Daily Archives 18th June 2018

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा एनआरएन अध्यक्ष भवन भट्ट

लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार सुरु हुने चीन भ्रमण टोली जम्बो बनेको छ। भ्रमणमा एक सय १९ सहभागी हुने भएका छन्। जसमध्ये १ सय ११ जना नेपालबाट जाने छन्। भ्रमण टोलीमा ५४ जना व्यवसायी मात्र छन्। ४ मन्त्री र ९ सांसद नाम तय भएको छ। गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानेछन्। सो टोलिमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट पनि भ्रमण टोलीमा छन् । त्यस्तै सांसदहरु जनार्दन, शर्मा, जयपुरी घर्ती, बिशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र कुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी र सुरेन्द्र
More

इङ्गल्यान्ड विजयी

इङ्ग्लिस टिमका क्याप्टेन ह्यारी केनको दुई गोलको मद्दतले इङ्ग्ल्यान्ड समूह ‘जी’ मा ट्युनिसियासित अङ्क बाँड्नबाट जोगिएको छ। सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको इङ्ग्ल्यान्ड फिनिसिङमा असफल भइरहँदा ११ औँ मिनेटमा ह्यारी केनको गोलले अग्रता कायम गर्न सफल भयो। तर मध्यान्तरको पाँच मिनेट अगाडि इङ्ग्लिस डिफेन्डर वाकरले पेनाल्टी बक्समा गरेको च्यालेन्जका कारण ट्युनिसियाले पेनाल्टी पायो। फेरिजानी सासीले बटम कर्नर च्यापेर हानेको पेनाल्टीलाई गोलकिपर पिकफोर्डले सही अनुमान त लगाएका थिए। तर उनले बल छेक्न भने सकेनन्। यो विश्वकपमा अफ्रिकी टिमको यो पहिलो गोल पनि थियो। ठीक यस्तै खालको च्यालेन्ज ह्यारी केनलाई गरेवापत भने इङ्गल्यान्डले पेनाल्टी पाउन सकेन। मध्यान्तरपछि पनि इङग्ल्यान्ड गोल फर्काउन
More

सभापति देउवाको आक्रोस– आफू जित्न नसक्ने अरुलाई दोष दिने ?

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारबाही गर्दै पार्टीलाई एकढिक्का बनाउने अभियानमा आफू लागेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गरी छाड्ने चेतावनी दिए । उनले पार्टी एक हुनुको विकल्प नरहेको भन्दै कांग्रेसलाई अन्तरघातमुक्त पार्टी बनाउन आफू लागिपरेको बताए । ‘अन्तरघातीलाई कारबाही गर्ने, पार्टीलाई एक गराउने, सबैभन्दा ठूलो एक नम्बरको पार्टी बनाएरै छाड्ने मेरो अभियान हो’–उनले भने । ‘अन्तरघातमुक्त पार्टी बनाउनु छ । पार्टीलाई एक गर्नुछ’–सभापति देउवाले भने–‘उता दुईओटा पार्टी एकजस्तै भइसके । हाम्रो एउटा पार्टी दुईओटाजस्तो छ अनि कहाँ
More

पाँच जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न सामान लुटपाट गरेर फरार रहेका ६ जना अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका दीपक आचार्य, काठमाडौँका शिवबहादुर बस्ताकोटी, लमजुङका माधवप्रसाद न्यौपाने, स्याङ्जाका कृष्णराज पुरी, चन्द्रकान्त पुरी र रुकुमका गोविन्द मल्ल रहेका छन । असार २ गते म्याग्दीबाट ४५ किलोग्राम जंगली जडीबुटी, रु ६ लाख नगद, दुई तोलाको सुनको औँठी र तीन तोलाको सुनको सिक्री लुटेर फरार भएका उनीहरुलाई काठमाण्डौंबाट पक्राउ गरेको हो । उनीहरुबाट जंगली जडीबुटी ४५ केजी र लु३१प ४७८ नंको मोटरसाइकलसमेत बरामद गरेको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको
More

डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। अस्पतालले जारी गरेको विज्ञप्तिमा डा. देवकोटाको उपचारको क्रममा निधन भएको उल्लेख छ । बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो। उनी ६३ वर्षका थिए।
More

लण्डनमा रेलको ठक्करबाट तीनको मृत्यु

लन्डन । लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ । उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो । मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भन्नुभयो । अधिकारीहरू अहिले मृतकको पहिचान र घटनाबारे जानकारी लिन घटनास्थलमा पुगिसकेका छन् । दुर्घटनाबारे छानवीन जारी रहेकाले शहरी क्षेत्रबाट बाहिरिने र शहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध हुनेछ । छानविन सकिँदा वित्तिकै सेवा सुचालु हुनेछ ।
More

दुई दिवसीय प्रशिक्षण तथा सम्मान कार्यक्रम

नेपाल दलित संघ जिल्ला कार्य समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिवसीय प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइरालालगायत अतिथिहरु । तस्वीर: नारायण अधिकारी
More

चीन भ्रमणबारे प्रधानमन्त्रीबाट सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताउनुभएको छ । चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा भोलिदेखि हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिदैं उहाँले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छाँै, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीन विरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनाँै, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो,
More

एकैसाथ देह त्याग र अन्यत्येष्टि पनि !

गुल्मी । छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्बन्ध स्थानियले असफल पार्न खोजेपछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा हत्या गरेका छन् । झिम्रुक गाउँपालिका वडा नम्वर- ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ । शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण आईतबार सहमति जुटेपछि मात्र बाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शब बुझि उनिहरुको अहिले एकैसाथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ । यता नजिकै प्रेमी बनेका दाजुको शब र उता प्रेमिका बनेकी बहिनीको शबमा दुबैका परिवार जनले
More

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी हुनुहुन्छ । त्यस्तै बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधि छ वर्ष कायम भएको छ । गोलाप्रथाद्वारा परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम
More