Daily Archives 13th June 2018

बुधबार राति २ बजेदेखि अधिकमास समाप्त

काठमाडौं । जेठ १ गते मंगलबार बेलुकी ५ बजेर ५३ मिनेटदेखि सुरु भएको अधिकमास बुधबार राति (बिहीबार बिहान) २ बजे समाप्त हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । अधिकमास भन्ने शब्दले सामान्यभन्दा बढी भएको महिना बुझिन्छ । जेठ १ गते मंगलबार बेलुकी ५ बजेर ५३ मिनेटसम्म औंसी तिथि थियो । बेलुकी ५ बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास सुरु भइ बुधबार राति औंसीको अन्त्य अर्थात् राति २ बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । ‘ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो । अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भनिन्छ’–उनले
More

एसएलसी प्रिन्सेस

सिजन मिडियाद्धारा आयोजना गरिएको ह्वाइटहाउस एसएलसी प्रिन्सेस २०१८की विजेता रुची धिताल, फष्ट रनरअप कृष्टिना वन्त, सेकेन्ड रनरअप पाल्मा लामा । तस्बिर : प्रदीपराज वन्त
More

नेपाल ट्रेड युनियन कांग्रेसको अवरुद्ध बन्दसत्र भोलि सञ्चालन हुने

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा प्रतिनिधिको टुंगो लाग्न नसक्दा बुधबार बन्दसत्र नै हुन सकेन । मंगलबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्र नै हुन नसक्दा नेतृत्व चयन प्रक्रिया पनि प्रभावित हुने भएको छ । बिहीबार (भोलि) बन्दसत्र गरेर बिहीबार नै निर्वाचन गर्ने बताइएको छ । चार वर्ष ९ महिनापछि भएको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा चुनाव हुँदैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । दुवैजनाले आ–आफ्नो समूहसमेत घोषणा गरिसकेका छन् । तर, समूहबिना नै वर्तमान उपाध्यक्ष पदमा रमा पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने जनाएको छ । वर्तमान
More

भरतपुरलाई मेडिकल सिटी बनाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । जिल्लाका स्वास्थ्यकर्मीहरुले आज यहाँ आयोजना गरेको समग्र चितवनको स्वास्थ्य विकाससम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यका पूर्वाधारहरु बन्दै गएकाले भरतपुरलाई मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले यहाँको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र दुई दर्जन निजी अस्पतालले पु-याएको सेवाको चर्चा गर्दै स्वास्थ्य सेवाको स्तरवृद्धि गरी मेडिकल सिटीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । भरतपुर महानगरको नेतृत्वमा समिति निर्माण गरी जिल्लाको स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि आफ्नो तर्फबाट सहयोग
More

गर्मीबाट बच्न छाताको प्रयोग

तराईमा वढ्दै गएको गर्मीको कारण मध्यान्हमा छाता ओढेर विद्यालयबाट फर्कँदै महोत्तरीका बालबालिका । तराईमा अहिले अत्याधिक गर्मी छ । गर्मीले गर्दा कतिपय स्थानमा अहिले स्कुल बन्द गरिएको छ । तस्वीर : धनवीर महतो
More

नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ: डा भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।” भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो । पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक
More

बाजेको सेकुवामा छापा

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो । जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीपछि फरार रहेका भण्डारीलाई यसै प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो । समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् ।
More

मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणमा को–को जाँदैछन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ
More

टेलिभिजनको चार्म घटेको होइन

संगीता पन्त थापा, वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन एनटिभी प्लसमा विविध शाखा प्रमुख संगीता पन्त थापा वरिष्ठ कार्यक्रम निर्माता हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने जेष्ठ नागरिक, महिला, युवा र कृषिलगायत दर्जनौं कार्यक्रम सञ्चालन गरिसकेकी संगीताले युवा पत्रकारिता पुरस्कार, संकल्प वरिष्ठ पत्रकारिता पुरस्कार, जनजागरण पत्रकारितालगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेकी छन् । क्रियाशील महिला पत्रकार समूहमा आबद्ध संगीतलाई नेपाल टेलिभिजनले कदरपत्र दिएको छ । उनले प्रस्तुत गरेका कार्यक्रम पे्ररणादायी हुन्छन् । टेलिभिजनमा उनको प्रवेश, कामको अनुभव र घरपरिवारसम्बन्धी गरिएको कुराकानी : ० कति भो नेपाल टेलिभिजनमा संलग्न हुनुभएको ? – २०५३ देखि निरन्तर छु, यसअवधिमा बाल, महिला, जेष्ठ नागरिक, कृषि, युवालगायत
More

विश्वयुद्धदेखि अभिनयसम्म ;कलाकार भिमबहादुर थापा

खोटाङ जिल्लाको लामिडाँडामा जन्मेका कलाकार भिमबहादुर थापा दोस्रो विश्वयुद्ध लडेका थिए। हिमालय टेलिभिजनसँगको कुराकानीमा उनले ‘१५/१६ वर्ष भएपछि आफूलाई दोस्रो विश्वयुद्धमा होमिदिएको’ बताएका छन्। सन् १९४२ देखि ४५ सम्म दोस्रो विशवयुद्ध लडेका उनी त्यहाँबाट फर्किएर नेपालमै सैनिक सेवामा भर्ति भएका थिए। उनी २०४१ सालमा सैनिक सेवाबाट निवृत्त भएका थिए। नेपाल टेलिभिजन स्थपाना भएपछि उनले त्यहाँ ‘शाही नेपाली सैनिक’ कार्यक्रम सञ्चालनको मौका पाए। त्यसअघि नै रेडियो नेपालमा उनले सोही नामको कार्यक्रम संचालन गरिसकेका थिए। सैनिक सेवामा हुँदा नै उनले ‘के घर के डेरा’ लगायत आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थिए। थापाले करिब ६७ वटा ठूला फिल्म, १०० भन्दा बढी टेलिफिल्म र
More