Daily Archives 25th July 2018

क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा स्वागत कार्यक्रम (फोटो फिचर)

लन्डन — लर्डस मैदानमा एमसीसी र नेदरल्यान्ड्ससँग टी टवान्टी त्रिकोणात्मक श्रृंखला खेल्न आएको नेपाली क्रिकेट टिमको सम्मान नेपाली दूतवास लण्डनले स्वागत तथा सम्मान गरेको छ । दूतावासमा मंगलबार आयोजित कार्यक्रममा अधिकांश वक्ताले वेलायत नेपालको सम्बन्धमा क्रिकेट खेल कोषेढुंगा हुदै गएको विचार राखे । अपांगता सम्बन्धि विश्व शिखर सम्मेलनमा सहभागी हुन आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले क्रिकेट खेलाडीलाई अग्रिम शुभकामना दिइन्। उनले सुगौली सन्धिपछि ब्रिटिस सेनामा नेपालीको प्रवेश भएको र नेपालीको योगदानलाई बेलायतले उच्च मुल्यांकन गरेको पनि बताइन् । कार्यक्रममा सांसद डा. सूर्य पाठकले क्रिकेटले नेपाललाई अब संसारले क्रिकेटको देशको रुपमा चिन्दै गएको बताए । उनले बेलायतले
More

शपथ ग्रहण गराउनु हुँदै

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुँदै । सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्पmबाट सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्रीमा नियुक्तहुनुभएको हो । तस्वीर: अजयकुमार साह
More

नेविसंघको महाधिवेशन कात्तिकमा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ । उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो । रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुन्छ ।” नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताउनुभयो । उहाँले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन
More

सरकार र डा. केसी पक्षबीचको वार्ता भंग

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता एकाएक असफल भएको छ । मंगलबार साँझ भएको वार्ता सकारात्मक भनिएपनि बुधबार दिउँसो शिक्षा मन्त्रालय भएको वार्तामा गतिरोध आएको हो । चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि वार्ता भंग भएको हो । डा. केसी पक्षले आफूहरु डा. केसीको ‘बटमलाइन’बाट पछि हटेर अत्यधिक लचकता देखाएपनि चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरुमाथि सरकारी पक्षले छलफल नै गर्न नचाहेको बताएको छ । मंगलबार साँझ सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकका संशोधन गर्नुपर्ने बुँदाहरु मागेपछि केसी पक्षले २२ बुँदा अघि सारेको थियो । तर, बुधबारको वार्तामा सरकारी पक्ष ती २२ बुँदामा प्रवेश नै
More

नेपालको उर्जा प्रयोग नाइजेरिया र सुडानजस्तै

काठमाडौं । उर्जा प्रयोगमा अति कमविकसित मुलुक दक्षिण सुडान तथा नाइजेरियाकै अवस्थामा नेपाल तथा बंगलादेश पनि रहेको उर्जा अनुसन्धानकर्ताहरुले बताएका छन् । राजधानी काठमाडौमा आयोजित उर्जा अनुसन्धानकर्ता, उर्जाविद् तथा अभियानकताहरुको समीक्षा बैठकका क्रममा यस्तो भनाई आएको हो । ‘दुर्गम तथा सीमान्त मानबबस्तीमा मात्र होइन, संघीय राजधानी काठमाडौ र वरीपरीका कतीपय बस्तीमा पनि उर्जाको बहुआयामिक प्रयोग हुन सकेको छैन ।’ चलायमान उर्जाका सम्बन्धमा अनुसन्धान गरीरहनुभएका अनुसन्धानकर्ता नवराज लामाले बताए । लामाका अनुसार नेपालमा खाना पकाउने इन्धनका रुपमा आयातित एलपी ग्यासको प्रयोग हुने गरेता पनि घरकै छतमा प्रकृतिले निशुल्क दिएको सौर्य उर्जाको प्रयोग हुन सकेको छैन । ‘इनर्जी अन दी मूभ’ नामक
More

परराष्ट्रमन्त्री ज्ञवाली लिस्बनमा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तरक्रियामा बोल्दै । तस्बिर: भरत प्रधान, लिस्बन
More

नेपालमा रु ७० अर्बको औषधि खपत

काठमाडौं । नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताउनुभयो । नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय रु ७० अर्ब बराबरको औषधि बजार रहेको बताउनुभयो ।
More

अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने कांग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रा डा केसीले उठाउनुभएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिनुभयो । कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण
More

भरतपुरमा प्रहरीको गोली लागि एक जना घाइते

काठमाडौं । चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र रहेको प्रहरीले जनाएको छ । उनको पूर्ण पहिचान भने खुल्न सकेको छैन । उनको खुट्टामा गोली लागेको र उपचार भइरहेको बताइएको छ । प्रहरीलाई प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली चलाएको थियो । भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएपछि सो विरुद्ध अटोरिक्सा
More

डढेलोमा परी ७४ जनाको मृत्यु

रफिना : ग्रीसको राजधानीनजिकै समुद्री इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीले बताएका छन् । आगलागीका कारण यहाँ संकटकाल घोषणा गरिएको छ । आगलागी भएको ठाउँमा ६ सयभन्दा बढी अग्निनियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् । यसअघि उनले युरोपेली युनियनसँग सहयोग आह्वान गरेका थिए । अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटा बन्द भएका छन्
More

रानीपोखरी पुननिर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं । ३ वर्ष अघिको भूकम्पमा क्षतिग्रस्त भएर निर्जन बनेको रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेना दिने तयारी गरिएको छ । हिजो उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र नेपाली सेनाका प्रतिनिधि बिच विवादित बनेको रानिपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा समझदारी भएको हो । संस्कृति मन्त्री अधिकारीको पहलमा भएको छलफलमा काठमाडौँ महानगरपालिका मेयर शाक्य रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने विषयमा सकारात्मक बन्नु भएको बताइएको छ । काठमाडौँ महानगरपालिकाको पैसा र पुरातत्व विभागको डिजाईनमा नेपाली सेनाले रानीपोखरी निर्माण गर्दा समयमै निर्माण सम्पन्न
More

सरकार–केसी पक्षबीच वार्ता, सम्भवतः आजै अनसन तोडिने !

काठमाडौं । सरकारी वार्ता टोली र अनसनरत डा गोविन्द केसीको वर्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ । डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी छ । बाँकी विषयमा बुधबार पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्ता सकारातमक देखिएको हो । योसँगै डा केसीको अनसन आज बुधबार नै तोडिनसक्ने सम्भावना रहेको वार्तामा बसेका एक सदस्यले जनाएका छन् । चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ । दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं
More

पाकिस्तानमा आज निर्वाचन

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् । जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन् । पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको
More

मानवता ;कविता

हे मानवता तेरो असली रुप कस्तो हुन्छ राजा बलीको दान जस्तो मदर टेरेसाको माया र ममता जस्तो गान्धीको त्याग जस्तो नेन्सल मन्डेलाको सघर्ष जस्तो महाभारतका पाण्डव पुत्रहरूले द्रौपतीलार्इ दिएको माया जस्तै धेरैले एकैलाई वा एकले धेरैलार्इ उही र उस्तौ रूप र भावमा व्यक्त गरे जस्तो । कस्तो हुन्छ मानवता मोनालिसाको मुस्कान जस्तो या फेरिन्छ सपर्को काचुली फेरिए झै मानवताको रूप या त हुन्छ मरभूमिको बालुवा झै हावा हुरी चल्दा उडने घाम लाग्दा तात्ने हुन्छ। कति बेला हुन्छ जन्म मानवताको के हुनु पर्छ मानवताको जन्म हुन युद्ध या शान्ति । म कस्लाई सोधौ मानवता केहो भनेर अझ मानवलाई नै के सोधौ
More

को बन्ला कानुनमन्त्री

काठमाडौं। कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएसँगै अब उनको स्थानमा को मन्त्री बन्ला भनेर चासो हुन थालेको छ। विवादास्पद अभिव्यक्ति दिएको कारण सरकारबाट तामाङलाई फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ। नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बताइएको छ। तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वा्चित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद हुन्। यी दुई जनामध्ये एक जना कानुन तथा संसदीय मामिलामन्त्री हुने चर्चा चलेपनि नेकपाले औपचारिक निर्णय भने गरेको
More