Daily Archives 1st July 2018

बेलायतका नेपाली इन्जिनियर्सले चुने नयाँ नेतृत्व

लन्डन । सोसाइटी अफ नेपालिज इन्जिनीयर्स युकेको दोश्रो साधारण सभा आइतबार सम्पन्न भयो । एभरेस्ट रेस्टुरेन्ट लन्डनमा सम्पन्न सभाले शैलेन्द्र काजी श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । २ वर्षे कार्यसमितिमा डा. बिरेन्द्र श्रेष्ठ, उमेश पराजुलि, संयुक्त श्रेष्ठ, अक्षय चापागाइ क्रमश: उपाध्यक्ष्य, महासचिब, सचिब र कोषाध्यक्ष रहेका छन । त्यसै गरी सदस्यहरुमा बेद भट्टराइ, पूजा भगत, डा बिदुर घिमिरे, पवन मान बज्राचार्य, रश्मी राना र सज्ञन खरेल निर्बाचित भएका छन । स्कट्ल्यान्ड्, मिड्ल्यान्ड देखी लन्डन क्षेत्रका करिब ५० जना इन्जिनीयरहरुको उपस्थितिमा सम्पन्न उक्त भेलामा निबर्तमान अध्यक्ष्य घनश्याम पौडेल ले बिगत २ बर्षमा भयका उप्लब्धिहरुका बारेमा प्रस्तुती दियका थिए
More

दुःखपछि सुख साट्न नेपथ्य टोकियोमा

काठमाडौं। तीन वर्षअघि टोकियोकै कामदास्थित एप्रिकोट हलका दर्शकहरुसँग विदा लिँदैगर्दा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुखद समयको गीत सुनाउन छिट्टै फेरि जापान आउने प्रतिज्ञा गरेका थिए । त्यतिबेला नेपालमा भर्खरै महाभूकम्प गएको थियो । पूर्वनिर्धारित कार्यक्रम भएकाले गर्नैपर्ने अवस्था आइपरेपछि ब्याण्डले भूकम्प पीडितलाई नै समर्पित गर्दै त्यो कन्सर्ट सम्पन्न गरिदिएको थियो । त्यस कन्सर्टबाट उठेको रकमबाट नेपथ्यले त्यतिबेलै भूकम्प राहतको लागि सहयोग गरेको थियो । ‘यसपटक मनोरञ्जन होइन, समवेदना बाँड्न आयौं,’ नेपथ्यका सर्वाधिक रुचाइएका गीतहरु नै नगाइएको त्यस कन्सर्टको समाप्तीमा अमृतले भनेका थिए, ‘तपाइहरुलाई छमछमी नचाउन फेरि भब्य तयारीको साथ छिट्टै जापान आउने छौं ।’ र, यसै साता त्यो वाचा
More

सुन तस्करीमा संलग्न पाँच जनालाई सार्वजनिक

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई आज सार्वजनिक गरेको छ । परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई प्रहरीले सार्वजनिक गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कारको अगाडिको इन्जिनको माथि राखेको एयर फिल्टर बक्सभित्र तीनवटा बिस्कुट आकारको सुन लुकाएर भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
More

डा केसीको अनशनबारे विज्ञबीच बहस

काठमाडौं । प्राध्यापक डा गोविन्द केसीले चिकित्सासम्बन्धी विभिन्न सातबुँदे माग राखी जुम्ला पुगेर १५ औँ पटक अनशन शुरु गरेपछि उनले थालेको अनशन ठीक कि बेठिक भन्ने विषयमा चिकित्सा क्षेत्रका विज्ञबीच बहस भएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा केही विज्ञहरुले डा केसीमा माग अनुचित रहेको र यसले चिकित्सा क्षेत्रमा मेडिकल कलेज बाँच्न सक्ने स्थिति नभएको बताएका छन् भने कतिपयले डा केसीको माग पूरा नगरी मेडिकल कलेज खोल्न स्वीकृति दिन थालियो भने काठमाडौँको गल्लीगल्लीमा औषधि पसल जस्तै मेडिकल कलेज खुल्ने र विकृति आउने धारणा व्यक्त गरेका छन् । उनीहरुले केही मेडिकल कलेजले गल्ती गरेको हुनसक्ने तर सबै मेडिकल कलेज खराब
More

बाजेको सेकुवा वरपर दुगन्ध फैलियो

काठमाडौं । अनामनगरस्थित बाजेको सेकुवा वरपर दुगन्ध फैलिएको छ । बाजेको सुकेवा नजिकै रहेको चिया पसलमा आउने ग्राहकले रेस्टुरेन्टबाट दुर्गन्ध फैलिएको बताए । चिया पसले विष्णुमाया योङहाङले रेस्टुरेन्टबाट दुर्गन्ध फैलिएपछि ग्राहक आउन छाडेको बताइन् । उनले भनिन, ‘दुर्गन्धले गर्दा यहाँ चिया खाजा खान रुचाउँदैनन् ।’ अनामनगरमा ‘ग्रीन टी’ का लागि चर्चित उनको पसलको व्यापार आधा घटेको योङहाङले बताइन् । बाजेको सेकुवाका मालिक चेतन भण्डारी ३३ किलो सुन काण्डमा मुछिएपछि सरकारले गत जेठ ३० गते बाजेका सेकुवाको ६ वटा आउटलेटमा एकैपटक छापा मारेर शिलबन्दी गरेको थियो । पूर्वसूचना बिनै छापा मारेर शिलबन्दी गरेकाले रेस्टुरेन्टका लागि ल्याइएको खाद्यन्न र मासु कुहिएर दुगन्ध
More

बेलायतमा ‘काव्ययात्रा’

काठमाडौं । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ । प्राकृतिक र ऐतिहासिक महत्वको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो । काव्ययात्रामा डा सुनिल महर्जन, अभियान घिमिरे, मञ्जु न्यौपाने, सञ्जु बजगाईं, विभाष सापकोटा, मीना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटालगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले बेलायतका विभिन्न शहरमा आयोजना गरिने काव्ययात्राका क्रममा वाचित कवितालाई सङ्ग्रहको रुप दिइने जानकारी दिनुभयो । कवि अजिता सिंखडाले काव्य यात्राबाट आफू उत्साहित भएको र यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साहित्य प्रतिष्ठानले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट ‘समकालीन
More

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ । आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स
More

विवेकशील साझाले थाल्यो समता संवाद श्रृंखला

काठमाडौं । विवेकशील साझा पार्टीले मानव अधिकार,सामाजिक न्याय,समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला” संचालनमा ल्याएको छ । पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता,सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे मासिक अन्तरकृयात्मक वहस शुरु गरिएको विभागको प्रमुख समेत रहनु भएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले वताउनु भयो । श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्ड वाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिवारवाट आरम्भ गरिएको छ । समता संवादमा आफ्नो प्रस्तुती राख्दै सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरवाट कमलरी जीवनमा भोग्नु परेको हिंशा,दमन,विभेद देखि दासता मुक्ति
More

क्यानडामा नेपाल चिनाएमा पर्यटन विकास

काठमाडौं । नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताइएको छ । एक सय ५१औँ क्यानडा राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मैत्री संघलाई भगिनी संस्थाका रुपमा विकास गरेर नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ भन्नुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले क्यानडाबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताउनुभयो । संघका अध्यक्ष प्रा डा प्रदीपकुमार खड्काले नेपाल र क्यानडाको सम्बन्धलाई थप मजबुत बनाउन संघले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । लामो समयदेखि क्यानडामा बस्दै आउनुभएकी डा रीता डंगोलले क्यानडालीलाई नेपालबारे चिनाउन सकिए नेपालको पर्यटन क्षेत्रमा ठूलो विकास हुने बताउनुभयो । “क्यानडामा बुद्ध भारतमा जन्मेका
More

कोसी परियोजनामा भारतीय पक्षको मनोमानी

विराटनगर : नेपाल–भारत कोसी सम्झौताको प्रावधानविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले काम गर्दै आएका छन्। सप्तकोसी नदीमा हुने सम्पूर्ण कामको विवरण राख्न मोरङको विराटनगरमा स्थापित कार्यालयलाई जानकारी नदिई भारतीय पक्षले परियोजनाको काम अघि बढाउने गरेको पाइएको हो। सम्झौताअनुसार सन् १९५५ मा परियोजनाले नेपाली भूभागमा गर्ने कामको विवरण राख्नका लागि विराटनगरमा सम्पर्क तथा भूआर्जन कार्यालय स्थापना गरिएको थियो। कार्यालयको नाम परिवर्तन गरेर अहिले सम्पर्क सहभूआर्जन बनाइएको छ। भारतीय अधिकारीले यो कार्यालयको काम, कर्तव्य र अधिकारमाथि हस्तक्षेप गरी आफूखुसी परियोजनाका काम सञ्चालन गर्ने गरेको जनाइएको छ। कोसीको नेपाली भूभागमा हुने कामको जानकारी दिन तथा लेखाजोखा गर्न नेपालमा दुई सम्पर्क कार्यालय स्थापना गरिएका थिए।
More

दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन – पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ
More

मनसुन सक्रिय हुँदै, देशभर वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशको पूर्व र पश्चिमका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसमविद् राजु प्रधानाङ्गले अबका केही दिन पूर्व र पश्चिमका धेरै स्थानमा मध्यम खालको वर्षा हुने बताउनु भएको छ । एकदुई ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहनुपर्नेमा उहाँले जोड दिनु भएको छ । मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनु भयो । मनसुनी रेखा नेपालको नजिक आएको र त्यो तल झरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने बताईएको छ । यो वर्ष जेठ २५ गते पूर्वी भेगबाट मनसुन छिरेको भएपनि
More

गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह मन्त्रालय पछि हटेको हो । गत जेठ २४ गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो । त्यसको एक साता बित्न नपाउँदै असार ४ गते गृहले नै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै तत्काल यसअघि दिइएको गैरसरकारी संस्थाबारेको निर्णय कार्यान्वयन नगर्नू भन्दै अर्को सर्कुलर गरेको थियो ।
More

डा. केसी पुनः आमरण अनसनमा

काठमाडौं । प्रहरी धरपकडका बीच डा. गोविन्द केसीले आमरण अनसन थाल्नु भएको छ । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरिनु पर्नेलगायत सात बुँदे माग अघि सार्नु भएको छ । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गर्नु भएको थियो । तर, स्थानीय प्रशासनले गएको शुक्रबारै निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन । निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पु-याएको थियो । डा. केसीले प्रहरी हिरासतमै हिजो ३ बजे अनसन थाल्नु भयो । पछि उहाँलाई प्रहरीले जिल्ला खेलकूद विकास
More

साझा प्रतिवेदन तयार पार्दै ईपिजीको बैठक सकियो

काठमाडौं । नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक सकिएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । यो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । यही, असार २० गते इपिजीको समयसीमा सकिँदैछ
More

विश्वकप फुटबल : स्पेनले आयोजक रुसको सामना गर्ने

विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ । समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समुह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा उक्लिएको हो । रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो । आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् । क्रोएसिया समुह ‘डि’ को
More

नारायणीमा डुबेर युवतीको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको हो । नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
More

शंकास्पद भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

चितवन – चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईली’मा सातजना भारतीय नागरिक पक्राउ परेका छन् । त्यसको केही दिनमै निकुञ्जको पूर्वी सेक्टर ‘सुनाचुरी’मा दुई जना भारतीय पक्राउ परेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले ‘साईली माईली’मा पक्राउ परेकाहरुले बाटो बिराएर छिरेको जनाएको र सुनाचुरीमा माछा मार्दै गर्दा पक्राउ परेको भए पनि शंकास्पद देखिएकोले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । ती क्षेत्रहरुमा
More