Daily Archives 9th June 2018

५ हजारले हेरे मगर संघ युकेको ओपन कन्सर्ट (फोटो फिचर)

लन्डन । मगर संघ युकेले आयोजनामा भएको कन्सर्ट हेर्न ५ हजार नेपाली जम्मा भए । शनिवार फार्नबोरो स्थित फार्नबोरो फुटबल क्लबमा सम्पन्न कन्सर्टमा ५ हजार सहभागी भएका हुन् । कन्सर्ट हेर्न बेलायतको विभिन्न स्थानबाट नेपाली समुदायको बाक्लो उपस्थिति थियो । कार्यक्रममा कलाकारहरु सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, मन्सुधन थापा, कल्पना गुरुङ पुनले प्रस्तुति दिए । संघको अध्यक्ष नेम थापा अध्यक्षतामा सम्पन्न कन्सर्टमा प्रमुख अतिथिमा बेलायतको लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीले थिए । कार्यक्रममा रस्मूरबोरो काउन्सिलका डेपुटी मेयर, साहित्यकार तथा गीतकार भाबेश भुमरी, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग फगामी, आइसीसी सदस्य शान्ति थापा कुवर,
More

५० पटकभन्दा बढी रक्तदान गर्नेलाई उपचारमा ५० प्रतिशत छुट (भिडियो)

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सातवटै प्रदेशमा घर–घरबाट रगत संकलन गर्न राज्यले ध्यान दिने बताउनुभयो । मन्त्री अर्यालले उक्त कुरा रक्तदाता र रगत लिनेबीच शनिबार आयोजित कार्यक्रममा बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै जाने बताउनुभयो । कर्मचारीको संकुचित मानसिकताले गर्दा स्वास्थ्य क्षेत्रमा बेथिति बढेको उहाँले बताउनुभयो । मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले ५० पटकभन्दा बढी रक्तदातालाई मेडिसिटी अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ५० पटकभन्दा बढी रक्तदान गरेको प्रमाण ल्याउने जोकोहीलाई मेडिसिटी अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिनेछ । त्यसैगरी डा. महतोले ५० पटकभन्दा बढी रक्तदान गर्नेको परिवारलाई १० प्रतिशतसम्म छुट
More

शिक्षा रोजगारमूलक हुनुपर्छ : महामन्त्री डा कोइराला

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बेरोजगारी समस्या समाधान गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संघ केन्द्रीय कार्यसमितिको छैटौँ केन्द्रीय महाधिवेशनको भक्तपुरको सानोथिमिमा आज उद्घाटन गर्दै महामन्त्री कोइरालाले यस्तो बताउनुभएको हो । काँग्रेस नेतृत्वको सरकारले स्थानीयदेखि प्रदेश र संघीय निर्वाचन गराएर मुलुकमा स्थिरताको बीउ रोपेको चर्चा गर्दै महामन्त्री डा कोइरालाले अबको शिक्षा बेरोजगार बढाउने नभई रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभयो । ‘सीपयुक्त समाजको निर्माण आजको आवश्यकता, सुरक्षित र मर्यादित रोजगारीका लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अबको शिक्षा सीप र संस्कारयुक्त हुनुपर्नेमा
More

सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्नुहुँदै उहाँले सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरीत कार्यकारी राष्ट्रपतिको विवाद निकालेर अस्थिरता निम्त्याउन खोजेको बताउनुभयो । “छ वर्षसम्म संविधानका अक्षर र शब्द छलफल गरेर बनाइयो, अहिले सत्तारुढ दलकै नेता यस विपरीत कुरा गरेर अस्थिरता ल्याउन खोजिरहनुभएको छ, यो प्रश्नले विवाद र अस्थिरता निम्त्याउँछ, संविधान विपरीतको कुरा काँग्रेसका लागि मान्य हुँदैन”–उहाँले भन्नुभयो । सत्तारुढ दलले दुई तिहाईको
More

वरिष्ठ न्यूरो गोरखा लैजान तयारी गरिंदै

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई शनिबार उहाँको जन्म घर गोरखा लैजान हेलिकोप्टरमा राख्ने तयारि गरिंदै । तस्वीर: रोशन सापकोटा
More

काँग्रेसलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिन्छु : सभापति देउवा

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्र्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताउनुभयो । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख गर्नुभयो । कम्युनिष्टहरु एक हुँदा पनि काँग्रेस बलियो नै देखिएको सभापति देउवाले दाबी गर्नुभयो । प्रत्यक्ष निर्वाचनमा संख्यात्मकरुपमा केही सिट कम आएको कुरा स्वीकार्दै सभापति देउवाले समानुपातिकका मतले पार्टीलाई जनताले विश्वास दिएका छन् भन्नुभयो । काँग्रेस विभिन्न कालखण्डका आन्दोलनमा अग्रमोर्चामा उभिएको र निर्णायक बेलामा नेतृत्व लिने पार्टी भएकाले पार्टीभित्रका आन्तरिक कुरालाई मिलाएर पहिलो पार्टी
More

एनआरएनए छैठौं मध्यपूर्व सम्मेलन भदौ भदौ ८ र ९ गतेमा हुने

युएई – गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्ने एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कंडेलले जानकारी दिनुभयो । यसअघि भएका कार्यक्रम छलफलमा मात्र सिमित भएको र यो पटक सृजनशील र उपलब्धिमूलक बनाउने गरि लागि परेका उहाँले बताउनुभयो । सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने लगायतका एजेण्डामा सरकारी निकायसँग समन्वय गरी छलफल
More

काँगे्रसले राखेका योजना बजेटमा कटौती : डा महत

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारका अर्थमन्त्रीले भनेजस्तो देशको अर्थतन्त्र खराब नभएको बताउनुभएको छ । खरानीटारमा नेपाली काँग्रेस तादी गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा डा महतले सरकारले अर्थतन्त्र खराब भएको देखाएर नागरिकमा नकारात्मक सन्देश दिएको आरोप लगाउनुभयो । “सरकारले स्वेतपत्र जारी गर्दा ढुकुटी रित्तै देखाउने, पछि सरकारको नीति तथा कार्यक्रममा भने त्यसको विपरीत आएको छ”, डा महतले भन्नुभयो, “अर्थतन्त्र खराब देखाउने प्रयासले राम्रो सन्देश दिँदैन ।” पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले कम्युनिस्टको सरकार भए पनि अहिलेको बजेट हेर्दा कम्युनिस्ट सरकार पनि काँग्रेसकै बाटोमा हिँडेको देखाएको बताउनुभयो । डा महतले नेपाली काँग्रेसले प्राथमिकतामा राखेका योजना कटौती गरेर बजेट आएको
More

सन्तान विदेश लैजान डिएनए परीक्षण गराउने बढ्दै

ललितपुर । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ । जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कामका सिलसिलामा ती देश पुगेर अहिले स्थायी बसोबासको अनुमति पाएकाहरु आफ्ना सन्तान लैजान परीक्षण गर्न आएका छन् ।” प्रयोगशालाले नेपाल सरकारको कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै
More

लोकसंगीतको उर्वर भूमि स्याङ्जा

‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना गरेका शब्दहरुले यसको पुष्टि गर्दछ । लोक संगीतका क्षेत्रमा स्याङ्जाका पुराना अग्रज कलाकारमा चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायत हुनुहुन्छ । स्याङ्जाको हालको कालीगण्डकी गाउँपालिका ५ बलाम बेलटारीमा जन्मिनुभएका लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले १७ वर्षका उमेरमा २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण
More

प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
More

यति राम्रो प्रतिभा भएका महेश किन चर्चामा आउन सकेनन् ? (भिडियोसहित)

सरु पौडेल,काठमाण्डौ – बाग्लुङको बलेवामा रहेको जनता मा.वि.मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी महेश शर्मा बहुप्रतिभाका धनी छन् । गीत गाउन , बाद्यवादन तथा अन्य क्रियाकलापहरुमा पनि महेश निकै सक्रिय छन् । पछिल्लो समयमा उनको स्वरमा सजिएको निकै मिठो राष्ट्रिय बालगीत बजारमा आइसकेको छ । अहिले विभिन्न संस्थाले तथा विभिन्न व्यक्तिहरुले पनि लुकेर रहेका प्रतिभाहरुलाई खोजी खोजी ल्याएर उनीहरुको प्रतिभाको प्रस्फुटन गरेका छन् ।गर्न त महेशको गीत निकाल्न पनि केही व्यक्तिहरुले महत्वपूर्ण योगदान गरे तर महेश अरु प्रतिभा जस्तो मिडियामा छाउन सकेनन् । महेश एउटा असाधारण प्रतिभा भएर पनि मिडियामा आउन नसक्नुको कारण आखिर के ? उनलाई कसैले नदेखेर हो वा मिडियामा
More

एनआरएन भेलाको अन्तिम तयारि पुरा

बहु चर्चित   एन आर एन ए आई सि सि अमेरिका क्षेत्रको  विज्ञ भेला तथा  एन आर एन ए एन सि सि यु एस्  ए को सातौँ साधारण सभा यही जुन १६- १७, २०१८ मा क्यालिफोर्नियाको   विश्व प्रसिद्द सुन्दर शहर सान फ्रान्सिस्कोमा हुन गईरहेको छ। ग्लोबल नेत्रित्व चयन भए पस्चात हुने यो साध्रण सभामा एन आर एन ए आई  सि सि का नव निर्वाचित अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायत एन आर एन ए उपस्थिती रहने लगायत आ ई सि सि का अन्य  महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती रहने भरपर्दो सुत्रबाट थाह भएको छ। त्यसै गरी पूर्व मन्त्रिहरु रेवाती प्रसाद भुसाल तथा डा प्रकाश चन्द्र लोहनी बिशेष वक्ता तथा बिशिष्ट 
More

दाङको भालुबाङमा बस दुर्घटना एकको मृत्यु, ३२ घाइते ११ को अवस्था गम्भीर

काठमाण्डौ -दाङको भालुबाङमा यात्रुवाहक बस दुर्घटना हुदाँ एकको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको हो । दुर्घटनामा भारत उत्तर प्रदेश लक्खिमपुरकी पाँच वर्षीया नुरवी नाईको ज्यान गएको इलाका प्रहरी कार्यालय लमही जनाएको छ। बस सडकदेखि तल सोतामा खसेको छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। बसमा ३३ जना रहेकोमा सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन्। १२ जना मध्यम र ९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको
More

उपेन्द्र देवकोटाको निधनको खबर झुठो

काठमाडौँ: पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक नराम्रो खबर फैलियो । बाँसबारीस्थित न्यूरो अस्पालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत डा देवकोटाको निधन भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिनेको होडबाजी नै चल्यो । बेलायतमा उपचार सम्भव नभएपछि डा. देवकोटाको आफ्नै देशमा फर्किने इच्छा अनुसार हाल बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार जारी छ । तर, शुक्रबार राति साढे १० बजेदेखि फैलिएको अफबाहले अस्पतालका कर्मचारीदेखि डा. देवकोटाका परिवार र सहयोगी हैरान भए । एसियाकै अब्बल न्यूरो सर्जनकारुपमा परिचित डा. देवकोटाले आफ्नो जीवनकालमा हजारौँ न्यूरोका बिरामीको उपचार र सफल अप्रेशन गरेका छन् । ‘अघिल्ला दिन भन्दा
More

अग्रवालको घरमा प्रहरीको छापा

काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ । शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ । घरमा भएको अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘सुन राख्ने खाली डिब्बा र सुन बोक्ने ज्याकेट चाहिँ फेला
More

कोरियाली भाषा परीक्षा आजदेखि, ८२ हजार बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ। परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन्। बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उनले दिए। काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन्। परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ। डिसी नेपाल
More