Daily Archives 27th June 2018

एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

लन्डन । स्थापनाको झण्डै डेढ दशकपछि गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेलाई एक च्यारिटी संस्थाका रुपमा दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । एनआरएन यूकेले प्रवक्ता रमेश सराङकोटीलाई संयोजक तथा सचिव तारानाथ भण्डारीलाई सहसंयोजक बनाएर च्यारिटी दर्ताको प्रक्रियालाई अघि बढाउन जिम्मेवारी समेत दिएको छ । एनआरएनको दायरा लगानी , दोहोरो नागरिकता लगायतका मुद्धामा मात्र सिमित छैन, च्यारिटीमुलक कार्यहरुमा पनि उत्तिकै सक्रियताका साथ संलग्न रहदै आएकाले च्यारिटी संस्थाको रुपमा दर्ता गर्नुपर्ने आवश्यकता महसुस भएको हो, च्यारिटी दर्ताको संयोजन गरिरहेका एनआरएन यूके प्रवक्ता रमेश सराङकोटीले भने । बेलायतको कानुनअनुसार कोष संकलन गरेर च्यारिटीमुलक कार्यहरु सञ्चालन गर्ने संस्था च्यारिटी संस्थाका रुपमा दर्ता भएको हनुपर्छ
More

जनसम्पर्क समिती बेल्जियमको समर भेला सम्पन्न

बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले हरेक बर्ष झैँ परोपकारी शिर्षकमा गर्दै आईरहेको समर बारबिक्यु कार्यक्रम यस बर्ष पनी नेपालका बृदाआश्रममा रहेका असहाय वुवा आमाहरुको सहयोगार्थ शिर्षकमा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिती बेल्जियमको आयोजनामा आइतबारको दिन बेल्जियमको लुभेन स्थित केसेलो पार्कमा एक खुल्ला बार्विक्यु कार्यक्रम सम्पन्न भएको छ। उक्त खुल्ला बार्विक्यु कार्यक्रममा सयौं नेपालीहरुको उपस्थिती रहेको थियो, नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुव राज पौडेल, पुर्व अध्यक्ष ज्युहरु ईन्द्र क्षेत्री पकवान, गंगाधर गौतम निबर्तमान अध्यक्ष शुभाष जोसी लगायत गैर आवासिय नेपाली संघका केन्द्रिय सचिव जानकी गुरुङ, केन्द्रिय महिला संयोजक रजनी प्रधान, युरोप संयोजक शिब कुमार बरुवाल, आईसीसी
More

शहिद परिवारले उपचार पाएनन, सरकारको ध्यनाकषर्ण

काठमाडौं । देशले लागि लडेका शहिद परिवारले उपचार नपाएर बिचल्लीमा परेका छन् । तनहुं जिल्लाको ऋषिङ्ग रानी पोखरी गाउपालिका ८ का नगेन्द्र श्रेष्ठको आमा पार्वती श्रेष्ठको २ महिना देखि उपचार हुन् सके को छैन । उनिलाई मस्तिष्कघात भइ उपचारको क्रममा टाउकोको सल्यकृया गरिएको छ । शहिद सरस्वतिकृष्ण श्रेष्ठकी धर्मपति श्रेष्ठलाई सरकारले विशेषगरी उपचार सहुलियत सहितको सुविधा नदिदा बिचल्लीमा परेकि हुन् । परिवारले उनको उपचारको लागि सरकारसंग माग गरेको छ । श्रेष्ठको उपचारमा मात्रै होईन १७ हजार शहिद परिवार उपचारमा सरकारले वास्ता नगरेको भन्दै परिवारले आकोर्स ब्यक्त गरेको छ । श्रेष्ठका छोरा नगेन्द्र श्रेष्ठले आमा जस्ता १७ हजार शहिद परिवारलाई सरकारले
More

आठ देशका नागरिक अमेरिका जान नपाउने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाउनुभएको थियो । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले
More

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र विकृति नियन्त्रण गर्न उक्त प्रणाली प्रभावकारी हुने बताउनुभएको हो । वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र मर्यादित बनाउन आवश्यक कानूनी सुधारको प्रक्रिया अन्तिम चरणमा पु-याइएको जानकारी दिँदै उहाँले आगामी वर्षमा कम्तीमा न्यूनतम एक लाख व्यक्तिलाई स्वदेशमै रोजगारी दिने र पाँच
More

किशोर श्रेष्ठविरुद्ध जथाभावी लेख्ने दुई पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठको मान प्रतिष्ठामा आघात पु-याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम र नवलपरासीका ३६ वर्षीय विष्णु ढकाललाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकामध्ये गौतमलाई टेकु र ढकाललाई नवलपरासीको सुनवलमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको हो । उनीहरुलाई विद्युतीय कारोबार ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौँमा अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई विद्युतीय कारोबार ऐन,
More

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो । सुन तस्करीमा उच्च राजनीतिक र प्रशासनिक क्षेत्रको संलग्नताबारे सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले उच्च निकायका व्यक्ति पनि अनुसन्धानको घेरामा आएका छन् तर अनुसन्धान जारी रहेकाले अहिले सबै भन्न स्पष्ट नसकिने जवाफ दिनुभयो । “भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अनुभूति हुने गरी कानूनी कार्यान्वयन गर्न सरकार कटिबद्ध छ”,
More

राजदूत नियुक्ती पारदर्शी हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूत नियुक्त गर्ने योजना सुनाए । नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकता दिएको दावी गर्दै उनले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि तयारीको काम भइरहेको पनि उल्लेख गरे । कालापानी, सुस्तालगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको काम अघि बढाएको जानकारी दिए । नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल भएको दावी पनि गरे
More

प्रधानमन्त्री ओली गद्दी बैठक अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार काठमाडौँको बसन्तपुरमा पुनःनिर्माण गरिएको गद्दी बैठकको उद्घाटनपछि अवलोकन गर्दै । तस्बिर : रोशन सापकोटा
More

जलेश्वरका सातजना वडाध्यक्ष आन्दोलनमा

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै आफूहरु नगरपालिकामा भइरहेको अख्तियार दुरुपयोग, मनपरि, अनियमितता र भ्रष्टाचारको विरुद्धमा आन्दोलनमा उत्रेको जनाएका छन् । आन्दोलनकारी वडाध्यक्षले प्रमुख रामशंकर मिश्रले आफूहरुको वडाभित्र एउटा चिमसमेत लगाउने अधिकार रहन नदिएको र वडाभित्र विभिन्न कार्यक्रम गर्दा आफूहरुसँग कुनै पनि सोधपुछ वा समन्वयसमेत नगरेको आरोप लगाएका छन्
More

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो । बिहान ६ः३० बजे सो ठाउँमा पहिरो खसेको थियो । पहिरो खसेको ठाउँको भित्तामा खुकुलो गेग्र्यान रहेकाले रोकथाम गर्न नसकिएको हो । खनालका अनुसार पानी पर्नासाथ पहिरो खस्ने गर्छ । सो सडकको अन्य भागमा पहिरो रोक्न काम भइरहेको भए पनि हाल प्रयोग भएका प्रविधिले त्यहाँ काम गर्न नमिल्ने उहाँले बताउनुभयो । भित्तामा खोपेर अड्याउन नमिल्ने भएकाले सो ठाउँमा काम गर्न नसकिएको हो । यसअघि पनि पानी
More

मोहियानी समस्या समाधान इकाई गठन

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो । मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ । मन्त्रालयले भूमिमा रहेको दोहोरो स्वामित्व अगामी एक वर्षभित्र अन्त्य गरिसक्ने लक्ष्यका साथ कार्य प्रक्रिया अघि बढाइएको छ । नेपाल सरकारको २०७४ कात्तिक २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय र भूमिसुधार कार्यालय नभएका जिल्लामा भूमिसुधारको समेत कार्य
More

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौँ – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष कडाइ गरिएको बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका रायलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमार्फत मुद्दा दायर गरिएको जानकारी दिनुभयो । रासस
More

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

होमप्रसाद लम्साल । अमेरिका – अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् । उनी माथिल्लो तहको निर्वाचनमा विजयी हुने पहिलो नेपाली हुन्। भण्डारी आज सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको जिल्ला ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राथमिक चुनावमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी अमेरिकन नागरिकलार्इ पछि पार्दै भण्डारी विजयी भएका हुन् । भण्डारी आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेद्धवार हुन पाउने छन् । डेमोक्र्याटहरुको बाहुल्यता भएको यस क्षेत्रबाट आगामी नोभेम्बरमा पनि आफु जित्नेमा भण्डारी ढुक्क छन् । विजयीभएपछि उनले भने यो
More

एसइइमा ९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौं । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ । त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९
More

मुग्लिन सडक बन्द र खुलाको जानकारी अब एसएमएसबाट

काठमाडौं । मुग्लिन सडक बन्द र खुला रहेको जानकारी अब एसएमएस मार्फत पाइने भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारणले दुःख पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै पाउन सकिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय टिभी र रेडियोसँगको सहकार्यमा एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताउनु भयो । उहाँका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताउनुभयो । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।
More

आजबाट देशभर मनसुन सक्रिय

काठमाडौं । आजबाट देशभर मनसुन सक्रिय हुने भएको छ । गएको ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई हप्ता वितिसक्दा पनि पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पोहोर भन्दा चार दिन अघि नेपालमा मनसुन प्रवेश गरेको बताएपनि मलुकभर फैलने समय भने लम्बिएको जनाएको छ । एक सातामा मुलुकभर फैलने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको मौसमविद् बरुण पौडेलले बताउनु भयो । नेपालमा औसतमा जुन १० मा मनसुन भित्रिने गरेको छ । गएको वर्ष जुन १२ मा मात्रै मनसुन सुरु भएकोमा यो वर्ष ८ जुनमै मनसुन
More

बीस हजार फैसला लेखिन बाँकी

काठमाडौं : मुलुकभरिका अदालतमा २० हजारभन्दा बढी फैसला लेखिन बाँकी रहेको देखिएको छ । पछिल्लो एक प्रतिवेदनअनुसार सर्वोच्च अदालतमा मात्रै अझै चार हजारको संख्यामा फैसला लेखिएका छैनन् । ‘छिटो र प्रभावकारी न्याय’को पञ्चवर्षीय रणनीतिक योजनालाई नै चुनौती दिने गरी न्यायपालिकाको माथिल्लो तह सर्वोच्च अदालतमै फैसला लेखन ढिलाढाला देखिएको हो । सर्वोच्चमा यस आर्थिक वर्षभित्र झण्डै एघार हजारको संख्यामा अन्तिम फैसला भएका थिए, जसमा सात हजार मात्र फैसला लेखिएका छन् । सर्वोच्चका सहरजिस्ट्रार लालबहादुर कुँवरले तयार गरेको खोज प्रतिवेदन अनुसार सर्वोच्चमा चार हजार, उच्च अदालतमा नौ हजार र जिल्ला अदालतमा सात हजार थान फैसलाहरू अझै तयार हुन सकेका छैनन् । पुरानो
More

प्रि–क्वाटरमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससँग

मस्को । समूहको अन्तिम खेलमा जीत निकाल्दै अर्जेन्टिना अघिल्लो चरणमा पुुगेको छ । अघिल्लो चरणमा अब अर्जेन्टिनाले फ्रान्ससँग खेल्ने छ । क्रोएसिया समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ । क्रोएसियाले दोस्रो चरणमा डेनमार्कसँग खेल्नेछ । अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै उपविजेताका रुपमा अघिल्लो चरणमा पुुगेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सी र मार्को रोजोले गोल गर्नु भयो । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दिलाएपनि पेनाल्टि पाएपछि नाइजेरियाले गोल फर्काएको थियो । मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डिबक्समा लडाएपछि मोसेसले पेनाल्टीमा गोल गर्नु भयो । तर मार्को रोजोले ८६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको संकट टार्नु भएको हो ।
More

गोल रक्षक परिवर्तन भएपछि अर्जेन्टिनाको भाग्य चम्कियो

काठमाडौँ । गोल रक्षक परिवर्तन भएको खेलले अर्जेन्टिनालाई सार्थकता दिलाएको छ। कठिन अवस्थामा संघर्षपूर्ण भिड्न्तपछि अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाएको हो। गएराति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। फ्रान्को अर्मानीको यस खेलनै अर्जेन्टिनाका तर्फबाट अन्तर्राष्ट्रिय डेब्यु खेल थियो। तर उनले आकर्षक बचाउ गर्न सफल भएपछि पनि अर्जेन्टिनालाई खेलमा निकै राहात मिलेको थियो। यसअघि क्रोएसियाविरद्धको खेलमा ३ गोल खाएका गोलरक्षक विली क्याबालेरो कमजोर भएका कारण परिवर्तन गर्नुपर्ने आवाज उठेपछि उनको स्थानमा अर्मानीलाई प्रतिस्थापन गरिएको हो। नकआउट चरणमा फ्रान्ससँग भिड्ने समुह डीमा ४ अंक सहित उपविजेता बनेको अर्जेन्टिनाले प्रि–क्वाटर फाइनल चरणमा बलियो प्रतिस्पर्धाी पाएको
More