Daily Archives 26th June 2018

युरोप कांग्रेस भेला २१ जुलाईमा

लन्डन । युरोप स्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भेला आयोजना गरिने भएको छ । जनसम्पर्क समिती युरोपको आयोजनामा सो भेला २१ जुलाईमा हुने भएको हो । भेलालाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सम्बोधन गर्ने समितिका महामन्त्री गंगाधर गौतमले जनाए । सो भेलामा युरोप स्थित जनसम्पर्क समितिका अध्यक्ष, निबर्तमान अध्यक्ष पुर्व अध्यक्षलाई समेत आमन्त्रण गरीएको छ । पोर्तुगलको लिस्वनमा आयोजना हुने सो भेलामा समितिको अधिबेशन बारे प्रमुख अजेण्डा माथि छलफल हुने बताएको छ ।
More

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता

लण्डन । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ । मङ्गलबारको संसद बैठकमा बेलायती संसदका सभामुखले बहिर्गमनका लागि भएको बहसपछि बिधेयक पारित भएको घोषणालाई कन्जर्भेटिभ पार्टीका सांसदहरूले भव्य तालीको गडगडाहटबाट स्वागत गर्दै खुशीयाली मनाएका थिए । सभामुख जोन बर्कोले भन्नुभयो, जसले बेलायतलाई इयूको सदस्यताका लागि बाटो खोलेको यूरोपेली सदस्य राष्ट्रसम्बन्धि ऐन (१९७२), जसलाई बेलायतको इयूबाट बहिर्गमनका लागि खारेज गर्न प्रस्ताव गरिएको थियो, ले महारानी एलिजावेथ द्वितीयबाट स्वीकृत भएको छ । अब विधेयकले कानूनी हैसियत प्राप्त गरेको छ । विधेयकले दशकौँको यूरोपेली कानूनलाई बेलायती कानूनी कितावमा रहेको
More

ठमेलको सडक

ज्याठाबाट ठमेल प्रवेश गर्ने सडक मेलम्ची पानीको पाइप लाइन र सडक ढलको मर्मत व्यवस्थापन कार्य भइरहेका सडकमा बिक्रीका लागि राखिएको विभिन्न देशको जर्सि लगायत अन्य कपडाहरु । तस्बिर : प्रदीपराज वन्त
More

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ । बिहान ५:२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३:५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । पहिरो पन्छाउन बिहान ८:३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ । सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा
More

आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पाँच हजार भत्ता उपलब्ध गराइने

काठमाडौं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले सो मन्त्रालयमाथि सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताउनुभयो । ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उहाँले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने, बीमा तथा समाजिक सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । मन्त्री थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले विशेष
More

प्रधानमन्त्रीले सांसद र कार्यकर्तासँग नियमित भेटघाट गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्नुहुने भएको छ । साप्ताहिक रुपमा हरेक शुक्रबार उहाँले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नेकपाका संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्नुहुनेछ । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन बिहान
More

सांसद डा. पाठक लण्डन आउने

लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् । डा. पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत आउन लागेका हुन् । जुलाईको तेस्रोसाता लण्डन आइपुग्ने पाठकले वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने छन् । नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, संघका अध्यक्ष भवन भट्ट लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ । कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया व्यक्तित्वको रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।
More

 मेरिल्यान्डका उपप्रमुख  सिटौला क्यालिफोर्नियामा अभीनन्दित 

अमेरिकी  स्थानिय सरकारमा निर्वाचित नेपाली मूलका प्रथम व्यक्ती इन्डियन हेड नगरपालिका, मेरिल्यान्डका उप प्रमुख किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित हुनु भएको हो। उहाँलाई नेपालीहरुकोअन्तर  राष्ट्रिय संस्था नेपाल विश्व सहयोग संघले उहाँले नेपाली जातिको प्रतिष्ठा बढाउने र नेपालीहरु माझ उत्कृष्टउदाहरण पेश गर्नु भएकोले   क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बेको  रिचमन्ड शहरमा एक बिशेष समारोहविच अभिनन्दित गरेको हो। अभिनन्दन पत्रमा उहाँलाई उत्कृष्ट उपलब्धीहरुको लागि बधाई दिँदै अमेरिकि शक्तिको प्रतिक क्यापिटल हिलसम्म पुग्न सफलता मिलोस भन्ने शुभकामना समेत  व्यक्त गरिएको छ, र सो सत्प्रयाशको लागि संस्था सदैव उहाँको साथ रहने प्रतिवद्दता समेत व्यक्त गरिएको छ। नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सो अभिनन्दन पत्र पढ्नु भएको थियो भने नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका वरिष्ठ उपाधक्ष इश्वर सिटौलाले उत्तर क्यालिफोर्नियाका नेपाली संघ संस्थाहरुको तर्फबाट  उप मेअर सिटौलालाई   खादा लगाएर सम्मान गर्नु भएको थियो। सो अभिनन्दन पत्र पश्चिम अमेरिका नेपाली महासंघ वाना तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितीका अधक्ष उत्तम
More

लागु औषध दुरुपयोग विरुद्धको दिवस

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौँमा मंगलबार नाटक प्रस्तुत गर्दै कलाकार । तस्बिर : प्रदीपराज वन्त
More

चीन भ्रमण उपलब्धिपूर्ण र सफल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा यही असार ५ गतेदेखि १० गतेसम्म आफूले गरेको छदिने औपचारिक चीन भ्रमणका बारेमा जानकारी दिँदै उहाँले सरकारको प्रमुख कार्यसूचीका रुपमा रहेको आर्थिक समृद्धिलाई अगाडि बढाउन चीन सरकारसँग महत्वपूर्ण कुराकानी भएको जानकारी दिनुभयो । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङ, समकक्षी लि खछ्याङ, चिनियाँ जनकंग्रेसका प्रमुख तथा तिब्बत सरकारका प्रमुखसँग भेटवार्ता भएको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्व, आर्थिक समृद्धिको दिशामा भ्रमणले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । हिमालय
More

एनआरएन आयरल्याण्डले नर्दन आयरल्याण्ड ४ गोलले हरायो

लण्डन । सोमबार बेल्फास्टकको ओजोन पार्क मैदानमा भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय सामन्वय परिषद (एनआरएनए एनसीसी) आयरल्याण्ड र नेपाली समाज नर्दन आयरल्याण्ड बीच मैत्रीपुर्ण फुटबल ११ ( साइड) खेल सम्पन्न भयो। एनआरएनए एनसीसी आयरल्याण्ड नेपाली समाज नर्दर्न आयरल्याण्डसँग ४ गोलले बिजयी भएको छ। एनआरएनए एनसीसी आयरल्याण्डको तर्फबाट पहिलो गोल, कप्तान दीपक कार्कीले गर्नु भएको थियो भने बाकी गोल क्रमस सुनिल गौतम, हेम छ्यन्ताल र प्रदिप काजी श्रेष्ठले गरे। यस्तै नेपाली समाज नर्दन आयरल्याण्डको तर्फबाट तेज रेग्मी र गौरव सापकोटाले क्रमस गोल गरेका थिए। एनआरएनए एनसीसी आयरल्याण्डका कप्तान दीपक कार्कीले यो खेल एउटा भिन्न र रमाइलो अनुभन रहेको बताए। कार्यक्रम पश्चात
More

एनआरएनको वैदेशिक रोजगार राहत कोष उपसमितिको पहलमा वैदेशिक रोजगार सम्बन्धी छलफल

काठमाडौं । गैर आवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोष उपसमितको पहलमा वैदेशिक रोजगार सम्बन्धी एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रम वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित तथा मर्यादित बनाउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको थियो । यसै विषयमा आधारित भएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षले वैदेशिक रोजगारको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनका लागि सरोकारवाला संघ संस्थाहरुसँग छलफल गरिरहेको बताउनुभयो । अधिकाशं मुलुकहरुसंग श्रम सम्झौता नभएको कारणले वैदेशिक रोजगारमा जानेहरु गन्तव्य मुलुक पुगे पछि विभिन्न प्रकारका समस्या भोग्न बाध्य भएकाले नेपाल सरकारले विशेषत मध्यपूर्वका श्रम सम्झौता नभएका मुलुकहरुसँग श्रम सम्झौता गरेर श्रमिकहरु पठाउंदा बढी सुरक्षित हुने जानकारी गराउनुभयो ।
More

एनआरएनद्धारा चितवनका विद्यालयहरुमा विद्युतीय पुस्तकालय स्थापना

चितवन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को लाईब्रेरी परियोजना अन्तर्गत नेपाल लाईब्रेरी फउण्डेसनको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं १ देवाघाटमा अवस्थित भरतपुरको एक मात्र संस्कृत विद्यालय सीताराम संस्कृत माध्यमिक विध्दायलयमा विद्युतिय पुस्तकालय समुद्घाटन कार्यक्रम सम्पन्न भयो । यस पुस्तकालयको समुद्घाटन गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापा र सहकोषाध्यक्ष एवं नेपाल लाईब्रेरी फाउण्डेसनका अन्तर्राष्ट्रिय संयोजक सोमनाथ सापकोटाले संयुक्त रुपमा गर्नु भएको थियो । समुद्घाटन सत्रमा नेपाल लाईब्रेरी फाउण्डेसनका अन्तर्राष्ट्रिय संयोजक सोम नाथ सापकोटाले गैरआवासीय नेपाली संघले शिक्षा क्षेत्रमा गरेका गतिविधिहरु बारे प्रकाश पार्नु भएको थियो । साथै उहाँहरुले गैरआवासीय नेपालीहरुको सहयोगमा यस्तै प्रकारको पुस्तकालय नेपालका ४० जिल्लाका १३०
More

मिटर ब्याजका नाईके सिंहको हतियार खोसियो

काठमाण्डौ – प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ।महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान लाईसेन्सधारी हतियार खोसेको हो। अपहरण तथा शरिर बन्धक र बन्यजन्तु चोरी निकासी मुद्दामा कारवाही भोगेका सिंहले काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हतियार राखेका थिए । चक्रिय प्रणालीमा रकम लगानीगर्ने सिंहले हतियारको बलमा सर्वसाधारणमा त्रास फैलाउदै आएका थिए।
More

‘नेप्लिज एकाउन्टेन्टस् यूके’को स्थापना

लण्डन । बेलायतमा नेपाली युवाहरुले ‘नेप्लिज एकाउन्टेन्टस् यूके’ नामक संस्थाको स्थापना गरेका छन्। एकाउन्टिङको क्षेत्रमा कार्यरत नेपाली युवाहरुले सो संस्थाको स्थापना गरेका हुन्। आइतबार लण्डनमा आयोजित भेलाले सो संस्थाको संयोजकमा सरोज सापकोटालाई चयन गरेको छ। भेलाले ९ सदस्य रहेको कोअर्डिनेसन समिति पनि निर्वाचित गरेको छ जसको सहसंयोजकमा राजेन्द्र सुवेदी, सचिवमा शशिधर नेपाल र कोषाध्यक्षमा सुरेन्द्र ढुंगानालाई निर्विरोध चयन गरेका छन्। पाँच जनालाई कार्यगत उपसंयोजक तोकिएको छ जसमा कृष्ण प्रसाद खतिवडा, सुरेन्द्र थपलिया, समिर प्याकुरेल, प्रेम सुहांग र लेखनाथ घिमिरे रहेका छन्। बेलायतमा क्रियाशील नेपाली प्रोफेसनललाई संगठित गर्ने, उनीहरुको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने, पेशाकर्मीबीचको सम्बन्ध र सहकार्य बढाउने लगायतका
More

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर – घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिनुभयो । “बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भन्नुभयो, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उहाँले बताउनुभयो । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार
More

चीन अमेरिका व्यापार विवाद रोकिएन

वासिङ्टन – गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् । संयुक्तराज्य अमेरिका र चीनका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ । अमेरिका विश्वको पहिलो र चीन दोस्रो ठूलो अर्थतन्त्र हो । यी दुई ठूला अर्थतन्त्रबीच पछिल्लो समयमा व्यापार विवाद शुरु भएको हो । यो विवाद समाधानको सट्टा बरु झन ठूलो खिचातानी जारी रहेको बताइन्छ । कतिपय आर्थिक विश्लेषकहरूले त यसलाई एक किसीमको व्यापार युद्धको संज्ञा समेत दिएका छन् । उनीहरू भन्छन्– पछिल्लो समयमा विवाद प्रतिदिन बढ्दै छ
More

अर्जेन्टिनाको भाग्य परिक्षा आज

काठमाडौं । विश्वकप फुटबलमा मंगलबार पनि चार खेल हुँदैछन् । समूह सी का अन्तिम दुई खेल बेलुकी ७:४५ बजे हुनेछन् । यो समयमा अष्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्क भिड्दै छन् । लगातार दुई जितसहित फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने ४ अंकको डेनमार्क र १ अंकको अष्ट्रेलियामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । डेनमार्कको ४ अंक भए पनि प्रतिद्धन्द्धी फर्ममा रहेको फ्रान्स भएकाले जित कठिन छ । यो अवस्थामा अष्ट्रेलियाले बढी गोल अन्तरमा पेरुलाई हराउने हो भने राउन्ड अफ सिक्सटिनमा पुग्ने अवसर पाउने छ । त्यस्तै राति ११:४५ बजे समूह डी का अन्तिम दुई खेल हुँदैछन्
More

तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

जाजरकोट – चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि लिने गरेको थियो । गत वर्षको जेठ दोस्रो सातादेखि बन्द रहेको हवाईसेवा हालसम्म सञ्चालनमा नआउँदा यस क्षेत्रका सर्वसाधारण मर्कामा परेका हुन् । साढे चार करोड लागतमा चार वर्ष अघि चौरजहारी विमानस्थल कालोपत्रे गरिएको थियो । उडान बन्द हुँदा डोल्पा,
More

कुकुरलाई घरमै दिशा गराउन कामनाको आग्रह

काठमाडौं । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो । अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको
More