Daily Archives 5th July 2018

आफ्नै गीत माथि प्रतिबन्ध लगाउन खोज्दा गायक बद्रि पंगेनी विवादमा (भिडियो सहित)

लण्डन। चर्चित गायक बद्रि पंगेनीले आफैले गाएको तीजको म्यूजिक भीडीयो युट्युबमा अपलोड नगर्न दवाव दिएका छन् । पंगेनीले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायिका कला पंगेनी र गायक बद्रि पंगेनीको स्वर अनि नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको म्यूजिक भिडियो युट्युबमा अपलोड गर्न नदिने अडान लिएका हुन् । विहीवार युट्युब च्यानल मार्फत सार्वजानिक सो भिडियो तीज आएको छैनन् अहिले अपलोड गर्ने होइन् भन्दै अपलोड भईसकेको भिडियो डिलिट गर्न लगाएका थिए । बजारमा सयौं तीजका म्यूजिक आइसकेको भन्दै गायिका कला पंगेनीले विरोध जनाए पछि सो भिडियो युट्युब च्यानलमा उपलब्ध भएको हो । हिन्दू नारीहरुको महान पर्व तिजको
More

बेनुका बनिन तेह्रथुम युकेकी टयालेन्ट

दिनेशकुमार परियार । तेह्रथुम समाज युकेले युवाहरुको सहभागिता बढाउँदै यसबर्षको बार्षिक भेटघाट शनिबार सम्पन्न गरेको छ । बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुँदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो । समाजकै भातृसंस्था तेह्रथुम युथ सोसाइटीले संयोजन गरेको ट्यालेन्ट हन्टमा बेनुका फोम्बोले नृत्यवापत प्रथम पुरस्कार हासिल गरेकी थिइन् । सबै उमेर समूहका प्रतिभाहरुले भाग लिएको प्रतियोगितामा भवानी लिम्बूको समूहले च्याब्रुङ नृत्यमा दोश्रो पुरस्कार हात पारेका थिए भने नेपाली गीतमा नृत्य गरेर रेशा लिम्बूले तेश्रो पुरस्कार जितेकी थिइन् । चर्चित गायक दीपक लिम्बू, तारा लक्सम, शुसी
More

राष्ट्रपति भण्डारीद्वारा सम्मान प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण समारोहमा राजनीतिक तथा सैद्धान्तिक विधातर्फ लक्ष्मीभक्त उपाध्यायलाई सम्मान गर्नुहुँदै । तस्बिर : रोशन सापकोटा
More

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ ।
More

डा केसीको जीवनरक्षा गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भई तत्काल डा केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा केसीको जीवन रक्षा गर्न माग गरिएको छ । विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनै पनि पक्षबाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । डा केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत हुनुहुन्छ । आयोगले
More

राप्रपा छिट्टै एक हुन्छ : राणा

नगरकोट । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने छ भन्नुभयो । वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उहाँको भनाइ थियो । अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाउनुभयो । केदारभक्त माथेमाको संयोजकत्वमा
More

सरकारले द्वन्द्वका लागि प्रतिपक्षलाई आमन्त्रण गरेको काँग्रेसको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो । उक्त निर्णयका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न लागेको आरोप लगाउनुभयो । अघिल्लो सरकारले गरेका निर्णय संसद्बाट निर्वाचित सरकारकै निर्णय भएको उल्लेख गर्दै
More

क्याम्ब्रिज र अक्स्फोर्डको अवलोकन गर्न नेपाली विद्यार्थी बेलायतमा

लन्डन । बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न नेपालको एक विद्यालयमा अध्ययनरत विद्यार्थीको टोली बेलायत आइपुगेको छ । काठमाडौंको काडाँघारीस्थित अक्षरा स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीको समूह यहाँको रहनसहन अध्ययन गर्न बेलायत आएको हो । करिब २ साता लामो अध्ययन भ्रमणका क्रममा सो टोलीले अक्फोर्ड र क्याम्ब्रिज विद्यालयको शैक्षिक भ्रमण गरिरहेको स्कुल प्रिन्सिपल अन्जु भट्टराईले जानकारी दिइन् । नेपाली विद्यार्थीको विदेशी विश्वविद्यालयमा अध्ययन गर्ने सानैदेखिको सपना बुनेका हुन्छन् त्यसैले बेलायतजस्तो शिक्षाको गुणस्तरको बारेमा सानैदेखि उनीहरुलाई जानकारी होस् भनेर शैक्षिक भ्रमणमा विद्यार्थी यहाँसम्म आइपुगेका हुन् भट्टराईले भनिन्, ‘अहिलेको जमना ग्रोबलसिटीजनको हो, जहाँ भए पनि बालबालिकाले
More

पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा

भीमदत्तनगर – सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचार÷प्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ । प्रदेश नं ७ कै प्रमुख नाका हो गड्डाचौकी । छिमेकी भारतीय राजधानी नयाँ दिल्ली स्थलमार्गका हिसाबले सबैभन्दा नजिक पर्छ । वार्षिक दुई हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक भित्रिने गड्डाचौकी नाकामा रहेको नेपाल पर्यटन बोर्ड कञ्चनपुर शाखा भने विगत चार वर्षदेखि नेतृत्वविहीन अवस्थामा छ । मुलुकभित्र भित्रिने बाह्य पर्यटकहरुलाई देशभित्र रहेका विभिन्न पर्यटकीय स्थलका बारेमा जानकारी गराउने, घुम्न प्रेरित
More

पाल्पाका सात युवा कृषक सम्मानित

पाल्पा – कृषि र पशुपालन क्षेत्रमा लागेर नमूना काम गर्ने पाल्पा जिल्लाका सातजना युवा सम्मानित भएका छन् । जिल्ला युवा समिति, पाल्पाले युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा नमूना युवा किसानलाई नगद, प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको समितिका अध्यक्ष रामजी पोखरेलले जानकारी दिनुभयो । सम्मानित हुनेमा तानसेन–१४ की गाईपालन गर्ने पवित्रा गैरे, तानसेन–१२ का गाईपालन गर्ने रुकवीर रेस्मी, बगनासकाली गाउँपालिका यम्घाका ओमप्रसाद बस्याल, रामपुरका ऋषि पोखरेल, बगनासकालीका पदम बहादुर कनौजे, रैनादेवी छहरा गाउँपालिकास्थित सिद्देश्वरका सुदर्शन पन्त, रिङगनेरहका वासुदेव न्यौपाने रहेका छन् । सम्मानित हुनेलाई प्रदेश नम्बर ५ का सांसद तथा नेकपाका नेता अध्यक्ष नारायणप्रसाद आचार्यले नगद, सम्मानपत्र र दोसल्लाले
More

ज्वाइँले रड प्रहार गर्दा ससूराको मृत्यु, सासू घाइते

वालिङ । आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको निजकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते राति रड प्रहार गर्दा घाइते बनेका मोहनसिंहको उपचारका क्रममा फिस्टेल अस्पताल, पोखरामा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभएको छ । छोरी ज्वाइँ खुमबहादुरले प्रहार गरेको रडबाट घाइते भएकी मोहनसिंहकी श्रीमती ६९ वर्षीया चित्रकुमारी थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र निजको फिस्टेल अस्पताल पोखरामा नै उपचार भइरहेको छ । रड प्रहार गरी घाइते बनाउने मृतकका आफ्नै
More

डा. केसी आकस्मिक कक्षमा भर्ना

काठमाडौं । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई आकस्मिक कक्षमा भर्ना गरिएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार भईरहेको छ ।  स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु-याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । डा केसीलाई अस्पताल पु-याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहाल भेट्न पुग्नु भएको थियो । स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताउनु भयो । डा. विनोद अर्यालले ‘निषेधाज्ञालाई तोडेर भएपनि
More

देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज

काठमाडौं । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले २०७४ भदौ १४ पछि मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । २०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो । यसैगरी बैठकले प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गरेको छ भने चीनसँगको व्यापार तथा पारवहन सम्झौताको ‘प्रोटोकल’सम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित नौ सदस्यीय समिति गठन गरेको
More

नेकपाको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीको विधानमा देखिएको विवाद समाधानका लागि स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जानु पूर्व बसेको नेकपाको स्थायी समितिको बैठकमा एकीकृत पार्टीको विधानमा छलफल भएको थियो । तर विधानमा धेरै कुरा त्रुटिपूर्ण रहेको भन्दै सदस्यहरुले विरोध गरेपछि विधान अध्ययन गरेर सुझाव दिनका लागि भनिएको थियो । बुधबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा विधानमा रहेको विवाद मिलाउनका लागि अपनाउन सकिने उपायहरुका बारेमा छलफल भएको र
More

ईपीजी प्रतिवेदनः पहिले मोदीलाई बुझाइने

काठमाडौं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यहरूले साझा प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने भएका छन् । त्यसपछि प्रधानमन्त्री केपी ओलीलाई बुझाउने उनीहरूको तयारी छ । भारतीय पक्षले मोदीसँग समय मिलाएपछि प्रधानमन्त्री ओलीको समय माग्ने एक सदस्यले बताएका छन् । संयुक्त प्रतिवेदनमा सहमति भएलगत्तै यसको अन्तिम प्रकाशन गर्ने कार्यमा दिल्ली र काठमाडौंस्थित सचिवालय सक्रिय छ । प्रतिवेदनमा कुनै कानुनी सुधारको आवश्यकता भए नभएको हेरी दुवैतर्फका सदस्यहरूसँग छलफल गरेर अन्तिम टुंगो लगाउने काम भइरहेको छ । कानुन मन्त्रालयका वरिष्ठ अधिकारीले समेत यसको अध्ययन गरिरहेका छन् । प्रतिवेदनका हरेक वाक्य सन्तुलित हुनुपर्ने भन्दै नेपाली पक्षका संयोजक डा. भेखबहादुर थापाले नै भाषामा जोड दिएको बताईएको छ
More

मल कालोबजारी गर्नेलाई कारबाही

तुलसीपुर, दाङ – कृषि सामग्री संस्थानको मल कालोबजारी गरेर बेच्ने फूलबारी कृषि सहकारी संस्थाका सदस्य कर्णबहादुर नेपालीलाई संस्थाले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । नेपालीलाई बुधबार संस्थाको बैठकले साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको छ । साथै, किसानलाई तोकिएको भन्दा बढी मूल्यमा मल बिक्री गरेको भन्दै सहकारी संस्थाका अध्यक्ष हरिहर पौडेलले बढी लगेको रकमसमेत फिर्ता गर्न लगाएका हुन् । नेपालीले युरियामा रु २०० र डिएपीमा रु ५० भन्दा बढी रकम लिएर मल बिक्री गरेका थिए । उनले किसानबाट चर्को रकम लिएको बारेमा केही दिन अगाडि रासससहित यहाँका विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सहकारी संस्थाले नेपालीलाई कारबाही गरेर
More

डा केसी आकस्मिक कक्षमा भर्ना

सुर्खेत – स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिनुभयो । “अनशनस्थल नै जोखिमपूर्ण भएको र उहाँको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भन्नुभयो । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उहाँसंग भेट गर्नुभएको थियो । स्वास्थ्यजस्तो
More