Daily Archives 11th July 2018

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने छ ।” मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने छ भन्नुभयो । “आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धीत
More

चालु आवको मौद्रिक नीति अपेक्षितरुपमा सफल

काठमाडौं । चालु आर्थिक वर्षका लागि कार्यान्वयनमा ल्याइएको मौद्रिक नीतिले अपेक्षितरुपमा सफलता हासिल गरेको छ । मौद्रिक नीतिको त्रैमासिक तथा अर्धवार्षिक समीक्षा र आज राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले प्रस्तुत गर्नुभएको नीतिमा चालु आवका मौद्रिक नीतिमा सफलता प्राप्त भएको देखाएको हो । गभर्नर डा नेपालका अनुसार विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत हुने प्रक्षेपण रहेकोमा जेठ मसान्तमा वार्षिक विन्दुगत वृद्धिदर १७.७ प्रतिशत छ । मौद्रिक क्षेत्रबाट प्रवाह हुने कुल आन्तरिक कर्जा २७.८ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा यस आवको जेठ मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर २८.३ प्रतिशत छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको प्रक्षेपित वार्षिक वृद्धिदर २० प्रतिशत
More

थप ५० हजारलाई सक्रिय सदस्य बनाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी तथा प्रदेश अध्यक्षहरूको संयुक्त बैठकले आगामी मंसिर मसान्तसम्म थप ५० हजार सक्रिय सदस्य बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलबार शुरु भएको उक्त बैठकले आगामी चैत मसान्तभित्र प्रदेश अधिवेशन र संयोजित संगठनहरूको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । पार्टीले आगामी पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्यसमिति गठन तथा पुनःगठन गरी २०७६ भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी आगामी पुस मसान्तभित्र संयोजित संगठनहरूको गाउँ तहसम्म कार्यसमिति गठन गर्ने र २०७६ साउनभित्र
More

वैदेशिक रोजगारवाट फर्किएका युवाहरुको राष्ट्रिय भेला

काठमाडौँमा बुधबार आयोजित वैदेशिक रोजगारवाट फर्किएका युवाहरुको राष्ट्रिय भेला २०७५ मा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा), श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलगायत । तस्बिर : प्रदीपराज वन्त
More

अस्थायी, ज्यालादारीलाई अवकाश दिन थालेपछि धर्ना

काठमाडौं । विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी केही मन्त्रालयले अवकाश दिन थालेपछि कर्मचारी धर्नामा उत्रिएका छन् । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको नेतृत्वमा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिइएको हो । संघले सरकारी कार्यालय, संघसंस्था र अर्ध सरकारी निकायमा २४० दिनभन्दा बढी काम गरेका अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई एक पटकका लागि स्वतः स्थायी गरिनुपर्ने माग अघि सारेको अध्यक्ष भूपाल रसाइलीले बताउनुभयो । कार्यरत कर्मचारीलाई मन्त्रालय पुनःसंरचना भएपछि अवकाश दिन थालिएको हो । यसरी हटाइएका र हटाउने सूचीमा परेका कर्मचारीलाई रोजगारीको ग्यारेण्टी
More

नारायणगढ–मुग्लिन सडक भासियो, सवारी ओहोर दोहोर एकतर्फी

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनुको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हिजो विहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनु भएको छ । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो । सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको
More

नेकपाको नियमावली पारित, पार्टी सञ्चालन गर्न सहज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ने क पाको सचिवालय बैठकले नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी सञ्चालनका लागि सहज हुनेछ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । बैठकपछि पत्रकारहरुसँग उहाँले, ‘विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिने काम भयो । अब छिट्टै प्रकाशनमा जाने छ’ भन्नु भयो । अब अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीहरुको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने श्रेष्ठले जानकारी दिनु भएको छ । पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल
More

तरुण दल र जनसम्पर्क समितिको कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको सहभागितामा नेपाल तरुण दल भारत र नेपाली जनसम्पर्क समिति भारतले संयुक्तरुपमा अभिमुखीकरण एवम् छलफल कार्यक्रम आयोजना गरेका छन् । उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपि साउद र ईश्वरी न्यौपाने तथा बालकृष्ण पाण्डे र युवा जागरण अभियानका अभियान्ता चिन्तन पौडेलको सहभागी रहने आयोजकले जनाएको छ । नयाँ दिल्लीस्थित माल्चिय स्मृति भवनमा आयोजना गरिएको उक्त कार्यक्रम १२ जुलाई अर्थात् भोलि विहीबार अपरान्ह ४ बजेलाई समय तोकिएको छ । सामाजिक विकासबाट नै आर्थिक समृद्धि सम्भव छ भन्ने मूल नाराका साथ उक्त अभिमुखीकरण एवम् छलफल कार्यक्रम आयोजना गरिएको बताइएको छ । प्रवासमा बसेर नेपाली कांग्रेसमा आस्थान
More

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला – गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिनुभयो । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भन्नुभयो । जनहित माविमा प्रथम चौमासिक परीक्षा
More