Daily Archives 23rd July 2018

साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाउनुभयो । मिथिला नपा–४ ढल्केवरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले चुरासँगै हातमा मेहन्दी लगाएर सजिनुभयो । यतिबेला प्रायजसो सबै युवती र महिलाको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र
More

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो । उहाँले उठाउनुभएका माग जायज छ भन्दै उहाँले काँग्रेसको नेतृत्वमा रहेको सरकारले उहाँको मागलाई सम्बोधन गरेर नै अध्यादेश जारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सरकारले त्यो अध्यादेशलाई तोडमोड गरेर विधेयक ल्यायो, यस कारण समस्या भएको हो ।” उहाँले पार्टीभित्रको विवाद महाधिवेशनले सल्टाउने विश्वास व्यक्त गर्दै अब हुकुमी शैलीमा पार्टी नचल्ने बताउनुभयो ।
More

भदौमा काँग्रेस महासमिति बैठक अनिश्चित

विराटनगर । नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन भन्नुभयो । काँगे्रसका केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट गर्नुपर्ने धारणा राख्नुभयो । नेता लेखकले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
More

चीनको छेन्दूमा नेपाल-चीन संयुक्त सैन्य अभ्यास

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो। संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो। प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति
More

डा. केसीसँग प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीसँग सीधै वार्ता गर्ने भएका छन् । वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन् । केसीले भने जबाफ दिइसकेका छैनन् । ‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था आएकाले प्रधानमन्त्रीले ‘वान टू वान’ वार्ता गर्न चाहनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अनशन छाडेर स्वस्थ हुनुहोस् अनि वार्ता गरौं भन्ने प्रधानमन्त्रीको भनाइ छ, त्यो सन्देश पठाइ सकिएको छ ।’ उनका अनुसार डा. केसीको स्वास्थ्यलाई ध्यानमा दिँदै अनशन छाडेर वार्तामा आउन प्रधानमन्त्रीका तर्फबाट सो प्रस्ताव
More

आज हरिशयनी एकादशी

काठमाडौं । आज हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।
More

भरतपुरमा बस ठोक्किए, २३ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर
More

धादिङमा सवारी दुर्घटना : दुईको मृत्यु, दुई घाइते

धादिङ : धादिङका दुई छुटछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेशीतर्फ आउँदै गरेको बा २ क ८९९६ नम्बरको बसमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय अर्जुन
More

शारीरिक सम्बन्ध राख्न नमान्दा प्रेमिकाको हत्या !

वीरगञ्ज । भारतीय युवती वनिताकुमारी चौधरीको हत्या आफ्नै प्रेमीले गरेको खुलेको छ । सन्केसा भन्ने वनिताको शव ३१ असारमा पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुरस्थित गंगोली भन्ने भलुवाई खोलामा भेटिएको थियो । कपडा, औठीलगायतका आधारमा आफन्तले उनको शव पहिचान गरेको थियो । हत्याको आरोपमा जगरनाथपुर गाउँपालिका ४ सुहपुरका १९ वर्षीय प्रमेन्द्र चौधरी पक्राउ परेका छन् । उनी मृतक १८ बर्षीया वनिताको प्रेमी भएको खुलेको छ । भारत पश्चिम चम्पारण बरगाँव, थाना वगाहा पिपरिया-११ की वनिता जगरनाथपुरमा नातामा काका पर्ने हिरामन भन्ने नरसिंह चौधरीको घरमा बस्दै आएकी थिइन् । असार २८ गते दिउँसो २ बजे हराएकी वनिताको शव तीन दिनपछि भेटियो । बाबु,
More