Daily Archives 17th July 2018

एनआरएनको पहलमा अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उनीहरुसँग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग र पोखरा ) लगायतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्च गरि ५० लाख खर्च भएकोे बताएका छन् । गैर आवासीय नेपाली संघ नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु आज काठमाडौ फर्केका हुन । उनीहरुको पासपोर्ट समेत दलालले उनीहरुलाई दिएको थिएन । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत
More

एनआरएन जाम्वियाले फैलायो सहयोगी हात

जाम्विया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले परोपकारी काम गरेको छ । त्यहाँस्थित मदर टेरेसा आवास गृहमा सहयोग गरेको हो । त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरुका साथै करीब ४५ जना अपांग बालबलिकाहरु रहेका छन् । आवास गृहको स्थापना आज भन्दा करीव ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत छ । यस सामजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ उप्रेती, उपाध्यक्ष शंकर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य संध्या खनालको सहभागीता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरुले भब्य स्वागत गरेका थिए ।
More

कांग्रेस नेता विष्ट बेलायतमा सम्मानित

लण्डन । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट बेलायतमा सम्मानित भएका छन् । बेलायत भ्रमणमा रहेका विष्टलाई सोमबार एक कार्यक्रम आयोजना गरी एनआरएन यूकेले सम्मान गरेको हो । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका विष्टलाई अल्डरसटस्थित एनएनआरएन यूकेको आफ्नै कार्यालय कार्यक्रम गरि सम्मान गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि प्रवासमा बसेर पनि नेपालको प्रजातन्त्र र मानवअधिकारका साथै गैरआवासीय नेपाली अभियानमा समेत महत्वपुर्ण योगदान गरेकोमा विष्टलाई सम्मान गरिएको एनआरएन यूके महासचिव आरके त्रिपाठीले जानकारी दिए । सम्मानित विष्टले एनआरएन यूकेले गरेको सम्मानका लागि आभार प्रकट गरे । देश र समुदायको हितका लागि सबै गैरआवासीय नेपालीहरु एकै ठाउं उभिनुपर्ने
More

नेपाल हाउस सम्बन्धी समझदारीपत्रमा सगुन र एनआरएन युके बीच हस्ताक्षर

लण्डन । अमेरिकामा बस्ने नेपालीहरुले स्थापना गरेको सोसल कमर्स साइट सगुन डटकमले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको नेपाल हाउस प्रोजेक्टका लागि १ लाख डलरको शेयर स्वामित्व प्रदान गरेको छ । कल्याणकारी कार्यहरु गर्ने उद्धेश्यले सगुनले हालै स्थापना गरेको सगुन फाउण्डेसनबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टलाई सहयोगस्वरुप उक्त शेयर प्रदान गरिएको हो । सोमबार सांझ अल्डरसटको एम्पायर हलमा आयोजित एक समारोहमा सगुन र एनआरएन यूकेबीच शेयर सहयोगसम्बन्धी समझदारीपत्र हस्तान्तरण गरियो । लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन यूकेका अगुवाहरुको साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिमा सगुन र एनआरएन यूकेबीच समझदारीपत्र हस्तान्तरण सम्पन्न भएको
More

डा. केसीको माग सम्वोधन गर्न डा. आरजु देउवाद्वारा माग

काठमाडौं । डा. आरजु देउवाले जुम्लामा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको माग सम्बोधन गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो माग गरेकी हुन् । आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै डा. देउवाले भनेकी छन्- ‘चिकित्सा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने मुख्य उदेश्य सहित अनशनरत डा. गोविन्द केसीको माग एकजना चिकित्सकको मात्रै होईन । यो हाम्रो मुलुकको समग्र चिकित्सा शिक्षा कस्तो हुने भन्ने दिशानिर्देश गर्दै आम जनताको स्वास्थ्यमा सहज पुहँच र गुणस्तीय सेवा दिलाउनेसँग सम्वन्धीत छ । डा. केसीको अनशनलाई लिएर सरकारले गरेको टिप्पणी अत्यन्तै अलोकतान्त्रिक र गैरजिम्मेवारपूर्ण छ । लोकतन्त्रमा एक जना मात्रैको पनि आवाज सुन्ने धैर्यता नेताहरुमा हुनुपर्छ
More

धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाको निधन

इटहरी । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया रोगबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारका क्रममा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनुभएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित हुनुहुन्थ्यो । नगर प्रमुखमा निर्वाचित भएपछि कामको चापले बढी नै व्यस्त रहनु परेकाले उहाँमा पछिल्लो समय निमोनियाको संक्रमण देखा परेको बताइएको छ । विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय सुब्बा तत्कालीन नेकपा (एमाले) को धरान नगर कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो । प्रमुख सुब्बाको शव आजै साँझ हेलिकोप्टरमार्फत धरान ल्याउने तयारी भइरहेको बताइएको छ । प्रमुख सुब्बाको
More

आठ अंकले घट्यो शेयर बजार

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ । कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ । यस्तै
More

काँग्रेसले साउन ३ गतेदेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध यही साउन ३ गतेदेखि आन्दोलन गर्ने भएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको जनविरोधी क्रियाकलापको निन्दा र भत्र्सना गर्दै त्यसविरुद्ध विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले साउन ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । त्यस्तै, साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा दिउँसो १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने
More

डा. केसीलाई पेलेरै जाने मनस्थितिमा सरकार, वार्ता निष्कर्षविहिन

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ । डा.केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि सरकारले सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य सहसचिव रहेको वार्ता समिति हिजो गठन भएको थियो । जसमा गोविन्द केसीको तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र डा. अभिषेकराज सिंह रहेका छन् । हिजो निष्कर्षमा पुग्न नसकेपछि आज मंगलबार फेरि वार्ता गरिए पनि कुनै सहमति नबनेको हो । डा.केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकारले ठोस निर्णय लिएर नआएसम्म वार्तामा नबस्ने बताए । सरकारले डा. केसीको माग पुरा गराउने
More

प्रमोदराजको गीतमा युकेको सुन्दर दृश्य

काठमाडौं । दुई बर्ष अघि बजारमा आएको गायक प्रमोदराज न्यौपानेको गीत ‘भेट भयो तिमीसँग’ बोलको गीतको भिडियो तयार भएको छ । दुई बर्ष अघि सार्वजनिक एल्बम ‘मेरो घरको छानो’ मा संग्रहित ‘भेट भयो तिमी सँग..’ बोलको रोमान्टिक मेलोडियस गीतको भिडियो बनेको हो । आधुनिक र गजलको मिश्रित शैलीमा बनेको यस् गीत मा गायक प्रमोदराजसँग गायिका निशा देसारले माइक सेयर गरेकी छिन । गीतमा युरानको शब्द रचनामा सागर किनारले संगीत भरेका छन भने संगीत संयोजन राजन इशानको रहेको छ । बिगत ९ बर्ष देखि बेलायत बस्दै आएका गायक प्रमोदराजको गत बर्ष सार्बजिक पप शैलीको गीत ‘रहे सम्म’ पछी बेलायत मै छायांकन
More

तीनपाङ्ग्रे सञ्चालनमा रोक

चितवन – भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो । महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताउनुभयो । भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ ।
More

इजरायलको स्थापना दिवस

इजरायलको ६०औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँस्थित इजरायली दूतावासद्वारा आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका बालबालिकालाई ह्विल चियर प्रदान गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर : प्रदीपराज वन्त
More

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

दाङ । जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा लगिएको थियो । त्यहाँको उपचारपछि थप उपचारका लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकामा आज बिहान घर्तीको निधन भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएकै कारण गत आइतबार पनि घोराही १९कै १९ वर्षीय बालाराम घर्तीको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो
More

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्यवस्थाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि आगामी महाधिवेशनमा भाग लिन सदस्यता रहेको भूगोलबाट प्रतिनिधि निर्वाचित हुनुपर्ने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भएपछि बनेको केन्द्रीय कमिटीका ४४१ सदस्य तथा मातहतका प्रदेश, जिल्ला कार्यसमितिका सदस्यले सम्बन्धित कमिटीमा रहेका संगठित सदस्यबीच प्रतिष्पर्धा गरी प्रतिनिधि निर्वाचित हुनुपर्ने छ । विगतमा एमालेले प्रतिनिधि निर्वाचन (चयन) को प्रणाली अभ्यास गर्दै
More

भानुजयन्तिमा सगरमाथाकी छोरीको विमोचन

क्यानडा । राजधानी अटवामा २०५ औ भानुजयन्ति तथा अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्यि दिवश एक साहित्यक कार्यक्रमका साथ सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडा र गैह्रआवासिय नेपाली संघ क्यानडाको संयुक्त आयोजनामा भानुभक्तको तश्विरमा फूल तथा अविरल अर्पणबाट शुरुभयो । क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानडाका अध्यक्ष कमल कोइराला र एनआरएन उपाध्यक्ष रमेश बानियाँले आदि कविको तश्विरमा फूल तथा अविर अर्पण गरेर आदिकविप्रति श्रद्धा तथा सम्मान दर्शाउनु भएको थियो । कार्यक्रममा सहभागिलाई स्वागत गर्दै संस्थाका कोषाध्यक्ष नविन सुवेदीले मन्तव्यद्धारा स्वागत गर्नुभयो । यस्तो शुन्दर मौशममा, हप्ता अन्तको व्यस्त समयमा पनि आदिकवि र नेपाली भाषा
More

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्मार्ट टिभी सहयोग गरेको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको जानकारी दिने उद्देश्यले कालीपुलमा स्थापना गरिएको केन्द्रलाई मोना कतारले स्मार्ट टिभी र प्रोजेक्टर सहयोग गरेको हो । सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षेत्रीले सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा म्याग्दी भ्रमण वर्ष—२०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने सचिव क्षेत्रीले बताउनुभयो । यस अगाडि पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी
More

डा. केसीसँग आज दोस्रो वार्ता गर्दै

काठमाडौं । १८ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ । केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको छ । टोली गठनपछि भएको वार्ता गएराति अबेरसम्म चलेपनि निष्कर्षमा पुग्ने सकेन । अहिले फेरि वार्ता हुने डा. केसीका प्रतिनिधि अभिशेषकराज सिंहले बताउनु भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा डा. केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो ।
More

आजदेखि अधिकांश जिल्ला कार्यालयहरु खारेज

काठमाडौं । संघ मातहत रहेका अधिकांश जिल्ला कार्यालयहरु आजदेखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघ अन्तर्गतका सेवाप्रदायक कार्यालयहरु खारेज भएर स्थानीय तहमा हस्तान्त्रण भएका छन् । सरकारले यसअघि नै साउन १ गतेबाट लागू हुने गरी जिल्ला कार्यालयहरुको सूचि सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णय अनुसार खारेजीमा परेका १८ कार्यालयको सेवा सुविधा स्थानीय तहमा हस्तान्त्रण भएको छ । अब जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला कुलाक, जिल्ला कारागार, जिल्ला सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रणको कार्यालय, जिल्ला समन्वय समिति जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय र मालेपोत तथा नापी कार्यालय रहने छन् । जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, जिल्ला अस्पताल
More

उपत्यकाका फिल्म हलमा बक्स अफिस प्रणाली सुरु

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका फिल्म हलमा बक्स अफिस प्रणाली लागू हुने भएको छ । सुरुमा यो उपत्यकाका २० वटा हलबाट सुरु हुने बताईएको छ । योसँगै हलवाला र वितरक मिलेर हिसाब गोलमाल गरे भन्ने निर्माताको गुनासो अन्त्य हुने विश्वास गरिएको छ । यस्तै, केही लाखको आम्दानी गरेको फिल्मले समेत करोडौंको व्यापार गरेको प्रचार गर्ने प्रवृत्तिको पनि अन्त्य हुने बताईएको छ । बक्स अफिससँगै पहिलो पटक नेपाली फिल्म व्यवस्थित रूपमा राज्यको कर प्रणालीमा पनि जोडिने छ । यो नयाँ व्यवस्थापछि प्रत्येक हलका सबै प्रदर्शनको दर्शक संख्या, बिक्री भएको टिकट र जम्मा भएको रकमको सूचना बक्स अफिस सेन्टरमा जम्मा हुनेछ । निर्माताले
More

हेटौँडामा थप दुई डाइलाइसिस मेशिन

हेटौँडा – आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर (पुलचोक) ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गाैला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ । हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । अहिले सर्लाही, रौतहट र मकवानपुर जिल्लाका गरी करीब ३० जना मिर्गौला रोगीलाई उपचारको क्रममा क्रमशः प्रत्येक दिनको तीनपटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान हेटौँडाका इञ्चार्ज स्टाफ नर्स रिना सिलवालले जानकारी दिनुभएको छ । अहिले सर्लाही, सिन्धुली,
More