नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा खुमलटार काठमाडौँमा मंगलबार सम्मानित व्यक्तित्वहरु । तस्बिर : रत्न श्रेष्ठ
More
Daily Archives 3rd July 2018
डा केसीको समर्थनमा चिकित्सक संघ आन्दोलित
सुर्खेत । सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ । चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो । चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा प्रवीणकुमार गिरीले बताउनुभयो । उपाध्यक्ष गिरीले भन्नुभयो, “चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्रा डा केसीको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालमा
More
रुखबिनाको जीवन अधुरो, प्रेमबिनाको जीवन मधुरो
धनकुमारी थापा (सरु), लोक दोहोरी गायिका गायिका धनकुमारी थापा (सरु) आफूलाई पहिलो महिला दोहोरी सञ्चालक भएको दाबी गर्छिन् । झन्डै दुई दशकअघिदेखि उनी यो व्यवसायमा छिन् । पेसाले लोकदोहोरी गायिका सरुको चर्चा देशविदेशमा पनि त्यत्तिकै हुने गर्छ । व्यवसाय, समाजसेवा र राजनीतिलाई पनि समय दिनुपर्ने भएकाले वर्षमा चार महिना उनको विदेशमै बित्छ । संसारका धेरै देश घुमिसकेकी सरुलाई नेपाल स्वर्गजस्तो लाग्छ । धुलोधुवाँ र हिलोमाटो नेपालको पहिचान भएको बताउने उनीसँग कुमार राउतले गरेको कुराकानी : ० तपाईं व्यवसायी कि कलाकार ? – दुवै हुँ, राजधानीमा दुईवटा दोहोरी साँझ छन् । सँगसँगै गीत पनि गाउँछु । मेरो भूमिका यति मात्र होइन,
More
गंगामायालाई तत्काल न्याय देऊ : वरिष्ठ नेता पौडेल
काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग राख्दै आमरण अनशनरत गंगामायाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वीर अस्पताल पुगेका छन् । महिना दिनभन्दा लामो समय देखि आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । छोराको हत्यामा संलग्न भएको व्यक्तिलाई पक्रेर कार्वाही थाल्न सर्वोच्च अदालतलसमेतले आदेश दिइसकेका सन्दर्भमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग गर्दै उनी अनशनमा छिन्. । तर वर्षौसम्म वीर अस्पतालमा रहँदा पनि उहाँको माग कुनै सरकारले पनि पूरा गरेको छैन । कांग्रेस, एमाले र माओवादीका अलग अलग सरकार बन्दा पनि गंगामायाको माग कसैले पनि पूरा गरेनन् । अधिकारीको स्वास्थ्यमा जुनसुकै अवस्थामा
More
एकसाथ रविनका दुई कृति
काठमाडौं । गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तकको राजधानीमा आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । दुवै कृतिको बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमाचन गरे । एल्बम सार्वजिनकपछि गायक प्रेमध्वजले विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई माया गर्दै एल्बम निकालेका गायक खत्रीको प्रशंसा गरेका थिए । उनले भने, ‘वर्तमान अवस्थामा एल्बम निकाल्ने अवस्था छैन । तर, यस्तो एल्बमको नाजुक अवस्थामा पनि गायक खत्रीले एल्बम ल्याएर नेपाली संगीत क्षेत्रमा इँटा
More
जरङ्खु पुलमा भेटियो पहिचान नखुलेको लाश
काठमाण्डौ – बालाजुस्थित काभ्रेस्थली जाने बाटोमा जरङ्खु खोलाले एक युवकको शव बगाएर ल्याएको छ । स्थानीयवासीले सो शव खोलामा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर शव कसको हो भन्ने पत्ता लाग्न भने सकिरहेको छैन ।
More
अन्तर्राष्ट्रिय शान्ति पुरस्कार युनेस्कोलाई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०१७ पुरस्कार नेपालस्थित युनेस्कोका प्रमुखलाई प्रदान गर्दै । साथमा राष्ट्रिय शान्ति पुरस्कारबाट पुरस्कृत संस्कृतिविद् हरिराम जोशी । तस्बिर : प्रदीपराज वन्त
More
बाढीपहिरो पीडितको तत्काल प्रबन्ध गर्न काँग्रेसको आग्रह
काठमाडौं । नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्को यस घडीमा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो । काँग्रेसले बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सो घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि समेत उक्त
More
रवि लामिछानेविरुद्ध पत्रकार महासंघका पूर्वअध्यक्षहरु
काठमाडौं । प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताउनुभएको छ । नेपाल पत्रकार महासंघद्वारा हिजो सोमबार यहाँ आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै विषयलाई निरुपण गर्ने नभए अदालतमा जानुपर्ने सुझाव दिनुभयो । महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पछिल्लो पटक रवि लामिछाने प्रकरणलाई काउन्सिलको मर्यादामाथि प्रहार र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहारको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष रहेको अवस्थामा विभिन्न समयमा रवि लामिछानेविरुद्ध उजुरी आउने गरेको
More
मन्त्रालय र विद्यार्थीबीच नौबुँदे सहमति, हडताल फिर्ता
काठमाडौं । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच नौबँदे सहमति भएपछि तीन दिनको शैक्षिक हडतालका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले जानकारी दिनुभयो । विद्यार्थी संगठनले शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै यही असार २० देखि २२ सम्म शैक्षिक हडतालको घोषणा गरेका थिए । उहाँले आफ्ना माग पूरा गर्ने भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिँदै संस्थागत विद्यालयको लेखाशाखामा लगाइएका तालासमेत आजैदेखि खोलिने बताउनुभयो । सहमतिअनुसार संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका–२०७२ लाई कार्यान्वयन गर्दै अनियमित र
More