Daily Archives 8th July 2018

बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेट

सुरेन्द्र इङ्नाम । गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल, अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ । खड्क क्षेत्रीको सम्योजनमा “बासुरी चौतारी बेलायत” नामको फेसबूक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबूक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु सुनाउदै आएका थिए । उक्त “बासुरी चौतारी बेलायत” फेसबुकमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्द प्रतिष्ठित ब्याक्तित्वहरुलाई पनि समावेश गरिएको छ । उक्त “बासुरी चौतारी बेलायत” को पहिलो भेलाको पहिलो शत्र बाँसुरी बारे बाँसुरीमा डिप्लोमा गरेका सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान
More

सुशील चालिसेको मुक्तक संग्रहको बिमोचन मेलबर्नमा

मेलबर्न । पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह “गुराँसहरु पलाँसहरु” को मेलबर्नमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत महामहिम चन्द्र योन्जन र बिशेष अतिथि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको छ । प्रमुख अतिथि योन्जनले जहाँँ भाबुकता हुन्छ त्यहाँ साहित्यको सृजना हुन्छ भन्दै बिमोचित पुस्तकका लेखक चालिसेलाई बधाई ज्ञापन गर्दै यो दिनले अझै सशक्त रुपमा कलम चलाउन हौशाला प्रदान गरोस भनी शुभकामना व्यक्त गर्नुभयो । भिक्टोरियाका नेपालीहरुको बीचको एकताको कारण यस्ले ठूला महत्वपूर्ण कार्यक्रम भब्यताका साथ गर्दै आएकोमा यहाँँ साहित्यकारहरुको
More

गुफामा फसेका १३ मध्ये चार बालकको उद्धार

थाइल्याण्ड । थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये चार बालकलाई आइतबार सकुशल उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका बालकहरूलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा सम्लग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए । यद्यपि थाइल्याण्डको सरकारले दिएको जानकारीमा दुई बालकको सकुशल उद्धार गरिसकिएको र दुई अन्यलाई छिट्टै बाहिर ल्याइने बताइएको छ । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि विहानैबाट शुरु भएको थियो । उद्धारका लागि १३ जना अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई
More

प्रा डा केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उहाँले प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताउनुभयो । गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो । उहाँले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताउनुभयो । द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी उहाँले दिनुभयो । गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित
More

पर्यटन मन्त्रालयले श्रेष्ठलाई विज्ञ समूहबाट हटायो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा केही सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको आजको निर्णयअनुसार निज श्रेष्ठको नाम विज्ञ सूचीबाट हटाइएको जानकारी गराएको छ । नेपालको नागरिक उड्डयनको विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका महानुभावहरुको ज्ञान, सीप, दक्षता र अनुभवलाई प्रयोग गर्ने उद्देश्यका मन्त्रालयले गत चैत २५ को निर्णयबाट यस क्षेत्रको विज्ञ समूह गठन गरेको थियो । नागरिक
More

डा. केसीको समर्थनमा प्रदर्शन

जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा आइतबार डडेल्धुरा उपक्षेत्रिय अस्पतालका स्वास्थ्यकर्मी कालोपट्टीसहित प्रदर्शन गर्दै । तस्बिर: धनबहादुर भण्डारी
More

प्रवासी नेपाली युवाको राष्ट्रिय भेला काठमाडौँमा हुँदै

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ । उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ । युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको निर्माण तथा स्थानीय तहमा भएका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने परिषद्का उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । रोजगारीका सिलसिलामा विदेश गई अनुभव र पूँजी सञ्चय गरेका युवा स्वदेश फर्केपछि यहाँ गरिने उद्योगले सिर्जना गर्ने रोजगार, सरकारलाई बुझाउने राजश्व, कच्चा पदार्थको संकलन
More

नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने

लन्डन । नेपालब्रिटेन डट कमको वार्षिक समारोहलाई महानायक राजेश हमालले सम्वोधन गर्ने भएका छन् । २२ जुलाई, आइतवार लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना हुने सो कार्यक्रममा हमाल सहभागी हुन लागेका हुन् । हमाल गैरआवासीय नेपाली संघ युकेको युथ समुहले आयोजना गर्न लागेको वृहत अन्तरसंवाद कार्यक्रममा भाग लिन लण्डन आउन लागेका हुन् । जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियामा माथिका हस्तीहरु आउने तयारी भएको कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए । संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २०
More

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

मलेखु, धादिङ – धादिङबँेसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । खेतमा पानी लगाउन लाग्नुभएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबँेसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो । रासस
More

टोकियो डोम सिटी हलमा नेपथ्य प्रस्तुत

टोकियो ।जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितीका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गरेको छ । अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत कन्सर्टमा सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ । ‘नेपालमा दुइपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’ हानाइ भनिरहेका थिए, ‘नेपथ्यलाई बारंबार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा मलाइ रमाइलो अनुभूति भइरहेको छ ।’ नेपाली भाषासमेत सिक्ने कोशिस गरिरहेका कियोहितो आफ्नो मुटुमा नेपालका निम्ति विशेष स्थान रहेको बताउँछन् । नेपथ्यका लगायत अन्य नेपाली गीतहरुले आफूलाई नेपाली भाषा र संस्कृति बुझ्न मद्दत गरिरहेको उनले सुनाए
More