Daily Archives 24th June 2018

पानामाविरुद्ध इंगल्यान्डको शानदार जित

इग्ल्यान्ड–६, पानामा–१ काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा पानामाविरुद्ध इग्ल्यान्डले सानादार जित निकालेका छ । जीतसँगै इग्ल्याण्ड टोली शीर्ष १६ टोलीमा पुगेको छ । कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्डले पनामाको पोष्टमा गोलको बर्षा नै ग-यो । इंग्ल्याण्डले पनामालाई ६-१ को फराकिलो अन्तरले हराउँदा केन जारी रुस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी पाँच गोल गर्ने खेलाडी बनेका छन् । खेलको आठौ मिनेटदेखि नै गोल गर्न थालेको इंग्ल्याण्डले आफ्नो गोल अभियानलाई खेलको ६२ औ मिनेटसम्म जारी राखेको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले खेलको २२ , ४६ र ६२ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै जोन
More

१४ बुँदे सम्झौता ऐतिहासिक उपलब्धि : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे । स्वदेश फिर्तापछि विमानस्थलमै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले भ्रमण निकै उपलब्धिमूलक र ऐतिहासिक भएको दाबी गरे । उनले चीनसँग भएको १४ बुँदे सम्झौताले धेरै विषय प्रस्ट पारिसकेको भन्दै नेपालको विकासमा चीनले पूर्णसहयोग गर्ने आश्वासन दिएको बताए । उनले सबै छिमेकीसँग सुमधुर सम्बन्ध विस्तार गर्न सरकार क्रियाशील हुने र सबैसँग समान व्यवहार गर्ने स्पस्ट पारे । प्रधानमन्त्रीसँग स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण सोचेभन्दा
More

पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि यौन शोषणको आरोप

रुकुम । यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो विकलाई त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत जेठ २२ गते प्रहरीले पक्राउ गरेको थियो । आफूलाई जबरजस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई पक्राउ गरिएको थियो ।
More

बर्न्टओकवासीको ‘समर बार्बेक्यु’

लन्डन । मिडलसेक्सस्थित बर्न्टओकमा बसोबास गर्ने नेपालीहरुले लण्डनबाट नजीकै रहेको सेन्ट एल्बान्सस्थित भेरुलमियम पार्कमा हिजो शनिबार रमाइलो गरे । बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै डेढसय नेपालीहरुले सपरिवार बार्बेक्यु, नाचगान, म्युजिकल चेयर, राफल ड्र लगायतका कार्यक्रमहरु गरी रमाइलो गरेका थिए। वनभोज कार्यक्रममा भूतपूर्व गोर्खा सैनिक तथा परिवार, आमा समूह तथा युवा समूहका सदस्यहरु लगायत सहभागी भएका थिए। उक्त अवसरमा बोल्दै समाजका अध्यक्ष उदय गुरुङले बर्न्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो। उहाँले संस्थाले युवाहरुकालागि फुटबल तथा साना नानीहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गरी नेपाली कला तथा संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने काम
More

भूमि सुशासनसम्बन्धी ‘मोबाइल एप्लिकेसन’को शुरुआत

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र, सेवाग्राहीले सेवा लिँदा पेश गर्ने निवेदनका ढाँचा, सम्बन्धित नीति नियम र कानूनबारे जानकारी, भूमि शब्दकोष, नापी क्यालकुलेटरलगायत सुविधा समेटिएका छन् । सो अवसरमा मन्त्री खनालले मन्त्रालयले जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी गुनासा सम्बोधन गर्न आफू क्रियाशील रहेको बताउनुभयो । एप्लिकेसन सानो शुरुआत भए पनि सेवाग्राहीका लागि महत्वपूर्ण रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सेवाग्राहीले जतिबेला जहाँ
More

तमुवान–मगराँतको माग

प्रदेश–४ लाई तमुवान–मगराँत नामाकरण गर्न माग गर्दै तमुवान मगराँत संयुक्त संघर्ष समितिले आइतबार पोखरामा धर्ना बस्दै । तस्बिर : वासुदैव पौडेल
More

दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनको एकता दुई साताभित्र हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई संस्थागत गरेर सञ्चालन गर्न र जनतामाझ जानका लागि पहिलेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्तरगतका दुई जनवर्गीय संगठनबीचको एकता आवश्यक रहेको बताउनुभयो । जनताको चाहना र कार्यकर्ताको विश्वासका कारण दुई पार्टीबीच एकता भएको भन्दै नेता नेपालले यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताउनुभयो । जनवर्गीय संगठनलाई चलायमान बनाउन एकता आवश्यक रहेको उहाँको भनाइ थियो । जनताले धेरै ठूलो आशा र भरोसा कम्युनिष्ट एकता र अहिलेको
More

नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म सेनाको मेजर हुँ भने पनि उहाँले परिचय
More

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ – मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट रु तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको आरोप स्थानीय गणेश दाहालको छ । उहाँले भन्नुभयो– “छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ तर कतै दुई
More

गोर्खा वेलफेयरद्वारा विद्यालय निर्माण

बागलुङ । गोर्खा वेलफेयर ट्रष्टले यहाँस्थित विद्यामन्दिर माध्यमिक विद्यालयमा आठ कोठे पक्की भवन निर्माण गरेको छ । ट्रष्टले भूकम्प प्रतिरोधी दुई तले उक्त भवन शनिबार विद्यालयलाई हस्तान्तरण गरेको छ । भवन हस्तान्तरण गर्दै ट्रष्टका डेपुटी डाइरेक्टर जोन ह्वाइटले स्वयंसेवी रुपमा आर्थिक सहयोग जुटाएर भवन बनाएको बताउनुभयो । उहाँका अनुसार विद्यालय भवन निर्माणको लागि इङ्ल्याण्डकी मारगरेट यमी फिलिप्स्को छोरीहरुले सघाएका थिए । “भूकम्पपछि करीब ११ हजार निजी घर निर्माण गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले विद्यालय भवन निर्माणमा पनि जुटेका छौँ ।” देशभर गरी भूकम्पले क्षति पु-याएका ३४ वटा विद्यालय भवन निर्माण गरिएको ट्रष्टले जनाएको छ । जिल्ला शिक्षा समन्वय एकाइ बागलुङका
More