Daily Archives 22nd July 2018

नेका उपसभापति निधि– सम्बोधन

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि नेकाको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समन्वय समितिको युरोप भेलालाई शनिबार लिस्बनमा सम्बोधन गर्दै । तस्बिरः भरत प्रधान, पोर्चुगल
More

तरुण दलद्वारा सरकारलाई ताला साँचो

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा अवरोध गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ताला साँचो बुझाएको छ । आज राजधानीको माइतीघर मण्डलाबाट काठमाडौँ जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गरी तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्का नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ताला साँचो बुझाएको हो । सो अवसरमा अध्यक्ष खड्काले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनजीविका र जारी भइसकेको चिकित्सा शिक्षा अध्यादेशअनुसारको विधेयक नल्याएर जनताको स्वास्थ्यमाथि ताला लगाउन खोजेको आरोप लगाउनुभयो । सोही कारण सरकारमाथि पनि आफूहरुले ताला लगाउन प्रमुख जिल्ला अधिकारीमार्फत ताला साँचो बुझाएको उहाँको भनाइ थियो । तरुण दलले आज ७७ जिल्लाका प्रमुख
More

नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव भव्य (फोटो फिचर)

लन्डन । नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भयो । बेलायतबाट सञ्चालित अनलाइन प्रोटल नेपाल ब्रिटेन डट कम दस वर्ष पूरा गरी एघारौं वर्ष लागेको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीलगायत शीर्ष १० व्यक्तित्वलाई सम्मान गरियो । लन्डनको ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद डा. सूर्य पाठक र वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्धघाटन गर्नु भयो । प्रत्येक वर्षझै नेपाल ब्रिटेन डट कमले यस वर्ष पनि बेलायतमा बसेर मातृभूमिको सेवा गर्ने शीर्ष दस व्यक्तित्वलाई सम्मान ग-यो । शीर्ष १० व्यक्तित्व सम्मानलगायत आईएमइ समूहका हेमलार ढकाललाई उत्कृष्ट युवा उद्यमी सम्मानले
More

परराष्ट्रमन्त्री युरोप भ्रमणमा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा भोलि राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपालको संविधान जारी भइसकेपछिको सात महिनाको अवधिमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि गठन भएको वर्तमान सरकारका विकासका प्राथमिकता, नेपालको परराष्ट्र नीति, बहुपक्षीय मञ्च र अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलगायत मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्ने उद्देश्यले उहाँ पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियमको भ्रमणमा जान लाग्नुभएको हो । ब्रसेल्स, पेरिस, लण्डन, बर्लिन, जिनेभा र भियनामा रहेका नेपाली राजदूत एवं स्थायी प्रतिनिधिलाई ब्रसेल्समा भेला गरेर नेपालको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्दै आर्थिक एवं विकास कूटनीतिलाई केन्द्रमा
More

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालनलगायत तयारी पूरा भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । “बिहान ३ बजेदेखि नै पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट लाम लाग्ने व्यवस्था मिलाइएको छ, बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्नेछन्, दर्शनार्थीले छिटो पूजा एवं दर्शन गरेर फर्कन सक्ने गरी सबै व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना
More

नेपाल ब्रिटेन डट कमलाई एनआरएन अध्यक्ष भट्टको शुभकामना

लन्डन ।  नेपाल ब्रिटेन डट कमको एघारौं वर्ष पुगेको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले बधाइ तथा शुभकामना दिनुभएको छ । एनआरएन अभियानमा स्थापना कालदेखि नै सहयात्रीको भूमिका निर्वाह गरेको उल्लेख गर्दै एनआरएनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- एकदशकको यात्रा पूरा गरी नेपाल ब्रिटेन डट कम एघारौ बसन्तमा पाइला टेकेको यस अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अभियानमा सुरुवातदेखि नै नेपाल ब्रिटेन डट कमले निर्वाह गरेको एक असल सहयात्रीको भूमिका वास्तवमै प्रशंसायोग्य छ । आगामी दिनमा समेत यो सहयात्रा निरन्तर रहीरहने विश्वास राखेको छु । एनआरएन अभियानको सुरुवातसंगै विदेशमा रहेका नेपालीहरुको
More

हाम्रो एकदशकको यात्रा (सम्पादकीय)

सूचना प्रविधिलाई गैरआवासीय नेपाली संघको अभियानसँग जोड्न हामीले एक दशकअघि यात्रा प्रारम्भ गरेका थियौं । एक दशकअघि डिजिटल पत्रिकाको माध्यमबाट नेपाल र नेपाली समाजको खबर संसारभर पु-याउँने जमर्को स्वरुप हामीले नेपाल ब्रिटेन डट कमको आरम्भ गरेका थियौं । विश्वभर छरिएका नेपालीलाई एकताको सूत्रमा बाँध्ने र गैरआवासीय नेपालीको अभियानलाई साथ दिनु हामीले कर्तव्य ठानेका थियौं । त्यही कर्तव्यलाई आत्मसात गरेर नेपाल ब्रिटेन डट कमको जन्म भएको थियो । हामीले गैरआवासीय नेपाली संघको अभियान र नेपाली समाजको तीता मीठा कुरालाई संसारभर छरिएर रहनुभएका नेपाली समुदायमा पु-याउने प्रयासको यात्राले एक दशक पूरा गरिसकेको छ । हामीले यसबाट कहिल्यै नाफा खोजेनौं, थोरै खर्चमा समय
More

एनआरएनए संरक्षक लामिछानेद्वारा नेपाल ब्रिटेन डट कमलाई शुभकामना

लन्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले नेपाल ब्रिटेन डट कमलाई शुभकामना दिनुभएको छ । संस्थापक सम्पादक चिरन शर्मालाई पठाएको भिडियो सन्देशमा संरक्षक लामिछानेले शुभकामना दिनुभएको छ । भिडियो सन्देशमा लामिछानेले भन्नुभएको छ, ‘नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सवमा समारोहमा उपस्थित भएर शुभकामना व्यक्त गर्ने मेरो उत्कट चाहना हुँदाहुँदै विशेष कारणवस उपस्थित हुन नसकेकोमा क्षमा चाहन्छु । नेपाल ब्रिटेन डट कमले आफ्नो स्थापना कालदेखि नै गैरआवासीय नेपाली समुदायमा सूचना उपलब्ध गराएर महत्वपूर्ण काम गरेको छ । त्यसको म हृदयदेखि नै सह्राना गर्न चाहन्छु । मेरो दिनचार्य नै नेपाल ब्रिटेन डट कमले पे्रसित गर्ने सूचना हेरेर सुरु हुन्छ ।
More

चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन

काठमाडौं । चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ । यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो । अमेरिकाको हलिउड र भारतको बम्बई चलचित्र नगरीका रुपमा चिनिन्छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्ययन टोलीलाई धन्यवाद दिनुभयो । नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार प्रदाले नेपाल–भारत सम्बन्धका लागि
More

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख १००८ नम्बरको ट्रकले अगाडि गुडिरहेको लु २१ प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार माथागढी–२, आँपटारीका ५० वर्षीय माधव कुमाल र उनका १९ वर्षीय छोरा उमेश कुमालको मृत्यु भएको हो । ट्रकको ठक्करपछि मोटरसाइकलमा सवार दुवै जना दुई सय मिटर तल तिनाउ खोलाको छेउमा पुगेको र उनिहरुको शव निकाल्ने तयारी गरिएको छ। दुर्घटनाग्रस्त मोटरसाइकल भने सडक छेउमा अड्किएको छ । प्रहरीले
More