Daily Archives 12th June 2018

ट्राफिक प्रहरी सम्मलेन

प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको ट्राफिक प्रहरी सम्मलेन तथा सडक सभ्यता अभिबृद्धि र सवारी दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रम सहभागी अतिथीहरु । तस्वीर : नारायणी रजौरे
More

कम्युनिस्टहरु लम्पसारवादी हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु राष्ट्रवादी हुन नसक्ने र उनीहरुले समृद्धि ल्याउन पनि नसक्ने दाबी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले ‘कम्युनिस्टहरु लम्पसारवादी हुन्’–भने । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांगे्रसले दायाँबायाँ कुरा नगरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ट्रेड युनियन कांग्रेसले जनस्तरमा पुगेर ओझेलमा परेका श्रमिकको उत्थानका लागि पहल गर्न जरुरी रहेको बताए । अर्को नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चस्माले बालकृष्ण ढुंगेलहरुलाई क्रान्तिकारी देख्न थालेको आरोप लगाए । तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ
More

संसदीय दलको नेता छान्न राजपामा सकस

काठमाडौं । आन्तरिक विवादमा रुमलिँदा प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता छनोट गर्न सकेको छैन । गुटगत स्वार्थको प्रभावमा आकांक्षीको संख्यासमेत थपिँदा निर्वाचन भएको ६ महिना बित्दा पनि राजपा नेपालले संसदीय दलको नेता छान्ने नसकेको हो । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा संसदीय दलको नेता छान्न नसकेको संसदको तेस्रो ठूलो दल राजपा अहिले पनि संसदमा नेताविहीन छ । राजपाबाट प्रतिनिधित्व गर्ने १७ सांसद सदनमा बलशाली उपस्थितिका लागि नेतृत्व खोजिरहेका छन् । तर, अध्यक्ष मण्डलभित्रको विवादका कारण राजपाले संसदीय दलको नेता छनोट गर्न सकेको छैन । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आफैं आकांक्षी
More

भक्तपुर क्यान्सर अस्पतालमा बेलायतबासी नेपाली डाक्टरको शिलालेख

काठमाडौं । नेपाल सरकार, रोटरी अन्तर्राष्ट्रिय र भक्तपुरका स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई बेलायतमा बसोबास गर्ने १७ जना डाक्टर र अन्य तीन जनाले सहयोग उपलब्ध गराएका छन् । उनीहरुले अस्पताललाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । अस्पताल परिसरमा टाँसिएको शिलालेखमा सहयोगदाताको नामावली राखिएको छ । यूके फ्रेन्ड्स अफ भक्तपुर क्यान्सर अस्पताल नाम दिएको उक्त शिलालेखमा डा. मदन आचार्य, डा. नारायण अर्याल, डा. अच्युत धिताल, डा. राघव धिताल, डा. प्रशन्ना गौतम, डा. पे्रमविक्रम हमाल, डा. नारायणराम जोशी, डा. चुडाबहादुर कार्की, डा. भद्रध्वज कार्की, डा. विवेकबहादुर प्रधान, डा. पदमकुमार राई, डा. सत्यनमान राजभण्डारी, डा. धर्मबहादुर शाक्य,
More

अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिनुभयो । सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ ।
More

सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

काठमाडौं । जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो । अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए । जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै
More

ट्रेड युनियन काँग्रेसको महाअधिवेशन

काठमाडौँमा मंगलबार आयोजित नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाअधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नवीन पौडेल
More

सिङ्गो काँग्रेसको नेता हुन सभापतिसँग आग्रह

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ । शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।” अर्को प्रसङ्गमा उहाँले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिनुभयो । वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु
More

अमेरिकामा हुने एनआरएनए विज्ञ सम्मेलनको तयारी पूरा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अायाेजनामा जुन १६ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने विज्ञ सम्मेलनको तयारी पूरा भएको छ। गैरअावासीय नेपालीको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा यो सम्मेलन गर्न लागिएको हो। विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान विज्ञ सम्मेलन गर्न लागिएकाे अायाेजककाे दाबी छ। अमेरिकामा हुने सम्मेलन आगामी अक्टोबरमा नेपालमा गर्न लागिएकाे विज्ञ सम्मेलनकै तयारी भएकाे संघ प्रवक्ता भूषण घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। अमेरिकामा हुने विज्ञ सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी प्रमुख अतिथि
More

गोँगबुदेखि सिनामंगलसम्म ठूला बस चल्ने

काठमाडौँ – असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ । सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो । बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ । सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले रु सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौँ,”–उहाँले भन्नुभयो
More

बेलायत सरकारविरुद्ध आन्दोलन गर्ने गेसोको चेतावनी

काठमाडौं । गोरखा भूतपूर्व सैनिक संघ गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले भूतपूर्व सैनिक परिवारमाथि बेलायत सरकारले यातना दिएको भन्दै यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको छ । हिजो सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे उहाले बेलायतमा रहेका गोरखा भूतपूर्व सैनिकका परिवारालाई नेपाल आउन रोक लगाउनका लागी यातना दिएकाले यसबिरुद्ध सघर्ष गर्ने चेतावनी दिनुभएको हो । जन्मभूमि र कर्मभूमिको अधिकार खोस्ने अधिकार कसैलाई पनि नरहेको भन्दै उहाले पक्षपात नगर्न ध्यानाकर्षण पनि गराईएको जानकारी दिनुभयो । उहाले बेलायतमा रहेका सैनिक परिवारको सबै रकम एकमुष्ट दिए बेलायतबाट फर्कने समेत बताउनुभयो । बेलायतका लागी नेपालीहरु लडिरहे पनि त्यसलाई वेलायतले मुल्याङ्कन गर्न नसकेको उहाको भनाई छ ।
More

विश्वकप सभ्य तरिकाले हेर्नुस् : सिडियो कार्यालय काठमाडौं

काठमाडौं । विश्व फुटबलको महकाकुम्भ सभ्य तरिकाले हेर्न काठमाडौं जिल्ला प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी बिहीबारदेखि सुरु हुने प्रतियोगिता हेर्दा सार्वजनिक स्थानमा हो–हल्ला गरेको पाइए कारबाहीको चेतावनी कार्यालयले दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा विश्वकप फुटवल हेर्दा छरछिमेकीलाई बाधा पुग्ने गरी हो–हल्ला गर्न नपाइने, प्रवेश शुल्क लिएर खेल देखाउन नपाइने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर खेल हेर्न नपाइने, बाजी राख्न नपाइने लगायत उल्लेख छ । विश्वकप फुटवलका नाममा हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम राख्न यस्तो नियम लागू गरिएको सहायक प्रजिअ घिमिरेले बताउनुभयो
More

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्ता

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ इतिहास बनाउनु भएको छ । राष्ट्रपति ट्रम्प आफु कार्यकालमै रहेका बेला उत्तर कोरियाका नेतासँग भेट गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन बिच आज विहान सिंगापुरको सेन्तोसा आइल्याण्डमा पहिलो पटक भेट भएको हो । लामो तयारी पछिको बहुप्रतिक्षित वार्ताका लागि त्यहाँ पुगेका ट्रम्प र किमबिच पहिलो पटक भेट भएको हो । दुवै नेताले हात मिलाएर एक अर्काका बारेमा सोध्नु भएको थियो । प्रतिनिधिसहितको भेटमा दोभाषे पनि राखिएको थियो । ट्रम्पले किमसँगको भेट निकै राम्रो रहेको बताउनु भयो । वार्ताको सुरुमा ट्रम्पले आफूले निकै
More

‘नाइस टु मिट यु मिस्टर प्रेजिडेन्ट’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक भेट सम्पन्न भयो । भेट समाप्त भएपछि किमले ट्रमलाई अंग्रेजीमा भने, ‘नाइस टु मिट यु मिस्टर प्रेजिडेन्ट ।’ सिंगापुरको सेन्टोसा द्विपमा रहेको होटल क्यापेलामा भएको भेट झन्डै ३८ मिनेटसम्म चलेको वाइटहाउसले जानकारी गरायो । आपसी भेटपछि किम र ट्रम बाहिर निस्कदा पत्रकारले उनीहरुलाई पत्रकारले जिज्ञासा राखे । पत्रकारले किमलाई दुई पटक प्रश्न सोधेका थिए, ‘चेयरम्यान के तपाईं परमाणु निस्त्रीकरण गर्नुहुन्छ ?’ त्यस्तै अर्को पत्रकारले पनि सोधे, ‘मिस्टर किम, के तपाईं आफ्नो परमाणु हतियार नष्ट गर्नुहुन्छ ?’ तर उत्तर कोरिया नेताले यी प्रश्नप्रति कुनै चासो देखाएनन । किमसँगै
More

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ हुने

काठमाडौँ – स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ । आगामी असार ५, ६ र ७ गते प्रदेश नं ५ अन्तर्गत पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारको टुँडिखेल मैदानमा हुने फेस्टिबलमा माल्दिभ्स र भारतलगायतका मुलुकबाट स्केट खेलाडीले भाग लिनेछन् । परिवर्तनका लागि युवा नामक संस्थाद्वारा आयोजित फेस्टिबलको अन्तिम दिन असार ७ गते स्केट प्रतियोगिता हुने अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी प्रतियोगितामा ‘प्लेयर्स टु वाच’ लाई समेत पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष पहाडीको भनाइ छ । सो परिवर्तनका
More

प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ । दोवा घर भई हाल बेलायत बस्दै आउनुभएका दलबहादुर पुर्जाले करीब रु तीन लाख लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गर्नुभएको हो । बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र उहाँकी श्रीमती महामती पुर्जाले रु दुई लाख ६८ हजार ७०० लगानीमा पदमार्ग र प्रतीक्षालय बनाइ दिनुभएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिनुभयो । सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ । भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवतजावत गर्न स्थानीय बासिन्दालाई सुविधा पुगेको छ ।
More

समृद्धि नै एक मात्र अभीष्ट हो ; अध्यक्ष दाहाल

बर्दिवास- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ । नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो । “मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा हाम्रो पार्टीको सरकार छ”,अध्यक्ष दाहालले भन्नुभयो, “अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई छैन ।” स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उहाँको टिप्पणी थियो । उपप्रधानमन्त्री एवं
More

काठमाडौँका तीन सुन पसलमा छापा

काठमाडौँ – सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ । न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारिएको हो । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो । उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो । रासस
More