Daily Archives 24th July 2018

सरकार र डा. केसी पक्षबीच वार्ता प्रारम्भ

काठमाडौं । एक हप्तादेखि रोकिएको डा. गोविन्द केसी पक्षधर र सरकारबीच मंगलबार साँझ पुनः वार्ता सुरु भएको छ । डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग संवाद सुरु भएको हो । वार्ता शिक्षा मन्त्रालयमा भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसंग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासहितको अनौपचारिक छलफलपछि दुवै पक्षबीच औपचारिक रुपमा वार्ता सुरु भएको हो । सो छलफलमा सरकारले संसदमा प्रस्तुत गर्न लागेको चिकित्सा शिक्षा विधेयक माथि छलफल भएको थियो । वार्तामा सरकारी तर्फबाट शिक्षा मन्त्रालयका सचिवसहितको पुरानै टिम रहेको छ भने डा. केसीको तर्फबाट डा.
More

माइतीघर मण्डलमा तरुण दलको प्रदर्शन

काठमाडौं । प्रा डा गोविन्द केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै नेपाल तरुण दलले आज पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । माइतीघर मण्डलबाट शुरु भएको पदयात्रा नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो । आजको विरोध प्रदर्शनमा उक्त दलका काठमाडौँ, ललितपुर तथा भक्तपुर जिल्लाका प्रतिनिधिको पनि सहभागिता रहेको तरुण दलका कार्यालयका मुख्य सचिव थानप्रसाद पोखरेलले जानकारी दिनुभयो । नयाँ बानेश्वरमा भएको विरोधसभामा काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले प्र डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गरेका थिए ।
More

स्वास्थ्य मन्त्री यादव अचानक थाइल्याण्ड प्रस्थान

काठमाडौं । आज उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादव थाइल्याण्ड प्रस्थान गरेका छन् । मन्त्री यादव आज दिउँसो थाइ एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । डा.गोविन्द केसीको अनसनका कारण स्वास्थ्य क्षेत्र आन्दोलित भइरहेका बेला मन्त्री यादव थाइल्याण्ड किन गए भन्ने चासोको विषय बनेको छ । महिडोल विश्वविद्यालय थाइल्याण्डले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन यादव त्यसतर्फ लागेको जनाइएको छ । बुधवार र बिहीवार उक्त कार्यक्रममा सहभागी भई मन्त्री यादव शुक्रवार नेपाल फर्किने उनको निजी सचिवालयले जनाएको छ ।
More

मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

काठमाडौं । कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको हो । आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उहाँले आफू जहाँ रहे पनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताउनुभयो ।
More

अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन जारी रहन्छ : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । एक साता लामो यूरोप भ्रमण सकाएर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हुबहु पारित नगरेसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् । उनले विहीबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरे । उपसभापति निधिले सरकारले शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गरेकोमा आपत्ति जनाउँदै तत्काल बन्द गर्न पनि सचेत गराए । उपसभापति निधिले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न ढिलाई नगर्न पनि
More

सांसद डा. पाठकद्वारा बेलायती संसदको अवलोकन

लन्डन । बेलायत भ्रमणमा रहेका सांसद डा. सूर्य पाठकले संसदको अवलोकन गरेका छन् । डा. पाठकले हिजो सोमवार बेलायतको तल्लो सदन हाउस अफ कमनको अवलोकन गरेका हुन् । पाठकले संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद प्रत्यक्ष हेर्ने अवसर मिलेको बताए । उनले भने, ‘प्रश्न–उत्तर निकै चाख लाग्दो थियो ।’ पाठकले बेलायतको संसदबाट नेपाल र नेपालीले धेरै सिक्न बाँकी रहेको बताए । उनले नेपालको संसदभित्र पनि मन्त्री र संसदबीच प्रत्यक्ष प्रश्न–उत्तर छिट्टै सुरु हुन लागेको जानकारी दिए । पाठकले हाउस अफ कमनमा बेलायतमा हाउजिङको समस्याको बारेमा भइरहेको संवाद प्रत्यक्ष अवलोकन गरेका थिए । संसद भवनको अवलोकन गर्न सञ्चारकर्मी नरेन्द्र बस्नेत, जगन
More

प्रधानमन्त्री ओली अन्तरक्रियामा

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पार्टी नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालद्वारा आयाजित अन्तरक्रियामा मन्तव्य व्यक्त गर्नुहुँदै । साथमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत । तस्बिर: रत्न श्रेष्ठ
More

लोकतान्त्रिक विधिबाट कांग्रेस अघि बढोस् : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भन्नुभयो, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण
More

मेरो कुराले आम मानिसलाई चोट पुगेपछि राजीनामा दिने सोच बनाएँ ; कानूनमन्त्री तामाङ

काठमाडौं –कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले राजीनामा दिने तयारी गरेको बताएका छन् । दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्न लागेको उनका सहयोगीहरूले बताए । ‘मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिन लागेको हुँ,’ मन्त्री तामाङले लोकान्तरसँग भने, ‘प्रतिष्ठाभन्दा ठूलो पद होइन ।’ उनले पार्टीको निर्देशन या दबाब भन्दापनि स्वैच्छाले राजीनामा दिन लागेको बताए । यसअघि नेकपाले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो । बंगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि शोषण हुने गरेको अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले दिएको
More

प्रमुख समाचार मुग्लिन सडकमा तत्काल डाइभर्सन नबनाइने, एक महिनामा १७ ठाउँमा पहिरो

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डमा सडक र पुल नै भासिए पनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन नबनाइने भएकोे छ । वर्षाका कारण पहाड काट्दा पहिरोको जोखिम बढी हुने भएकाले आयोजनाले जोखिम नउठाएको हो । ‘हिउँद नलागी यो वर्षादमा केही गर्न सकिँदैन’, नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भने, ‘पुल तथा सडक भासिएको ठाउँमा अहिले एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ ।’ उनले भने, ‘अहिले पनि सडकभन्दा माथिको भागबाट छहराजसरी पानी झरिरहेको छ, यस्तो बेला पहाडको चट्टान काट्न लागियो भने पहिरोको जोखिम बढी हुन्छ ।’ नारायणगढ मुग्लिन सडकको सडक विस्तारको काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको र
More