Daily Archives 15th June 2018

कर्णालीको बजेट रु २८ अर्ब २८ करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेटमध्ये चालू खर्चतर्फ रु छ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ रु २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार छुट्याइएको जानकारी दिनुभयो । बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रु ५० करोड, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहेको रु ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत प्राप्त हुने रु पाँच अर्ब ५१ करोड ६६ लाख १५ हजार, वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु
More

ईजिप्टबिरुद्ध ०- १ गोलले उरुग्वे विजयी

काठमाडौं । विश्व कप फुटबलको दोस्रो दिनको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । विश्व कपको दोस्रो दिनको पहिलो खेलमा ईजिप्ट भर्सेस् उरुग्वे बिच भएको खेलमा ईजिप्ट बिरुद्ध १ गोल लगाउदै उरुग्वे विजयी भएको हो । त्यस्तै आज राति ८: ४५ बजे बेलुकी मोरक्को भर्सेस् इरानको खेल हुँदै छ भने ११: ४५ बजे पोर्चुगल भर्सेस् स्पेनको खेल पनि हुँदैछ ।
More

सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव

रौतहट । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुझाव दिनुभएको छ । गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न आत्तिन सुझाव दिनुभएको हो । देश विकासका निमित्त जनताले दिएको बहुमतको कदर गर्न तथा दुईतिहाईको शक्ति नदेखाउन समेत उहाँले सरकारलाई सुुझाव दिनुुुभयो । वर्तमान सरकार कसैको विरोधमा नरहेको बताउँदै नेता नेपालले देशको विकासमा हातेमालो गर्न कांग्रेसका नेताहरुलाई आग्रह गर्नुुभयो । ओली सरकार नयाँ नयाँ योजना ल्याएर किसान तथा गाँउको विकास गर्न तल्लिन रहेको
More

गर्भवतीको हत्या, शव कुहिएर गाउँमै दुर्गन्ध

राजविराज । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ । राजविराज नगरपालिका–१५ मुसहर्नियाकी १७ वर्षीया बेचनीकुमारी साहको हत्या भएको र हत्या गरी ट्वाइलेटको रिङले छोपिएको अवस्थामा आज शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताउनुभयो । गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाउँमै दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङले छोपिएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा
More

सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार बुटवलले जनाएको छ । वनबाट गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई वर्षदेखि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।
More

ट्रयाक्टर चलाएर उद्घाटन

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको धान जोन कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा इन्द्रेणी सहकारी संस्थालाई अनुदानमा उपलव्ध गराएको ट्रयाक्टर चलाएर उद्घाटन गर्दै नगरप्रमुख असोक चन्द । तस्बिर: राजेन्द्रप्रसाद पनेरु
More

नेकपाको पहिलो स्थायी कमिटी बैठक भोलि शनिबार

काठमाडौं । एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो । इदको शुभकामना नेकपाका महासचिव पौडेलले आज विज्ञप्ति जारी इस्लाम धर्मावलम्बीको महान् पर्व हिजरी १४३९ इद उलफित्रका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ
More

लमजुङ दूधपोखरी ताल आयो बजारमा (भिडियो)

काठमाण्डौ – कलाकार महेन्द्र न्यौपानेले लमजुङ दूधपोखरी ताल बोलको लोकगीत बजारमा ल्याएका छन् । महेन्द्र न्यौपाने र मञ्जु बि.क.को आवाजमा रहेको सो गीतको शब्द पनि महेन्द्रले नै लेखेका हुन् । प्रदेशी कलाकार सुर्य खड्काले लय सिर्जना गरेको उक्त गीतमा चर्चित मोडेल प्रकाश सपुत तथा करिष्मा ढकालको अभिनय रहेको छ । उक्त गीतलाई निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् भने सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादनमा गोरक्ष म्युजिक प्रा.लि.ले उक्त गीतलाई शुक्रबार बजारमा ल्याएको हो ।
More

बाल विवाहकर्ता भारतीय युवक पक्राउ

इटहरी – बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ परेका छन् । उनलाई सुनसरीको भण्टाबारी प्रहरीले बिहीबार नियन्त्रणमा लिई कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवामा ल्याइएको प्रहरीले बताएको छ । गत जेठ ६ गते देवु मुखियाका छोरा रामकुमार मुखियाले सप्तरी जिल्लाको तिरहुता गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग आमाबाबुको मञ्जुरी विना बिवाह गरेर भारतको विहारस्थित घरमा पु¥याएको र बालिकाले त्यसलाई इन्कार गर्दै त्यहाँबाट भागेर नेपाल—भारत सीमा नजिक भण्टाबारी आईपुग्दा उनलाई ललाइफकाइ घरतिर लैजाने कोसिस गर्दैगर्दा प्रहरीले ती दुवैलाई फेला पारेको बताइएको छ । बालिकाले
More

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

साल्मेडाँडा । कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको हो । तीनसय रोपनी जग्गामा निर्माण गरिने स्मारकमा भौतिक संरचना तयार गर्न कूल रु नौ अर्ब खर्च हुने र हालसम्म ब्रिटिश सेनामा कार्यरत नेपालीले रु नौ करोड तथा शहरी विकास मन्त्रालयबाट रु पाँच करोड रकम संकलन भएको स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले जानकारी दिनुभयो । रोजगारीको
More