Daily Archives 25th June 2018

सुनकान्डका ११ अभियुक्त उच्च अदालत पुगे

विराटनगर । साढे ३८ क्विन्टल सुन तस्करी र मोरङ, उर्लाबारीका सनम शाक्य हत्या मुद्दाका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध सोमबार उच्च अदालतमा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडीआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, चूडामणि उप्रेती ‘गोरे’का सहयोगी टेकबहादुर मल्ल, नेपाल एअरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीरप्रसाद तोलांगेलगायतले साधारण तारेखमा छाड्न माग गर्दै वकिलमार्फत् उच्च अदालत विराटनगरमा निवेदन दिएका हुन् । उनीहरुविरुद्ध संगठित अपराधअन्तर्गत् आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक
More

संझौतापत्र आदान प्रदान

धानबाली अनुसन्धान र विकासका लागि अन्तर्राष्टिय धानबाली अनुसन्धान केन्द्र (इरी)का महानिर्देशक म्याथ्यू मोल र कृषि, भूमि व्यवस्था एवं सहकारी मन्त्री चक्रपाणी खनालबीच सोमबार संझौतापत्र आदान प्रदान गर्दै । तस्बिरः राजाराम कार्की
More

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गर्नुभयो । डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चालन गर्न र ‘सिन्डिकेट’लाई पूर्णरुपमा अन्त्य गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउन बजेटको व्यवस्था गर्न पनि उहाँहरुले माग गर्नुभयो । आजको छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिनुभएको थियो ।
More

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन : टेलिकम

काठमाडौं । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताउनुभयो । “प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उहाँले भन्नुभयो । ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।
More

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेडसिट उपलब्ध गराइएको र छानबिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।
More

बोस्टनमा नेपाली कक्षा र नेपथ्य

बोस्टन (म्यासाचुसेट्स) । केहि दिनअघि बोस्टन विमानस्थलमा ओर्लनेबित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङ सोझै एमआइटीको (म्यासाचुसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजी) परिसरमा पुगे जहाँ केहि जागरुक स्वयंसेवीले यस भेगका नेपाली केटाकेटीहरुका निम्ति आफ्नो भाषाको कक्षा चलाइरहेका थिए । ‘यस्तो पर पनि मातृभाषा सिक्न चाहने यति विघ्न नेपाली फूलहरु फक्रिरहेको देख्दा असाध्यै खुशी लाग्यो,’ अमृतले भनेका थिए, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाइहरुका हजुरबुवा हजुरआमा वा अन्य आफन्तसँग जब कुराकानी गर्न सक्नुहुनेछ, त्यतिबेलै यसको महत्व बुझ्नुहुनेछ ।’ त्यसको एक सातापछि नै अमृत आफ्नो नेपथ्य टोलीका साथ शहरकै मध्य भागमा रहेका ‘रोयाल बोस्टन’ हलमा आफूलाई फरक नेपाली जमातका माझ प्रस्तुत गरिरहेका थिए ।
More

International Yoga day celebrated in Reading

International Yoga Day was celebrated organising walking in the park, practice of yoga, talks and discussion in Reading on Saturday under the joint auspices of Greater Reading Nepalese Community Association and Yoga group Reading. International Yoga Day (IYD) is being celebrated across the globe on 21st June since 2015 after the United Nations declared this day as Yoga Day in view of excellent health benefits of this ancient Hindu Vedic tradition. This year’s theme is Yoga for ‘peace.’ Almost all the countries around the globe except some conflict-ridden countries like Yemen and Syria, have been celebrating this day due to
More

गलेश्वर वृद्धाश्रममा स्वास्थ्य परीक्षण

गलेश्वर वृद्धआश्रममा रहेका ९२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै बेनी अस्पतालका चिकित्सक विराट शर्मा । अधिकांश वृद्धवृद्धामा प्रेसर र सुगरको समस्या देखिएको चिकित्सकले बताएका छन् । तस्वीर: धु्रबसागर शर्मा
More

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उहाँले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गर्नुभयो । पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पु-याउन सकिने बताउनुभयो । नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उहाँले गतिशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता नेपालले भन्नुभयो, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै
More

करीब १७ सय कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७४-७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार ११९ जना र पोशाक नलगाउने ५४९ जना रहेका छन् । कारवाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् । उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समय पालना नगर्ने
More