Daily Archives 18th July 2018

नेपथ्यको ‘गाउँ गाउँबाट उठ’ सार्वजनिक

काठमाडौं। लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दसकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ । बामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी साँगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन् । विशेषगरि तीसवर्षे पञ्चायत कालमा यो गीतले सांकेतिक रुपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो । एक हिसाबले
More

आकस्मिकबाहेक सम्पूर्ण चिकित्सा सेवा भोलिदेखि ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको आरोप लगाएको छ । आज पत्रकार सम्मलेन गर्दै संघले १९ दिनदेखि अनशनरत केसीको जीवनरक्षाका लागि प्रधानमन्त्री, उपप्रधान तथा स्वास्थ्य र शिक्षामन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेतालाई भेट गरी अपिल गर्दासमेत जिम्मेवारी बोध नगरिएको जनाएको छ । सरकारले केसीको जायज मागको सम्बन्धमा कुनै पनि ठोस कदम अगाडि नबढाउनु दुखद् भएको भन्दै सविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा उल्लेख गरेपनि कार्यान्वयन नभएको सघंले जनाएको छ । संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले डा केसीको जीनवरक्षाका लागि ठोस कदम नचालिए संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नहट्ने बताउनुभयो । संघका महासचिव
More

जिप दुर्घटनामा सातको मृत्यु, चार घाइते

सुर्खेत । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नंको जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन
More

डा केसीका माग सम्बोधन गरिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशन बसिरहनुभएका डा गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन र हिल होम केयर प्रालिले संयुक्त रुपमा सञ्चारकर्मीहरुका लागि आज यहाँ आयोजना गरेको ‘निशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रमको उद्घाट्न गर्दै पूर्वस्वास्थ्यमन्त्री थापाले डा केसीका माग पूरा गर्नेतर्फ सरकार आवश्यकतानुसार अग्रसर नभएको आरोप लगाउनुभयो । उहाँले चिकित्सा क्षेत्र सुधारको विषय राज्यको पुनःसंरचनाको चरित्रसँग जोडिएको बताउँदै शिक्षा र स्वास्थ्य जस्ता जनताका मौलिक हकसँग जोडिएका क्षेत्रलाई मुनाफाको विषय बनाउनु नहुनेमा जोड दिनुभयो । माथेमा आयोगको प्रतिवेदन र विभिन्न कार्यदलको सिफारिशमा काँग्रेस नेतृत्वको तत्कालीन सरकारले चिकित्सा
More

काँग्रेस ‘पर्ख र हेर’ को अवस्थामा : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अहिले गर्न लागेको आन्दोलन सांकेतिक मात्रै भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारले अहिले गरेका क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै काँग्रेस आन्दोलन उत्रेको स्पष्ट गर्नुभयो । अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले अविवेकपूर्ण ढंगले उल्टाएको, अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको सवालमा प्रभावकारी काम गर्न नसकेको, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेका कारण प्रतिपक्षले आन्दोलन गर्नु परेको उहाँको भनाइ थियो । काँग्रेसको आन्दोलनपछि सरकार कसरी अगाडि बढ्छ त्यो हेरेर थप आन्दोलनका कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो । जनताका जनजीविकाको पक्षमा काँग्रेस लागिरहने भन्दै नेता पौडेलले काँग्रेस अहिले ‘पर्ख र
More

नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने

काठमाडौं । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभएको हो । त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ । नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित
More

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच गोप्य भेटमा के भयो ?

काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठकले चिकित्सा शिक्षा अध्यादेश अनुसारकै विधेयक संसदमा पेश नगरे संसद चल्न नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले तोडमोड गरी ल्याइएको विधेयक विरुद्धमा दबाव बढाउने निर्णय गरेको हो । सरकारका पछिल्ला निर्णयप्रति आपत्ती जनाउदै कांग्रेसले संसद र सडकबाट दवाव दिने बताएको छ । शिर्ष नेताहरुको बैठक सुरु हुनु अघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छुट्टै भेटवार्ता भएको थियो। पार्टीको विधान मस्यौदा समितिका लागि बिहीबारसम्म नाम दिन सभापति देउवाले पौडेलसँग आग्रह गरेका छन् । विधान मस्यौदा समिति ९ देखि ११ सदस्यीय हुने छ । बैठकले साउन १५ गते सबै
More

यूरोप टुरपछि शक्तिले क्रिकेट खेलबाट सन्यास लिने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सिनियर क्रिकेटर शक्ति गौचनले संन्यासको घोषणा गरेका छन् । नेपालले पहिलो एक दिवसीय खेल अगस्टमा नेदरल्याण्डसँग खेलेपछि सन्यास लिने घोषणा गरेका हुन् । युरोप टुरमा जानु अघि आयोजित पत्रकार सम्मेलनमा गौचनले सन्यास लिने आफ्नो निर्णय सुनाएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । गौचनले नेपालको राष्ट्रिय टोलीबाट एक दिवसीय खेल्ने चाहना पुरा हुन लागेकोमा समेत खुसी व्यक्त गरे । उनले दुई हजार दुईमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
More

पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

गोरखा । शहिद लखन गाउँपालिका–६ अँधेरीमा अविरल बर्षापछि गएको पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले नवराज कुँवरको घर पुरिँदा २० वर्षीया सरु कुँवर, १० वर्षीया प्रविना र सरुकी आठ महिने छोरा युनिकको मृत्यु भएको हो । पहिरोमा परि दुई जना सामान्य घाइते भएका छन् । अन्य केही घरसमेत पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् । उता, पर्वतमा पनि वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको हो । पहिरोमा परी
More

स्पेनमा सहभागी मुगुका खेलाडी

अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’द्वारा प्रदान गरिएको फुटबल र जुत्तासहित स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८ मा सहभागी भएर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ । तस्बिर: शरद शर्मा
More