुटनीतिक छलफल जारी रहेको बताइएको छ । ओली अघिल्लो पटक
More

‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

काठमाडौं । लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु-याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु २५ हजार र ताम्रपत्र छ भने आगामी असार १५ गते सो सम्मान प्रदान गरिनेछ । नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्नुहुने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित हुनुहुन्छ । उहाँ अंग्रेजी विषयका प्राध्यापकसमेत हुनुहुन्छ । विसं १९७८ मा जन्मनुभएका लीलाध्वज थापाले विसं २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँका ‘शान्ति, पूर्व स्मृति, अमर
More

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

विराटनगर । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आउनुभएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी गराउनुभयो ।
More

सांसदलाई दाताको सहयोगमा तालिम

काठमाडौं । संघीय संसदका सांसदहरुले दाताको सहयोगमा प्रशिक्षण लिन लागेका छन् । आजबाट संघीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसद सहभागी हुने बताइएको छ । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको हो । संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टयाए पनि राष्ट्रसंघीय विकास कार्यक्रम (यूूएनडीपी) को लगानीमा संसद् भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको छ । प्रशिक्षण आयोजक संसद् सचिवालय भनिए पनि सम्पूर्ण खर्च यूएनडीपीले बेहोर्ने छ । ‘सांसदलाई तालिम शीर्षकमा बजेट भए पनि दाताको खर्चमा प्रशिक्षण
More

राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने

भोजपुर । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराउनुभएको हो । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएको छ । सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ । औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्नेछ ।
More

शुल्क पाँच गुणा बढी, केन्द्रलाई ५० प्रतिशत

काठमाण्डौ -पार्टी एकीकरणपछि सदस्यता शुल्कमा पाँच गुणा बृद्धि हुने भएको छ । यसअघि तत्कालिन नेकपा एमालेमा सदस्यता शुल्क मासिक २० रुपैयाँ थियो । प्रत्येक सदस्यले सदस्यता नवीकरण गर्दा मासिक २० को दरले २४० रुपैयाँ बुझाउनुपर्ने नियम थियो । सो रकम सम्बन्धित कमिटीले लिएर केन्द्रमा ५० प्रतिशत पठाउने प्रचलन थियो । तत्कालीन माअ‍ोवादीमा सदस्यता शुल्क मासिक १५ रुपैयाँ थियो । पछिल्लो समय माओवादीमा सदस्यता नवीकरण हुन छाडेको छ । हेटौंडा महाधिवेशनपछि सदस्यता नवीकरण र अद्यावधिक गर्ने प्रणालीनै नरहेको स्रोतले जनाएको छ । चार हजार सदस्यीय केन्द्रीय कमिटी बनेपछि पार्टीको संगठन प्रणाली भद्रगोल भएको हो । अब नेकपाका प्रत्येक सदस्यले पार्टी सदस्यता
More

महाशिलामा आठवटा विधेयक पारित

फलेवास, पर्वत- पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित भएका छन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतरूपमा विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन—२०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन—२०७५, न्यायिक समितिले उजुरीको कारबाही किनार गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक— २०७५, सहकारी ऐन—२०७५, स्थानीय शिक्षा ऐन—२०७५, पूर्वाधार व्यवस्थापन ऐन—२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक—२०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन—२०७५ सर्वसम्मतरुपमा पारित गरेको हो । शिक्षा विधेयकमा शिक्षकको दरबन्दीलाई स्थानीयकरण गरी हेरफेर, आन्तरिक सरुवा बढुवा
More

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा- माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको छ । रासस
More