Daily Archives 28th June 2018

एनआरएन मध्यपूर्वको छैठौ क्षेत्रीय सम्मेलन आगामी भदौ ८ र ९ मा

युएई । एनआरएनका विभिन्न क्षेत्रीय सम्मेलनको तयारी भइरहेका छन । अमेरिकामा हुन लागेको सम्मेलन नजिकिएको छ भने यूरोपमा हुने सम्मेलनको तयारी पनि तीब्रा पारिएको छ । त्यसैसिलसिलामा गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन भने आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा सो सम्मेलन गरिने भएको हो । सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली कामदारका विभिन्न विषयमा छलफल सहित घोषणापत्र जारी गर्ने एनआरएनए मध्यपूर्व क्षेत्रीय समितिका उपसंयोजक गोपाल कंडेलले जानकारी दिनुभयो । सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई
More

काठमाडौंका केही ठाँउमा फेरि विरोध प्रदर्शनमा रोक

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौंलगायत देशका विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाउनु परेको स्पष्ट पार्नु भएको छ । गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न पनि सरकारले काठमाडौंको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाइएको स्पष्टिकरण पनि दिनु भयो । काठमाडाैंमा विरोध प्रर्दशनका लागि निषेधित गरेको स्थानलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका भातृ संगठनहरुले सरकारको चर्को आलोचना गरिरहेका बेला उहाँले नागरिकको जीउ, धनको सुरक्षाको लागि पनि यसो गर्नु परेको तर्क गर्नु भएको हो । गृहमन्त्री थापाले सवारी आवागमनका कारण हुने दुर्घटनाबाट बचाउन काठमाडौंको माईतीघर मण्डलालाई विरोध प्रर्दशन गर्न निषेध गरिएको पनि
More

विषादीयुक्त मदिरा सेवनवाट छ जनाको मृत्यु

धनुषा । धनुषाको कमला नगरपालिकामा विषादियुक्त घरेलु मदिरा सेवन गरेका ६ जनाको मृत्यु भएको छ । कमलानगर पालिकाको सिंग्याही मडानमा विषादियुक्त घरेलु मदिरा सेवन गर्दा ६ जनाको मृत्यु भएको र ३ जना बिरामी परेका प्रहरीले बताएको छ । मृत्यु हुनेमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान रहेका छन् । त्यस्तै गंगा पासवान र वडा नम्बर ६ बस्ने ४५ बर्षका साबिर अन्सारी, राजबिर महतोको पनि मृत्यु भएको छ ।
More

घिमिरे सम्मानित

दमक पब्लिक लाइब्रेरीको सातौँ वार्षिक स्थापना दिवसका अवसरमा बिहीबार साहित्यकार झमक घिमिरेलाई दमक सम्मान–२०७५ द्वारा सम्मान गरिँदै । तस्बिरः यज्ञराज आङदेम्ब
More

पुस १६ मा पानी जहाज चढेर कोलकता जान प्रधानमन्त्रीको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत् जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आफूले नाकाबन्दीको युग समाप्त गरेको भन्दै उनले अबदेखि छिमेकी मुलुकको हेपाहा प्रवृत्ति सहन नपर्ने जिकिर गरे । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिए । विकासको बाधककारुपमा रहेका दूरदराजका बस्तीलाई सुगममा एकीकृत बस्ती निर्माण गर्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनसकेमात्र कम्युनिस्ट पार्टी एकीकरणको औचित्य पुष्टि हुने धारणा राखे
More

मानो रोपेर मुरी फलाउने दिन गए

वीरगञ्ज । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् । बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । “गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन,” पश्चिमी पर्सा जगरनाथपुरका हरि देवले भन्नुभयो, “आकाशे पानीको भरमा लगाइएको बेर्ना सुक्न थालेको छ ।” गत वर्ष साउन अन्तिम साता आएको बाढीले भारतीय क्षेत्रमा गण्डक नहर क्षतिग्रस्त बनाएपछि हालसम्म सो संरचना निर्माण नगरेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुवरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताउनुभयो । पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३०
More

मन्त्री अधिकारी विमान उद्घाटन गर्दै

नेपाल वायुसेवा निगमद्वारा खरिद गरिएको वाइड बडी ३३० विमान त्रिभुवन विमानस्थलमा बिहीबार अवतरणपछि उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी । तस्बिर : प्रदीपराज वन्त
More

कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । “नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ”,
More

सनातन धर्मसंस्कृति खतरामा

विन्दुकान्त घिमिरे दिवंगत चिकित्सक डा. उपेन्द्र देवकोटाका परिवार तथा आफन्तजनलाई समवेदना प्रकट गर्न दुरदराजबाट समेत सर्वसाधरणको ओहिरो लाग्यो । सात दिनसम्म उनको निवासमा थेगिनसक्नुको भीड जारी रह्यो । परिवार जन भन्दा पनि समवेदना प्रकट गर्न आउनेका आँखामा आँसु थिए । काजक्रियामा रहेका श्रीमती डा मधु , तथा छोरीहरु मेघा, वसुधा र मञ्जरीले समवेदना प्रकट गर्न आउने भक्कानिएका मनहरुलाई उल्टै संझाइरहेको देखिन्थ्यो । काज क्रियाको तेस्रो दिन एउटा यस्तो जमात ज्ञापनपत्र बोकेर आइपुग्यो कि त्यो जमातलाई देखेर समवेदना प्रकट गर्न आउनेहरुको भीड अझ स्तव्ध भयो । त्यो जमातमा केही पुरोहितहरु सामेल थिए । ती पुरोहितहरुको प्रश्न थियो–‘ १३ दिन लगाउनु पर्ने
More

कुलमान घिसिङलाई खुल्ला पत्र

नेपाल विद्युत प्राधिकरण प्रमुख आदरणीय कुलमान घिसिङ ज्यू , देशका हरेक क्षेत्रमा रहेर केही गर्ने र नेपाली जनताको भलो चिताउने अनि औँला भाँचेर गन्ने व्यक्तिमा तपाईँ अगाडि नै आउनुहुन्छ । लोडसेडिङको अन्धकारमा गुज्रिरहेको नेपाललाई ‘उज्यालो नेपाल’को अभियान बोकी सिङ्गो नेपाललाई नै लोडसेडिङमुक्त बनाउने पहल तपाईँले गर्नुभयो । साँच्चै त्यसको लागि खुलेर प्रसंशा गर्न मन लाग्छ ,जसको कारण तपाईँका फ्यानहरु पनि बढीरहेका छन् । देश बनाउने जिम्मा लिएका व्यक्ति भनेर कैयौँ पटक मिडियामा र सामाजिक सञ्जालहरुमा तपाईँको नाम आउँदा खुसीले बुर्कुसी मार्नेमा एक व्यक्ति म पनि पर्छु होला ! पछिल्लो समयमा प्रबल रुपमा बल्झिरहेको समस्यामध्ये विजुलीको तार छरपष्ट तथा नाङ्गो तारले
More

विश्वकप फुटबलमा समूह चरणका खेल सकिंदै

मस्को । विश्वकप फुटबलमा आज समूह चरणका खेल सकिंदैछन् । समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट अघिल्लो चरण पुग्ने १६ टोलीको टुंगो लाग्नेछ । आज बेलुकी पौने ७ बजे समूह ‘एच’ का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ । यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ । ३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ । पोल्यान्ड भने बाहिरिइसकेको छ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे
More

उत्तरी धादिङमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा पहिरो जाँदा तीन जनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ । उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको छ । सो पहिरोबाट एकजनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक
More

हामीलाई निर्णय गर्ने अधिकार भएनः उपप्रमुखहरु

काठमाडौँ – स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरुले अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । मनरा सिसवा गाउँपालिका महोत्तरीका उपप्रमुख रमिता प्रधानले महिला ल्याउनुपर्ने बाध्यताले मात्र उपप्रमुख पदमा ल्याइएको भन्दै आफूहरुको अधिकार पनि प्रमुखले प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई निर्वाचनमा सहभागी गराएर पनि अर्थपूर्ण निर्णय प्रक्रिया, स्थानीय सरकारको काम कर्तव्यबारे बुझाइएन, सबै काम प्रमुखले गरेपछि उपप्रमुख नामका मात्र भएको अवस्था छ ।” पहिलेदेखि राजनीतिमा नभएकाले महिलालाई जनप्रतिनिधि हँुदा चुनौती भएको उल्लेख गर्दै नेतृत्व अभिवृद्धि, कार्यक्षमता विकासका तालीम आवश्यक भएको उहाँको भनाइ छ । कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले उपप्रमुखलाई कुनै पनि निर्णय गर्ने अधिकारबाट वञ्चित गरिएको
More

सरकारको लापारबाहीको कारण जनता दिक्क

सरु पौडेल , काठमाण्डौ – सिंहदरबारको दक्षिण गेटसाइडमा नाङ्गो तारलाई रबरप्लान्टको रुखले छोएको वर्षैँ बितिसकेको छ । स्थानीयबासीले पटकपटक विद्युत प्राधिकरण , महानगरपालिका तथा अन्य सरोकारवाला निकायलाई समेत जानकारी गराए तर कुनै पनि सरोकारवाला निकायले त्यसको वास्ता गरेनन् । यतिसम्म कि सिंहदरबार भनेको सिङ्गो देशकै प्रशासनिक निकाय हो, जुनसुकै मन्त्रीदेखि कर्मचारीहरु त्यही बाटो भएर गाडिमा सरर कुद्छन् अथवा पैदल हिँड्छन् तर त्यसतिर न कुनै मन्त्रीको ध्यान गयो ,न कर्मचारीको , न विद्युत प्राधिकरणको नै । पानी परेको बेलामा वा चर्को घाम लागेको बेला मानिसहरु त्यही रुखको ओत लाग्छन् , दैनिक रुपमा हजारौँ मानिसहरु पैदल हिँड्ने यो बाटोमा नै त्यो रुख
More

प्रदेश सभा बैठक सञ्चालन

धनगढी – बजेट ल्याउँदा भएका कमीकमजोरी सच्याउँदै प्रतिपक्षीको भावनालाई समेत बजेटमा समेट्ने प्रदेश सरकारको प्रतिबद्धतापछि अवरुद्ध हुँदै आएको प्रदेश नं ७ को प्रदेशसभा बैठक सञ्चालन भएको छ । आज बसेको प्रदेशसभा बैठकको विषेश समयमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समय अभावले बजेटको व्यवस्थापनमा केही समस्या देखिएको स्वीकार गर्दै प्रतिपक्षीका केही माग सम्बोधन गर्ने विषयमा समझदारी भएको जानकारी दिनुभयो । बजेटप्रति असन्तुष्टि राख्दै बैठक अवरुद्ध गरिएको विषयमा सरकार गम्भीर बनेको उल्लेख गर्दै मन्त्री सोडारीले बजेट अपारदर्शी हुने र जवाफदेही हुदैन की भन्ने प्रतिपक्षको चिन्ता हटाउने बताउनुभयो । विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका भरतबहादुर खड्काले विधि, प्रक्रिया र
More

दुर्घटनामा वडाध्यक्षसहित दुईको मृत्यु

बाजुरा – त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला रहेका छन् । महिलाको नाम खुलेको छैन् । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम
More

हुण्डी कारोबारी पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले स्रोत नखुलेको रु २० लाख नगद र एक थान मोबाइलसहित काठमाडौँ तारकेश्वरका ७२ वर्षीय बालकृष्ण भण्डारीलाई बुधबार दिउँसो सोह्रखुट्टेबाट पक्राउ गरेको हो । प्रहरीले हुण्डी कारोबारको रकम लिई आउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस
More