Daily Archives 13th July 2018

सगुनले एनआरएन युकेको नेपाल हाउसलाई १ करोडको सेयर दिने

लन्डन । सोसल कमर्स प्लेटफर्म सगुनले आफ्नोतर्फबाट गरिने सामाजिक कामका लागि सगुन फाउण्डेशन घोषणा गरेको छ । सगुनका संस्थापक गोविन्द गिरीले सोमबार राति अमेरिकामा एक कार्यक्रमकाबीच सगुन फाउण्डेशन स्थापना गरेको घोषणा गरेका हुन् । सगुन फाउण्डशेन स्थापनाबारे जानकारी दिँदै गिरीले सामाजिक अभियानमा जोडिनका लागि अब सगुन फाउण्डेशन क्रियाशिल हुने बताए। स्थापनासँगै सगुन फाउण्डेशनलाई सगुन कर्पोरेशनले १० लाख अमेरिकी डलर बराबरको स्वामित्व सेयर समेत छुट्टयाएको छ। सो सेयरबाट फाउण्डेशनले एनआरएन युकेको नेपाल हाउसलाई १ करोड रुपयाँको सेयर दिने निर्णय गरेको छ । गैर आवासीय नेपाली संघ युकेको महासचिब राजकुमार त्रिपाठीका अनुसार फाउण्डेशनले सोमबार अल्डरशटमा एक पत्रकार सम्मेलन गरि औपाचारिक घोषणा गर्ने
More

सलमानको नाममा ठगि गर्ने सिमान्त गुरुङ प्रहरी खोरमा

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सिमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले जानकारी दिए । विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो । तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर पैसा उठाइरहेका थिए । गुरुङले सलमान ल्याउने भन्दै ५ हजार देखी
More

दसौं हजार बेलायती ट्रम्पविरोधी प्रदर्शनमा

लण्डन । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ । “ट्रम्पलाई पदबाट हटाऔँ,” “यो ट्रम्प विरोधी उत्सव हो,” “मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन् ।” जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए । “प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन ।” जस्ता
More

कट्टेल र भट्टराई सम्मानित

झापाको काँकडभिट्टामा शुक्रबार २०५औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सिताराम कट्टेल र कुञ्जना भट्टराईलाइ सम्मान गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे । सामाजिक क्षेत्रमा विशिष्ट योगदानवापत उहाँहरुलाई रु १ लाखको भानु पुरस्कार प्रदान गरिएको छ । तस्बिर : चन्द्रकला भण्डारी
More

सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं तर दुई तिहाईको यो सरकार छिट्टै एकोहोरो भयो ।” “राज्यका सम्पूर्ण अंगहरूलाई यो सरकारले आफ्नै कब्जामा राखेर हिँड्ने छाँटकाट हामीले देखेका छौं” नेता सिटौलाले भन्नुभयो, “सरकार एकोहोरो भएर एउटै बाटोमा लाग्ने लक्षण हामीले देखकाले अब सरकारलाई सचेत गराउने बेला आएको छ ।” सरकारलाई सचेत गराउन राष्ट्रिय जागरण आवश्यक रहेको उहाँको भनाइ थियो । जनताका लागि जनताले ल्याएको परिवर्तनको उपभोग जनताले गर्न
More

कान्तिपुर दैनिकमा नारायण वाग्ले सम्पादक

काठमाडौं । कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शुक्रबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरे । सिरोहियाले शुक्रबार नै प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए । शर्मा १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहे । स्थापनाकालमा समेत कान्तिपुरसँग आबद्ध वाग्ले विसं २०६५ छाड्नुअघि पाँच वर्ष कान्तिपुर दैनिकको सम्पादक थिए । उनी नागरिक दैनिकमा समेत प्रधानसम्पादक थिए ।
More

सरकारको निर्णय उल्टाउँदै सर्वोच्च अदालत, तत्काल पदबाट नहटाउन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरी वर्तमान सरकारले बर्खास्त गरेका केही पदाधिकारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । आफूहरुमाथिको आरोप थाह नभएको र सुनुवाईको समेत मौका नदिइ बर्खास्त गरिएको भन्दै गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, एकीकृत बाग्मती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविनकुमार झाले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले दुवै पक्षलाई साउन १५ गते छलफलका लागि झिकाउदै आज त्यतिञ्जेलसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । यसअघि हिजो न्यायाधीश पुरुषोत्तम पौडेलको एकल
More

सिंहदरबार अघिको आगलागी नियन्त्रणमा

काठमाडौं । सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङले जानकारी दिनुभयो । विद्युत्को लाइनबाट भएको आगलागीसँगै जञ्जालका रुपमा जेलिएको केवल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकलगायत तारका कारण आगलागी फैलिएको थियो । तार जलेर नष्ट भए पनि मानवीय एवम् अन्य धेरै भौतिक क्षति भने हुन पाएन । समयमै नेपाली सेनाको दमकल आइपुगेकाले ट्रान्समिटर पनि जल्न नपाएको प्रहरी नायब निरीक्षक तामाङले बताउनुभयो । राजधानीको प्रमुख र व्यस्त प्रशासनिकस्थल अघिको आगलागीले पैदल
More

कानुनमन्त्रीको हातबाट जुस पिएर गंगामायाले अनसन तोडिन

काठमाडौं । छोराका हत्यारालाई कारबाही माग गर्दै असन बसेकी गंगामायाले अनसन तोड्नु भएको छ । कानुनमन्त्री शेरबहादुर तामाङले जुस खुवाएर गंगामायाको अनसन तोडाएका हुन् । गंगामाया आफूले अनसन स्थगित गरेको बताएकी छन् । १० दिनभित्र आफ्ना माग सम्बोधन नभए पुनः अनसन बस्ने गंगामायाले बताएको नेपाल टेलिभिजनबाट प्रशारित समाचारमा उल्लेख छ । सरकारसँग दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन तोड्नु भएको हो । पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ । गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई
More

उपल्लो मुस्ताङका लोवा महिला

मुस्ताङको लो घेकर दामोदरकुन्ड गाउँपालिकाको घिलिङ गाउँमा सांस्कृतिक कार्यक्रममा सहभागी उपल्लो मुस्ताङका लोवा महिला । तस्बिर : निरज थकाली
More