Daily Archives 16th June 2018

अमेरिकामा एनआरएन विज्ञ सम्मेलन शुरु (फोटो फिचर)

लण्डन । गैरआवासीय नेपाली संघको आयोजनामा उत्तर अमेरिका क्षेत्रीय विज्ञ भेला शनिवार देखी शुरु भएको छ । आगामी अक्टोवर १२ र १३ मा नेपालमा विश्व विज्ञ भेला गर्ने पूर्व तयारी स्वरुप उक्त सम्मेलन हुन लागेको हो । विश्व विज्ञ भेला अघि विभिन्न क्षेत्रमा गरिने विज्ञ भेला अन्तरगर्त पहिलो उत्तर अमेरिका क्षेत्रवाट गर्न लागिएको गैर आवासीय नेपाली संघले जनाएको छ । एनआरएन अमेरिकाको स्थानीय व्यवस्थापनमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा शुरु भेलामा पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री डा. प्रकाश चन्द्र लोहनी, रेवती प्रसात भुषाल लगायतले सम्वोधन गर्ने आइसिसीका प्रवक्ता भुषण घिमिरेले जनाए । आइसिसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीको संयोजकत्वमा हुने
More

विश्वकप फुटबल क्रेज

विश्वकप फुटबल चलिरहँदा विभिन्न देशका जर्सी लगाएर काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा जम्मा भएका समर्थकहरु । तस्बिर: नवीन पौडेल
More

काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ : नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । “कम्युनिष्टहरुले काँग्रेसलाई अफ्यारो अवस्थामा पु-याएका छन्, यसको विरुद्धमा काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताउनुभयो । “काँग्रेसभित्र आन्तरिक झगडा गरेर बस्नुको औचित्य छैन, एक आपसमा
More

फ्रान्सद्वारा अष्ट्रेलिया २-१ ले पराजीत

काजन । विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गर्नुभएको थियो । खेलको पहिलो हाफमा बराबरी रहेको अष्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो । फ्रान्स विश्वकप फुटबलमा यस वर्षमात्र प्रयोगमा ल्याइएको भिएआर प्रणालीको माध्यमबाट आफ्नो पोल्टामा निर्णय पार्ने भाग्यमानी पहिलो टोली भएको छ । फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अष्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग
More

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ । नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताउनुभयो । ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए । घटनास्थलमा उद्धारका लागि प्रहरी,
More

भुमे नाच नाच्दै

काठमाडौंमा शुक्रबार आयोजना गरिएको मगर समुदायको भुमे पर्वमा भुमे (भुम्या) नाच पस्तुत गर्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर
More

ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्य प्यानल विजयी

काठमाडौं । ट्रेड युनियन कांगे्रसको अध्यक्षमा पुष्कर आचार्य प्यानल विजयी भएको छ । एक सदस्यबाहेक आचार्यको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदमा आचार्यले खिलानाथ दाहाललाई २ सय ८२ मत अन्तरले पराजित गरेका हुन् । आचार्यले ८१८ मत ल्याउँदा दाहालले ५२६ मत मात्र पाए । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । पौडेल समूहलाई अर्का नेता कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए । १७ पदाधिकारीसहित नयाँ नेतृत्व चयन भएको छ । युनियनमा १४२० मत रहेकोमा अधिवेशनमा १३ सय ९२ मत खसेको थियो । खुला केन्द्रीय सदस्यमा दाहाल समूहबाट धु्रवचन्द्र गौतम मात्र विजयी भए । आचार्य समूहबाट प्रमोद जोशी मात्र
More

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौ: महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट गर्नुभयो । कार्यक्रममा राजपाका नेता तथा प्रदेश नं २ का प्रदेश सांसद मनिषकुमार सुमनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो । सो अवसरमा विभिन्न दलका नेता र कार्यकर्ता राजपमा प्रवेश गर्नुभएको थियो ।
More

हकिङ्गसको अस्तु वेस्टमिनिस्टर आवेमा सेलाइयो

लण्डन । स्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइने भएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्र्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ । दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँको अस्तु सेलाउने कार्यक्रममा झण्डै एक हजार व्यक्तिको उपस्थिति रहेने पनि बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । हकिङ्गसको अस्तु सेलाउने कार्यक्रममा बीबीसीको नाटकमा हकिङ्गसको भूमिका खेलेका नायक वेनेडिक्ट कमरब्याच र अन्तरिक्ष यात्री टिम पिकको पनि उपस्थिति रहको थियो । अस्तुलाई सेलाउने काम सकिएपछि भौतिकशास्त्री हकिङ्गसको शब्द तथा ग्रीक संगीतकार
More

रोनाल्डो स्पेनलाई बाधक

मस्को । क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले विश्वकपमा स्पेनविरुद्ध पोर्चुगलले ३–३ को बराबरी नतिजा निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १–१ अंक साझेदारी गर्नु भएको हो । विश्व फुटबलमा रोनाल्डोले आफ्नो साख कायमै राख्नु भएको छ । रोनाल्डोको यो ह्याट्रीक विश्वकप फुटबलको ५१औं ह्याट्रिक हो । यसैबीच, समुह ‘ए’को खेलमा ईरानले मोरोक्कोलाई १–० गोलले पराजित गरेको छ । खेलको ९५औं मिनेटमा मोरोककोका अजिज भौहाडोजले आत्मघाती गोल गर्दा ईरान बिजयी भएको हो । मोरोक्कोले खेलमा पूर्ण नियन्त्रण गरे पनि हारेको हो । ईरानका तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए भने मोरोक्कोका १ खेलाडीले मात्र पहेंलो
More

सातवटै प्रदेश सरकारले बजेट ल्याए

काठमाडौं । सात वटै प्रदेश सरकारले आउने आर्थिक बर्षको लागी बजेट ल्याएका छन । सरकारले तय गरेको नीति तथा कार्यक्रम अनुरुप भिन्दाभिन्दै सिलिङमा प्रदेश सरकारले बजेट ल्याएका हुन । प्रदेश सरकारले उर्जा, पर्यटन र सडकलाई प्राथकता दिएका छन् । प्रदेश १ ले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले हिजो प्रदेशसभामा बजेट पेश गर्नु भयो । यस्तै, प्रदेश २ ले आर्थिक वर्ष २०७५-७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड
More

बाल यौन दुराचारमा संलग्न विदेशी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा जबर्जस्ती करणी गर्ने नेदरल्याण्डका ६६ वर्षीय पिट हेन भ्यान टेरविसगालाई बिहीबार ठमेलस्थित सात घुम्तीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले उनीसँगै रहेको अवस्थामा एक जना नेपाली बालकलाई समेत उद्धार गरेको छ । पक्राउ टेरविसगालाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । मुलुकी ऐनअन्तर्गत जबर्जस्ती करणीको महलअन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम ११ वर्ष
More

इद उल फित्रःदान, आशीर्वाद र नमाज

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् । शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । शनिबार बिहान नेपाली जामे
More