Daily Archives 8th June 2018

Celebrity chef Anthony Bourdain found dead in France at 61

PARIS (AP) — American TV celebrity and food writer Anthony Bourdain has been found dead in his hotel room in France while working on his CNN series on culinary traditions around the world. He was 61. CNN confirmed the death, saying in a statement that Bourdain was found unresponsive Friday morning by friend and chef Eric Ripert, and calling his death a suicide. Bourdain’s achieved celebrity status after the publication in 2000 of his best-selling book “Kitchen Confidential: Adventures in the Culinary Underbelly.” It combined frank details of his life and career with behind-the-scenes observations on the culinary industry. CNN
More

बेलायतबाट छापिएका नेपाली पुस्तक पुरस्कृत हुने

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले यस वर्षको सुप्रमा पुरस्कारका निम्ति कृतिहरू उपलब्ध गराउन सूचना प्रकाशित गरेको छ । अनेसास – सुन्दर प्रसाद मानन्धर (अनेसास-सुप्रमा) पुरस्कार -२०१७ को लागि बेलायतमा रहेर लेखिएका र जुन २०१७ देखि मे २०१८ सम्ममा प्रकाशन भएका साहित्यका कुनै पनि विधाका पुस्तकहरु सहभागी हुनसक्ने संस्थाले बताएको छ । यो पुरस्कार बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर प्रसाद मानन्धरद्वारा सन् २०१२ मा आफ्ना स्व. पिता सुन्दर प्रसाद मानन्धरको नाममा स्थापना गरिएको हो । स्टर्लिङ्ग पाउण्ड २५० रहेको सो पुरस्कार यस अघि मुकेश राई, दुर्गा प्रसाद पोख्रेल, केदार संकेत र कृष्ण बजगाईंले प्राप्त गर्नु भएको थियो । आयोजकका अनुसात पुस्तक
More

क्षेत्री समाज यूकेको वार्षिक भेला २८ जुलाईमा

जगन कार्की । लण्डन । क्षेत्री समाज बेलायतले आगामि २८ जुलाईमा वार्षिक समर भेटघाट (गेट टुगेदर) गर्ने भएको छ । समाजका अत्यधिक सदस्यहरुको सहभागीता रहने यो महत्वपूर्ण कार्यक्रम स्थानीय अल्डसर्टको कनेट स्कूलमा आयोजना हुने समाजका महासचिव कुमार केसीले बताए । कार्यक्रमको संयोजनको जिम्मेवारी उपाध्यक्ष यज्ञ क्षेत्रीलाई प्रदान गरिएको छ । समाजसंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका बेलायातवासी क्षेत्री समुदायका अधिकांस सदस्यहरुको उपस्थिति रहने केसीले जनाए । कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने बिबिध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ । रोचक खेल तथा मनोरंजनले भरिएको यस कार्यक्रममा सबैलाई सहभागी भएर भरपुर मनोरंजन साथै सहयोग गरिदिनको लागी कार्यक्रम संयोजक क्षेत्रीले आग्रह
More

पूर्वयुवराज पारस शाह पशुपति मृगस्थलीमा, विषेश कक्षा लिदै

काठमाडौं । बिहीबार अकस्मात पूर्व युवराज पारश शाह छोरा हृदयेन्द्र शाह, छोरी र धिरेन्द्र शाहका छोरीहरुसहित मृगस्थलीमा देखापरे । कहिले सूनकोठी त कहिले निर्मल निवास बस्दै आएका पूर्व युवराज पारश शाह केही दिनयता दैनिक पशुपति क्षेत्रमा रहेको मृगस्थलीमा जाने गरेका रहेछन् । लामो समयदेखि सार्वजनिक स्थानहरूमा नदेखिएका पारश शाह मृगस्थलीमा जादै गरेको भेटेपछि सञ्चारकर्मीले उनलाई पछ्याएयौं । आफ्ना शुभेच्छुकहरूसहित पारस मृगस्थलीमा पुगेपछि उनि र उनका छोरा हृदयेन्द्र र छोरी कृतिका समेतले मृगस्थलीमा रहेको मन्दिरमा दर्शन गरे । बुझदै जाँदा थाहा लाग्यो कि पारश शाहले एक हप्ताको लागि भन्दै बिशेष कोर्ष नै गर्न थालेका रहेछन र त्यहीकोर्षमा आफना छोरा छोरी र
More

कोरियाली भाषा परीक्षा शनिबारदेखि

काठमाडौं । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उहाँले दिनुभयो । काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको
More

मूल्यवृद्धिको विरोधमा जुलुस

नेपाल विद्यार्थी संघले शुक्रबार त्रिचन्द्र क्याम्पस आगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निकालेको जुलुसका सहभागीहरु । तस्बिर: रोशन सापकोटा
More

अन्तरघात गरेर चुनाव हराउनेलाई कारबाही हुन्छ : सभापति देउवा

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु-याएसम्म विश्राम नलिने बताउनुभएको छ । नेपाली कांग्रेस कैलालीको आज यहाँ प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पार्नुभयो । सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताउनुभयो । विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको
More

पुनका मुख्य सहयोगी थुनामा

बुटवल । रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पुनलाई आपराधिक क्रियाकलाप र रकम असुलीमा सहयोग गरेको प्रमाणका आधारमा पक्राउ परेका तीविरुद्ध अदालतमा भएको थुनछेकको बहसपछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका शाखा अधिकृत गंगाप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रहरीले पक्राउ गरेको झण्डै डेढ महिनाको अनुसन्धानपछि केही दिनअघि मात्र पक्राउ परेका तीविरुद्ध अदालतमा मुद्दा पेश भएको थियो । अदालतमा चिरञ्जीवी पौडेलको जाहेरीमा विवेक भनिने सुवास गुरुङ, राम गुरुङ, हरिप्रसाद श्रेष्ठ, लेखनाथ न्यौपाने, तुल्सीराम
More

तातोपानी नाका सञ्चालनका लागि पहल गरिने मन्त्री ज्ञवालीको भनाइ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताउनुभएको हो । चीनसँगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउन सरकार गम्भीर रहेको भन्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउनेसमेत जानकारी गराउनुभयो । चीन नेपालको मुख्य व्यापारिक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीलाई सहजरुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्नेसमेत बताउनुभयो । अहिले रसुवा जिल्लाका बासिन्दाका लागिमात्र चीनले प्रवेश पास
More

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्दै

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले पहिरो रोक्ने कार्य गर्दै कामदार । तस्बिर: नारायण अधिकारी
More

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : महानिरीक्षक खनाल

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । अपराधीहरुको कुनै जात र धर्म नहुने हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्न उहाँको आग्रह थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै बारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनोद साहले कलैयाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै २०७२ सालमा
More

दुई वर्षमा दोब्बर होला त नेपाल आउने पर्यटक

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु-याउने योजना सार्वजनिक गरेको थियो । विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९८ देखिको १० लाख पर्यटक पु-याउने लक्ष्य सन् २०१७ मा सार्थक भयो । सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर–२०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो । उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा
More

सहमतिमै नियमावली पारित गरिने

काठमाडौं । ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा मतैक्यता नभएपछि नियमावलीको विषय लामो समयदेखि अघि बढ्न सकेको थिएन । लामो छलफल र रस्साकसीपछि दुवै पक्षको सहमतिमा नियमावलीलाई अघि बढाउन सहमति भएको बुझिएको छ । मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले मस्यौदा प्रतिवेदनमाथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभयो ।
More

तरकारी खेतीमा जुकाको असर

ललितपुर- गोलभेँंडा, काउली, आलु, खुर्सानीलगायत तरकारीको जरामा गाँठा बनाउने जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउने गर्छ । कृिष अनुसन्धान परिषद(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्छ । वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य कम पाउँछ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जुकाले आक्रमण गरेको बोटमा ढुसीलगायतका अरु हानिकारक जीवाणुले आक्रमण गर्छन् ।” काउली, गोलभेँडा, भण्टा,
More

श्रीमान्ले गरे श्रीमतीको हत्या

लहान । सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । सविताको शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ । नेपाल—भारत सीमाबाट करीब ५०० मिटरको दूरीमा मात्र रहेको घटनास्थलबाट
More

राजपा केन्द्रीय सचिव लामाको मृत्यु

इनरुवा । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो । करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँका श्रीमती र दुई सन्तान छन् ।
More

बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

बझाङ । बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन् । बिहीबार साँझ ६:३० बजे सो घटना भएको प्रहरीले जनाएको छ । जडीबुटी पहँचमार्ग सडकखण्डअन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको जडीबुटी पहँुचमार्गका साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिनुभयो । ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र
More

मेलम्चीको इटलियन ठेकदार सरकारका लागि काउसो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकदार सिएएमसी रेभेना सरकारका लागि काउसो सावित भएको छ । तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेर लागत मूल्य बढाउन खोजेपछि उक्त ठेकदार कम्पनी सरकारका लागि काउसो सावित भएको हो । तत्कालै बर्खास्त गर्न पनि नमिल्ने र उसले भनेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन सरकार अहिले बाध्य भएको छ । यो काउसो हटाउन खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ । मन्त्री मगरले बिहीबार परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको
More

आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

लण्डन- बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ । आठ जना पुरुष र एक महिलालाई ग्रेनफेल टावरमा भएको आगलागीको घटनामा दोषी हुन सक्ने भन्दै बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीहरूले बताएका छन् । कैयौँ घाइते भएको र ७१ जनाको मृत्यु भएको घटनाको प्रहरीले निरन्तर अनुसन्धान गरिरहेकोमा अहिले ती व्यक्तिहरूलाई पक्राउ गरिएको हो । श्रीङ्खलावद्ध तरिकाले प्रहरीले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै छानविन गर्दै आइरहेको छ । यसअघि पाँच जनालाई दोषी ठहर गरी कारबाही पनि भइसकेको छ । बिहीबार पक्राउ परेका व्यक्तिहरूको बारेमा आउँदो जुलाई १३ तारिखका दिन अदालतले फैसला गर्ने बताइएको छ ।
More

सय रुपैयाँ नतिर्दा हत्या !

अहिलेको समयमा एक सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनुपरेको छ । स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहरको पम्पिङ सेटबाट आफ्नो खेतमा सिँचाइ गरेका थिए । त्यसवापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो । मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । मख्खनका २० वर्षीय छोरा दीपकले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पटको प्रहारबाट गम्भीर चोट लागेका मैनेजरको काठमाडौंको न्यूरो अस्पतालमा उपचारकै क्रममा बिहीबार निधन भएको छ । कान्तिपुर दैनिक
More