Daily Archives 11th June 2018

बालिका र किशोरी बलात्कारी पक्राउ

गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो । त्यस्तै औरही नगरपालिका–६ की एक १७ वर्षीया किशोरीलाई सोही स्थानको उखुबारीमा लगी बलात्कार गरेको आरोपमा स्थानीय ७० वर्षीय कालीचरण चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । पक्राउ परेका दुवैजनालाई प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
More

रेलमार्ग निर्माण कार्य तीव्र गतिमा

चितवन । नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका छन् । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै भारत सरकारको सहयोगमा क्रस बोर्डर कनेक्टिभिटीअन्तर्गत जलपायुगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगवनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ७० किलोमिटर, नौतुनवा–भैरहवा १७ किलोमिटर र रुपडिया–नेपालगञ्ज १२ किलोमिटर रेल निर्माणका लागि भारतसँग सम्झौता भई कार्य अगाडि बढेको बताउनुभयो । भारतसँगको सहमतिअनुसार जोगवनी–विराटनगर १८
More

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

बेनी । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए । नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् । करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक
More

गुन्डा नाइके अशोक लामामाथि प्रहरीद्धारा गोली प्रहार

ललितपुर । ललितपुरमा प्रहरीले गुन्डा नाइके अशोक लामालाई गोली हानेको छ । युएन पार्कमा लामामाथि खानतलासी गर्न खोज्दा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि अपराध महाशाखाको टोलीले लामामाथि गोली प्रहार गरेको हो । दाइने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा उनको साथवाट दुई राउन्ड गोली र एउटा पेस्तोल पनि बरामद भएको अपराध महाशाखाले जानकारी दिएको छ । लामासँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ । लामा यसअघि पनि विभिन्न अपराधिक घटनामा पक्राउ परिसकेका थिए । पछिल्लो समय उनी ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्काउने
More

फेवातालमा फेरि अर्को दुर्घटना

काठमाण्डौ-तिब्र हावा हुरी र भरि बर्षाका कारण सराङकोटबाट उडेका प्याराग्लाइडिङहरु अनियन्त्रित भइ फेवातालमा खसेको छ। प्याराग्लाइडिङ् गर्ने क्रममा फेवा तालमा खसेकाहरुको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। लेखनाथ महानगरपालिका १८ सारङ्कोटबाट प्याराग्लाइडिङ् गर्ने क्रममा एक्कासी आएको हावा हुरीको कारण अनियन्त्रित भई उनीहरु फेवातालमा खसेका थिए। उक्त दुुर्घटनाबारे जानकारी पाउन साथ सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोली तत्कालै घटनास्थल पुगी उद्धार कार्यमा जुटेको हो र सबैको सकुशल उद्धार गरिएको हो। डिसी नेपाल
More

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

फलेवास, पर्वत- पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका दैनिक क्रियाकलाप विद्यार्थीले नजिकबाट नियालेर बसेका हुन्छन् भने उनीहरुको मूल्यांकनसमेत गरेका हुन्छन् भन्ने कुरा अनुगमनका क्रममा देखिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिका बारेमा अनुगमन गर्न पुगेको टोलीसँग विद्यार्थीले आफूहरुलाई राम्रो शिक्षण गराउने शिक्षकको मुक्तकण्ठले प्रशंसा गरे भने
More

छरपष्ट तारले मृत्युको भय

सरु पौडेल , काठमाण्डौ – हामी कैयौँ ठाउँमा विजुलीको भुइँमा लत्रेको तारमा करेन्ट लागेर मृत्यु भएको खबर पाउँछौँ । काठमाण्डौको विभिन्न ठाउँहरुमा विजुली ,केबल तथा टेलिफोनका यस्ता नाङ्गा तारहरु एकै ठाउँमा भद्रगोल तरिकाले मान्छे बाटोमा हिँड्दा तर्साउने गरी गन्जागोल तरिकाले जेलिएका छन् । राज्यको केन्द्र मानिएको राजधानीमा त तारहरु यस्तो हालतमा छन् भने अरु ठाउँको हालत के होला ? यसरी तारहरुले मनिसको टाउको छुनेसम्म त स्वभाविक नै भइसक्यो तर घाँटीमै रेटिन पनि आउँछन् यी तारहरु । विद्युतीय शक्ति जस्तो संवेदनशील कुरामा पनि सरकार तथा सरोकारवाला निकाय यतिसम्म चरम लापारबाही गर्छ भने अरु कुराको के वास्ता होस् । यस्ता कुरामा न
More

सरकारी कार्यालयमा विचौलियाको बिगबिगी ;सेवाग्राही दिक्क

सरु पौडेल ,काठमाण्डौ– काठमाण्डौमा रहेका विभिन्न सरकारी कार्यालयहरुको चोक चोकमा विचौलियाहरु बसेर सेवाग्राहीलाई दुःख दिने गर्दछन् । कार्यालयमा काम गर्न आएको होस् वा बाटो हिँड्दै गरेको बटुवा होस् ती विचौलियाहरुले तँछाड मछाड गरी हातै तान्न भ्याँउँछन् । बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यालय , सोल्टीमोडमा रहेको श्रम कार्यालय, यातायात कार्यालयहरुमा अरुभन्दा बढी विचौलियाहरु रहेका पाइन्छन् । हामी तपाईँको सबै काम गरिदिन्छौँ , भित्र हाम्रो सेटिङ्ग छ , एकै छिनमा सबै काम भइहाल्छ भन्नेजस्ता कुराहरु गरेर विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गर्दछन् । अझ कति त सेवाग्राहकिो काम गरिदिन्छौँ भनेर पैसा असुलेर भाग्ने पनि गर्छन् । जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउनको लागि आएका
More

डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स बन्द गर्ने निर्णय

काठमाडौं। सरकारले संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित राजनीतिक मामिला विभागलाई (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द गर्ने निर्णय गरेको छ। सरकार र तत्कालीन माओवादीबीच २०६३ मा शान्ति सम्झौतापश्चात् शान्ति प्रक्रियामा सघाउन स्थापित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को कार्यावधि सकिएपछि राजनीतिक मामिला विभाग सरकारको सहमतिबिनै सञ्चालित थियो। द्वन्द्वपछि समाजमा सौहाद्र्रता कायम गर्न स्थापना गरेको बताइने डीपीएले नेपालको सार्वभौमसत्ताविरोधी कार्यक्रम सञ्चालन गरेको आरोप सरकारले लगाएको छ। प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाकार डा.कुन्दन अर्यालले राष्ट्र संघको डीपीएलाई सरकारले बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन्। ‘नेपालस्थित राष्ट्र संघको राजनीतिक मामिला विभाग बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ र यसबारे राष्ट्र संघको कार्यालयलाई पनि पत्र
More

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

चरिकोट- दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतवार साँझ भएको सो दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले
More