Daily Archives 7th June 2018

एनआरएनएका उपाध्यक्ष पन्तद्वारा सगुनमा लगानी गर्ने घोषणा

काठमाडौं। उदाउँदो सामाजिक संजाल सगुनको पछिल्लो उपलब्धी निकै लोभलाग्दो भएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का बरिष्ठ उपाध्यक्ष कुमार पन्तले बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा सगुनले प्राप्त गरेको उपलब्धी निकै उत्साहजनक भएको भन्दै यसमा लगानी गर्न आह्वानसमेत गरेका छन् । ‘गैर आवासीय संघको नेतृत्वमा रहेको हैसियतमा म गैर आवासीय नेपालीहरुलाई यसमा लगानी गर्न सिफारिस गर्छु’ उनले भने । डिसीनेपालसँगको विशेष कुराकानीका क्रममा उनले आफूले पनि सगुनमा लगानी गर्न लागेको जनाए । ‘सगुन टिमसँग सुरुवाती चरणमा केही छलफल गर्दा मलाई पनि यो सफल होला त ? भन्ने लागेको थियो’ उनले भने ‘तर पछिका दिनमा उहाँहरुसँग भेट्दा उहाँहरुको आत्मविश्वास झनै बढेको पाएँ
More

द्वन्द्वकालिन हत्यामा संलग्नहरुलाई छाड्न हुँदैन : देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालिन हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उनले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ‘प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहेका जोन्छेंमाथि द्वन्द्वका नाममा घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध भएको भन्दै अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनु नहुने उल्लेख गरे । पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजानुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो
More

एनआरएन युरोप सम्मेलनका लागि मिडिया समिति गठन

लण्डन । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय सम्मेलनको तयारीको लागि मिडियाको छुट्टै समिति गठन भएको छ । गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय तयारी समितिको हालै सम्पन्न बैठकले चिरन शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । जुलाई २९ र ३० तारिख लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनको प्रचारप्रसार र सम्मेलनपछि विशेष सोभिनियर (सम्मेलन विशेषांक) प्रकाशन गर्न सो समिति गठन गरिएको एनआरएन यूरोप क्षेत्रीय संयोजक शिव बरुवालले जानकारी दिए । यूरोप क्षेत्रीय संयोजक बरुवालका अनुसार गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्मालाई बैठकले थप जिम्मेवारी दिएको हो । समितिको सदस्यहरुमा स्पेनबाट वसन्त रानाभाट, बेल्जियमबाट डिल्लीराम अम्गाई, राजेन्द्र रसाइली, स्वीटजरल्यान्डबाट गुणराज शर्मा, लक्जेम्वर्गबाट
More

प्रधानमन्त्रीको चीन भ्रमणमा के–के प्राथमिकतामा प-यो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि पाँचदिने चीनको राजकीय भ्रमण गर्दैछन् । चेन्दुबाट भ्रमण सुरु गर्ने प्रधानमन्त्री ओली ल्हासा हुँदै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण पनि पुराना सहमति र सम्झौता कार्यान्वयनमै केन्द्रित हुनेछ । प्रधानमन्त्रीको भ्रमणकाक्रममा नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई प्राथमिकतामा राखिएको छ । रेलमार्ग निर्माणलाई विशेष महत्व दिँदै आएका प्रधानमन्त्री ओलीले भ्रमणकाक्रममा केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माणको प्रस्ताव गर्ने तयारी सरकारको छ । चिनियाँ नाकानजिक सुक्खा बन्दरगाह निर्माण, पाँचखालमा सुक्खा बन्दरगाह, तातोपानीमा निर्माणाधीन बन्दरगाहको विस्तारीकरण र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने
More

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ । राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ, अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तारचढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय
More

भ्रातृसंगठनमा एकताको प्रक्रिया शुरु

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो । ती दुई संगठनका लागि गठित एकता कार्यदलको आज बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र शर्मा, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहनु भएको छ । कार्यदलको बैठकले
More

‘म्याच फिक्सिङ’ को आरोप लागेका खेलाडीलाई सफाइ

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई आज विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो । सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् । खेल मिलेमतोमा पैसा लिएर खेलेको भन्दै प्रहरीले उनीहरुमाथि राज्यविरुद्ध अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी २०७२ साल कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सन् २००८
More

हङकङ लैजाने भन्दै डेढ करोड ठग्नेलाई कारबाही गर्न माग

काठमाडौं । एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् । पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङ्कङ लैजाने भनेर ठगिएको भन्दै यस्तो माग गरेका हुन । २०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर फरार भएको बताउँदै पीडितहरुले राज्यले आफ्नो समस्यालाई खासै चासो नदिएको गुनासो समेत गरे । पीडित मध्येका यमबहादुर गुरुङले भने, ‘लम्जुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता
More

पत्रकार धम्क्याउने उनै हुन्, युनियनद्वारा भत्र्सना

काठमाडौं । हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनुका साथै मानसिक तनाव दिएको भन्दै नेपाल प्रेस युनियनले त्यसको घोर भर्सना गरेको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले आज प्रेस विज्ञप्ति जारी गरी जेठ २३ गते साँझ ७:०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाही नेतृत्वको सात जनाको समूहले हाम्रा कुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो । समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो भन्दै विज्ञप्तिमा भनिएको छ, “समाचारसम्बन्धी चित्त
More

सहिद राधेश्याम जोन्छेंको स्मृतिसभा

नेपाली काँग्रेसका सभापति एवं पर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार भक्तपुरमा आयोजित सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा मायाको चिनो ग्रहण गर्दै । तस्बिर: रमेश गिरी
More